बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले चौथो वार्षिकोत्सवको अवसर पारेर शुक्रबार बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई खाद्यसामग्री प्रदान गरेको छ । बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रमा रहेका २० जना बृद्धबृद्धाका लागि १६ हजार रुपैयाँ बराबरको खाद्य सामग्री प्रदान गरिएको हो ।
केन्द्रका अध्यक्ष विक्रम मादेनको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष भवानी दङ्गाल, लेखा समिति संयोजक कृष्णराज खनाल लगायतले बोलेका थिए ।
हेमराज खनालले संयोजन गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव वीपी लामिछानेले गरेका थिए ।
Facebook Comments Box