Author: admin

वीरगन्ज नाकाबाट बर्सेनि १५ करोडभन्दा बढीको भारतीय गुट्खा अवैध रुपमा भित्रिने गरेको छ । खुल्ला सिमानाका कारण भरियामार्फत सो गुट्खा भित्रिने गरेको छ । बिहार सरकारले राज्यमा गत अप्रिल महिनादेखि गुट्खाको उत्पादन, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएपछि तस्करले उत्तर प्रदेशको लखनउ र गोरखपुरबाट गुट्खा र पान मसाला आयात गर्दै आएका छन् । वीरगन्जमा दैनिक रजनीगन्धा, राजनीवास, तुलसी र अन्य ब्राण्डका गुट्खा आयात हुने गरेको नेपाल राष्ट्रिय पान व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष लालबहादुर वरै बताउछन् । वीरगन्जमा दैनिक रजनीगन्ध तुल्सी ५० किलो, राजनिवास एकसय किलो र अन्य गुट्खा करिब ५० किलोको परिमाणमा खपत हुने गरेको पाइएको छ । वीरगन्जमा गत…

Read More

काठमाडौं । नवगठित मन्त्रीपरिषद बैठकले पूर्ववर्ती सरकारले विभिन्न १४ देशका लागि गरेको राजदूत सिफारिस बदर गर्ने निर्णय गरेको छ । नेपाल सरकार, मन्त्रीपरिषदको शुक्रवार बसेको बैठकले केपी ओली नेतृत्वको सरकारले गरेका राजदूतको नाम फिर्ता गर्ने निर्णय गरेको हो । सरकारले परराष्ट्र सेवाका आठ र राजनीतिक पृष्ठभूमि भएका परराष्ट्र सेवा बाहिरका १४ गरी २२ जनाको नाम राजदूतको लागि प्रस्ताव गरेको थियो। जसमध्ये महेन्द्रबहादुर पाण्डे, खड्गबहादुर केसी, नारद भारद्वाज (वाग्ले), शिवमाया तुम्बाहाम्फे र अलि अख्तर मिकरानीको संसदीय सुनुवाई आजै गर्ने कार्यतालिका थियो। मंगलबारदेखि सिफारिश राजदूतहरुको सुनुवाइ हुँदै अाएको अवस्थामा शुक्रबार सरकारले यस्तो निर्णय गरेको हो। करिअर डिप्लोम्याटका हकमा भने सरकारले अाेली सरकारको…

Read More

काठमाडौं । सिसांङ्कनका र प्रदेशका विषयलाई लिएर मधेशमा भएको अान्दोलनमा ज्यान गुमाएकाहरुका परिवारलाई मन्त्रिपरिषद बैठकले १० लाख रुपयाँ दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यससँगै आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार गरिदिने, आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई रिहाई गर्नेलगायतका निर्णय गरेको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए। उनका अनुसार उक्त रकम गृहमन्त्रालयमार्फत् निकासा हुनेछ। कसैले आफ्नै रकमले उपचार गरे उनीहरुको खर्च पनि व्यहोर्ने निर्णय भएको महराले जानकारी दिए। उनका अनुसार आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई भने एक साताभित्र रिहाई हुनेछन्। आज बिहान बसेको सरकार र संघीय गठबन्धनबीचको वार्ताले पनि तीन बुँदे सहमतिअनुसार मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति…

Read More

काठमाडौं । एटिम कार्ड चोरी गरी हिमालयन र नबिल बैंकबाट पैसा झिक्ने रोमानियाली नागरिक प्रेडा एयुरेलियनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ। अन्य व्यक्तिको पिन सहितको एटिम चोरी गरेर दरबारमार्ग, ठमेल, लाजिम्पाटबाट उनले पैसा निकाल्दै आएका थिए। साउन १७ गते लाजिम्पाटको एटिम बुथमा प्रवेश गरेका उनको सिसिटिभी फुटेजको हुलियाका आधारमा शंकर होटल प्रवेश गर्ने क्रममा सिआइबी टोलीले उनलाई पक्राउ गरेको हो। ४९ वर्षीय प्रेडा बस्ने होटलको कोठामा खानतलासी गर्दा प्रहरीले २ लाख ६४ हजार नेपाली रुपैयाँ, ल्यापटप एक थान, मोबाइल २ थान, गिफ्ट कार्ड, पासपोर्ट तथा आइडी कार्ड बरामद गरेको छ। नेपालका अधिकांश एटिम म्याग्नेटिक स्ट्राइप सिस्टमका…

Read More

खोटाङ । हुस्सुका कारण अवरुद्ध खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा पुनः उडान सञ्चालन भएको छ । गत असार २९ गते नेपाल एअरलाइन्सको विमानले उडान भरेपछि अवरुद्ध खानीडाँडा विमानस्थलमा झन्डै महिनादिनपछि पुनः उडान सञ्चालन भएको हो । अवरुद्ध विमानस्थलमा उडान सञ्चालन भएपछि जिल्ला अस्पतालबाट अन्यत्र सारिने बिरामीलाई सबैभन्दा सहज भएको छ । उडान अवरुद्ध हुँदा अस्पतालले सारेका बिरामीलाई स्ट्रेचरमा बोकेर गाडी चढाउन कष्टका साथ हलेसीसम्म पुर्याउनुपर्ने बाध्यता रहेको रहेको थियो । विमानस्थल परिसरमा मौसम सफा भएपछि पुनः नियमित उडान सञ्चालन गरिएको विमानस्थल प्रमुख यादवसेन राईले बताए । खानीडाँडा विमानस्थलमा नेपाल एअरलाइन्सको विमानले शुक्रबार, शनिबार, आइतबार र बुधबार काठमाडौँ–खानीडाँडा–काठमाडौँ र मङ्गलबार र…

Read More

उर्लाबार‌ी । धार्मिक एवम् ऐ‌तिहासिक महत्वका मो‌र‌ङका तीन ठाउँमा पुर‌ातत्व विभागको‌ टो‌लीले‌ अनुसन्धान र‌ उत्खनन् सुरु गर‌े‌को‌ छ । ती ठाउँमा करि‌ब दुई हजार‌ वर्ष पुर‌ाना सामानहरु समे‌त भे‌टिएका छन् । मो‌र‌ङको‌ बे‌लबार‌ीमा र‌हे‌को‌ बे‌तना सिमसार‌, धनपालगढी र‌ ले‌टाङ–भो‌गटे‌नीमा र‌हे‌को‌ धिमाल र‌ाजार‌ानी पो‌खर‌ी क्षे‌त्रमा पुर‌ातत्व विभागको‌ चार‌ सदस्यीय उत्खनन् टो‌लीले‌ अध्ययन र‌ अनुसन्धान गर्दा ती क्षे‌त्रमा पुर‌ाना सामग्री भे‌टिएको‌ पुर‌ातत्व विभागका अनुसन्धान अधिकृत विष्णु पाठकले‌ बताए । असार‌ २९ गते‌बाट टो‌लीले‌ ती क्षे‌त्रमा अनुसन्धान र‌ उत्खनन् सुरु गर‌े‌को‌ हो‌ । सिमसार‌ क्षे‌त्रमा माटो‌का भाँडाका टुक्राहरु र‌ ढुंगाका पुर‌ाना हतियार‌हरु भे‌टिएपछि स्थानीयले‌ सो‌ सामानहरु जम्मा पार‌े‌र‌ पूर्व सांसद् हर्कमान तामाङ मार्फत् पुर‌ातत्व विभागमा पठाएपछि दुई…

Read More

काठमाडौं । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत मित्रनगर, नयाँ बसपार्कमा (काडमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुरालाई मोटर साईकल उपहार प्रदान गरेको छ । लमजुङ्ग कम्युनिकेशन एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहक सम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरु मध्य एक हो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । यो योजना अन्तर्गत मोटर साईकल उपहार पाउन योग्य हुने दुरा पहिलो रिटेलर हुन् । उनलाई एनसेलको बागमति सेल्स टिमले एक कार्यक्रम माझ…

Read More

काठमाडौं । लामो समयदेखि थाती रहेको बिभिन्न देशहरुका लागि राजदुतहरुको सुनुवाई अाज हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिले राजनीतिक कोटाबाट प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने लागेको हो । अाज संसदीय विशेष समितीले ५ देशका लागि राजदुतको सुनुवाई गर्दैछ । प्रस्तावित राजदूतमा महेन्द्रबहादुर पाण्डे (चीन), नारद भारद्वाज वाग्ले (श्रीलंका), खड्ग केसी (जापान), शिवमाया तुम्बाहाम्फे (इजरायल) अलि अख्तर मिकरानी (साउदी अरेबिया) छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रस्ताव गरेको राजदूतहरुको समितिले सुनुवाइ गर्न लागेको हो । समितिले पाकिस्तानका लागि प्रस्तावित सेवा अधिकारी, ब्राजिलका लागि ताराप्रसाद पोखरेल, अस्टि्रयाका लागि प्रकाशकुमार सुवेदी, बेलायतका लागि दुर्गाबहादुर सुवेदी क्षेत्री र रूसका लागि ऋषिराम घिमिरेको…

Read More

काठमाडौं । निरन्तर सुधारको गतिमा रहेको सेयर बजारमा यो साता धेरै हल्ला फैलियो । बजारमा आएका विभिन्न हल्लाले एक साता मै सेयर बजार परिसूचक १०९ अंकले घटेको आजको कारोबार दैनिकमा खबर छापिएको छ । साताको पहिलो दिन आइतबारदेखि दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार सबैभन्दा उच्च ४५ अंकले घटेको छ । बिहीबारको गिरावटसहित यो साता नेप्से परिसूचक १०९.३४ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार कारोबार सुरु हुँदा १८ सय ६२.७६ अंकमा रहेको नेप्से परिसूचक साताभर घटेर १७ सय ६८.६० अंकमा झरेको छ । साथै साढे २० खर्ब पुगेको नेप्सेको बजार पुँजीकरण पनि बिहीबारसम्ममा घटेर १९…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार प्रधानमन्त्री निर्वाचित भए पनि सोही दिन पदको शपथ लिएनन्। उनको चाहना शपथग्रहण गर्दा केही संख्यामै भए पनि मन्त्रीको घोषणा गर्नुपर्छ भन्ने थियो। जसअनुसार बिहीबार प्रधानमन्त्रीका रूपमा दाहालले र मन्त्रीमा माओवादीका तीन तथा कांगे्रेसका पनि त्यति नै जनालेे शपथग्रहण गर्ने तय गरियो। आजको नागरिक दैनिकमा खबर छ । शपथग्रहणको तयारी यत्तिमै सकिएन। पहिलो चरणमा क–कसले शपथग्रहण गर्ने भन्ने नाम पनि अघिल्लो दिनै तय गरियो जसका लागि नेकपा माओवादी केन्द्रबाट कम्तीमा तीन नेता कृष्णबहादुर महरा, जनार्दन शर्मा र राम कार्कीले शपथ लिने पार्टीभित्रबाटै चर्चा चलाइयो। अध्यक्ष दाहालसँगै मन्त्रीको शपथ लिन नेताहरू पनि व्यग्र…

Read More