Author: admin
कुर्सीमा बसेर काम गर्ने जीवनशैलीका कारण कम उमेरमै हुने मृत्युको जोखिम दैनिक एक घण्टाको तीव्र व्यायामले घटाउने वैज्ञानिकहरुले बताएका छन्। १० लाखभन्दा बढी मानिससंग सम्बन्धित विवरणको विश्लेषणबाट निकालिएको उक्त निष्कर्ष ब्रिटिश जर्नल ‘द ल्यान्सेट’मा प्रकाशित छ। केही दिनपछि सुरु हुने रियो ओलिम्पिक्सको मौका पारेर यससम्बन्धी अध्ययनको निष्कर्ष सार्वजनिक गरिएको हो। निचोड कुर्सीमा बसिरहनेभन्दा टिभी हेरेर बस्नु बढी खराब पाइयो। यसको कारण शायद टिभी हेर्दै ‘स्यान्क्स’ खाने बानी हुनसक्छ। हाल ब्रिटेनको स्वास्थ्य मापदण्डले हप्तामा १ सय ५० मिनेटको मध्यम खालको व्यायाम गर्न सुझाव दिएको छ। निस्क्रिय हुंदा मुटुको रोग, चिनी रोग र केही क्यान्सरको जोखिम बढ्ने ठानिन्छ। मृत्यु शारीरिक निस्क्रियतालाई विश्वभर…
बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले चौथो वार्षिकोत्सवको अवसर पारेर शुक्रबार बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई खाद्यसामग्री प्रदान गरेको छ । बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रमा रहेका २० जना बृद्धबृद्धाका लागि १६ हजार रुपैयाँ बराबरको खाद्य सामग्री प्रदान गरिएको हो । केन्द्रका अध्यक्ष विक्रम मादेनको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष भवानी दङ्गाल, लेखा समिति संयोजक कृष्णराज खनाल लगायतले बोलेका थिए । हेमराज खनालले संयोजन गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव वीपी लामिछानेले गरेका थिए ।
फोब्र्स पत्रिकाले हरेक वर्ष विश्वको सबैभन्दा धनी व्यक्तीको सूची सार्वजनिक गर्ने गरेको छ । फोब्सले यस वर्ष पनि धनी व्यक्तिको सूची सार्वजनिक गरेको छ । फोब्र्सका अनुसार यस वर्ष विश्वको सबैभन्दा धनी व्यक्तीको सूचीमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स परेका छन् । बिल गेट्सको ७८ अर्ब डलर बराबरको सम्पति छ । बिल गेट्स यस अघि पनि विश्वको सबैभन्दा धनी व्यक्तिको पहिलो सूचीमा परेका थिए । यस्तै बिल गेट्सपछि अमान्सियो ओर्टेगा ७३ दशमलव १ अर्ब डलर बराबरको सम्पतिका साथ दोस्रो स्थानमा परेका छन् । यस्तै जेफ बेजोस विश्वकै तेस्रो धनी व्यक्तिको सूचीमा परेका छन् । अनलाइन सपिङ्घ गराउने वेवसाइट अमेजनको आम्दानी बढ्दै…
फिलाडेल्फिया (संयुक्त राज्य अमेरिका) –अमेरिकाको डेमोक्याट्रिक पार्टीले अगामी राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई औपचारिक रूपमा उम्मेदवार घोषणा गरेको छ । यसअघि उहाँलाई सो पार्टीले राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनयन मात्र गरेको थियो । औपचारिक उम्मेदवार घोषणालाई वर्तमान राष्ट्रपति बाराक ओबामाले पनि पूर्ण समर्थन जनाएका छन् । उम्मेदवार हिलारी क्लिन्टनले पार्टीको औपचारिक घोषणालाई स्वीकार र स्वागत गर्दै आफू राष्ट्रपति पदमा निवार्चित भएमा अमेरिकामा थप रोजगारीका अवसर सिर्जना गर्न र सँगसँगै पारिश्रमिक दरमा वृद्धि गर्न पूरा प्रयास गर्नु नै आफ्नो प्रारम्भिक लक्ष रहने बताइन् । साथै अमेरिकालाई स्थायी र दृढ नेतृत्व प्रदान गर्न आफूले कार्यभार सम्हालेको पहिलो दिनदेखि अन्तिम…
काठमाडौँ । गृह मन्त्रालयले केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट हालसम्म मुलुकभर ७५ जनाको मृत्यु, ३१ जना घाइते र १२ जना बेपत्ता भएको जनाएको छ । मन्त्रालयका अनुसार प्युठानमा ३६, गुल्मीमा सात, बागलुङमा छ, पाल्पा र रोल्पामा चार चार, मकवानपुरमा तीन, अर्घाखाँची, झापा र रूपन्देहीमा दुई दुई र काठमाडौँ, दोलखा, सर्लाही, पर्वत, उदयपुर, दाङ, कपिलवस्तु, बारा र सप्तरीमा एक एक जनाको मृत्यु भएको छ । प्राकृतिक विपद्मै परेर गुल्मीमा नौ, पर्वतमा आठ, प्युठानमा तीन, बाँकेमा तीन, काठमाडौँमा दुई र सुनसरी, बागलुङ, दोलखा, अर्घाखाँची, सिन्धुपाल्चोक र रूपन्देहीमा एक एक जना घाइते भएका छन् । यसैगरी प्युठानमा चार,…
दमक । झापाको दमक–चियाबगान सडकखण्डको बेतनी कल्र्भटमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये बसमा सवार एक वृद्धाको अवस्था गम्भीर रहेको छ । काकड्भिट्टाबाट उदयपुरको बेल्टारतिर जाँदै गरेको मे १ ख ९७१ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार चालकसहित १२ जना घाइते भएका छन् । बिहान ७ः३० बजे दमक–१६ स्थित पूर्व–पश्चिम राजमार्गको बेतनी कल्भर्टमा उक्त बस अनियन्त्रित भएर पल्टिँएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये बेल्टार–६ निवासी ६० वर्षीया याममाया कटुवाललाई थप उपचारका लागि विराटनगर पठाइएकोे इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । अन्य घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा…
काठमाडौं–भारतीय पक्षले नेपाली भूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठी सीमाको दसगजामा निर्माण गरेको बाँध नेपाली पक्षले भत्काएपछि बिहीबार दुई पक्षबीच भिडन्त भएको छ । भारतीय पक्षले गरेको लाठी एवं ढुंगा प्रहारबाट सप्तरी तिलाठी-९ का हर्षवद्र्धन कर्ण, सञ्जीव झा, तिलाठी ४ का देवनारायण यादव, तिलाठी ७ का रोशन झा, तिलाठी ८ का सुशील यादव र शंकरप्रसाद यादव घाइते भएका छन् । घाइतेहरुलाई रावविराजस्थित अञ्चल अस्पतालमा भर्ना गरिएको छ । नेपालीको विरोध र स्थानीय प्रशासनको आग्रहलाई बेवास्ता गर्दै भारतीय पक्षले तिलाठी र भारत बिहार राज्यको सुपौलअन्तर्गत कुनौली सीमाको दसगजामा बाँध निर्माण जारी राखेपछि बिहीबार बिहानैदेखि दुई पक्षबीच विवाद बढेको थियो । सहमतिविपरित…
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा गोविन्द केसीले अीपताल परिसरमै आमरण अनशन बसे । माग उनको थियो चिकित्सा क्षेत्रको सुधार । उनको माग सहमतिमा टुङ्गिएको छ । कति पूरा होलान् वा नहोलान् त्यो आगामी दिनमा देखिदै जानेछ । तर केसीको नाममा गत शनिबार राजधानीमा केही मान्छेले जुलुश निकाले । त्यो जुलुशमा आफूलाई ठूला मान्छे बताउनेहरुको ताती नै थियो । पूर्व मुख्य सचिव लिलामणि पौड्यालदेखि समाजमा ठूला मान्छेहरुको उपस्थिती थियो । नयाँ शक्ति नेपालका नेत्री हिसिला यमी पनि केसी बचाउको जुलुशमा थिइन् । केसीको पक्षमा जुलुश निकाल्नु जायज नै भएपनि हिसिलाको व्यवहार भने रमाइलो रहेको सहभागीले जानकारी दिएका छन् ।…
काठमाडौं–परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा असारमा मात्र २३ लास विदेशबाट मगाइदिन निवेदन परेको छ । तीमध्ये सबैभन्दा बढी साउदी अरेबियाको रियादबाट ११ लास ल्याइदिन आफन्तले निवेदन दिएका छन् । ‘निवेदन पर्नासाथ सम्बन्धित मुलुकका हाम्रा दूतावासमा स्क्यानिङ गरेर पठाइदिन्छौँ, त्यहा“बाटै सबै प्रक्रिया अघि बढ्छ,’ विभागका महानिर्देशक गणेश ढकालले भने । उनका अनुसार मृतकको विस्तृत विवरणका आधारमा नियोगले सम्बन्धित कम्पनी वा मृतकको ठेगानामा सम्पर्क गरेर शव ल्याउने प्रक्रिया सुरु गर्छ । परराष्ट्र मन्त्रालयको कन्सुलर विभागको तथ्यांकअनुसार असारमा २३ शव ल्याइदिन निवेदन परेको छ । रियादबाट ११, मलेसियाबाट पाँच, दक्षिण कोरिया, कतार र अबुधाबीबाट दुई–दुई र कुवेतबाट एउटा शव ल्याइदिन निवेदन परेको हो ।…
विर्तामोड । विर्तामोडको मुक्ति चोकको सौन्दर्य बढाउनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले विभिन्न कामहरु गर्दै आएको छ । सडकमा डिभाइडर राख्नदेखि ट्राफिक कन्ट्रोल गर्नका लागि पार्किङलाई व्यवस्थित गरिरहेको छ । तर जग्गा अभावका कारण भनेजस्तो काम नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताएका छन् । पछिल्लो समयमा झापा विर्तामोडस्थित पशुपति साडी सेन्टरका प्रोपाइटर अनिल बिहानीले विर्तामोडको मुक्ति चोकका लागि गमला राख्ने स्ट्याण्डको निर्माण गरिदिएका छन् । हेर्दा सानो सहयोग देखिए पनि उक्त स्ट्याण्डले विर्तामोडको सौन्दर्य तथा ट्राफिक नियन्त्रण गर्न निकै महत्वपूर्ण योगदान पुर्याउने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए…