Author: admin

काठमाणडौ । भारतीय नाकाबन्दीका कारण आपूर्तिमा आएको कठिनाइले इन्धन आयातमा कमी आएको छ । आर्थिक वर्ष (आव)२०७२/७३ मा भारतबाट हुने इन्धन आयातमा यस्तो कमी आएको हो । नेपाल आयल निगमका अनुसार गत आवमा अघिल्लो आव २०७१÷७२ को तुलनामा १८ प्रतिशत कम इन्धनको आयात भएकोे छ । आव २०७१/७२ मा नेपालले १६ लाख २५ हजार १ सय ६७ किलोलिटर (१ किलोलिटर बराबर १ हजार लिटर) इन्धन आयात गरेकामा गत आवमा १३ लाख ३१ हजार १ सय ५६ किलोलिटर मात्र इन्धन आयात गरेको निगमले जनाएको छ । नेपालमा वार्षिक १५ प्रतिशतका दरले इन्धनको आयातमा वृद्धि भएपनि गत आवको असोजदेखि जारी झण्डै ५…

Read More

काठमाण्डौ । अस्टेलियामा पशु व्यवस्थापनको लागि नयाँ रोबोट बन्दैछ । यसमार्फत ठूलो मात्रामा गाईवस्तु र पशुधनको सहजै व्यवस्थापन गर्न सहज हुने बताइएको छ । यो रोबोटको विकास र अविष्कारको समाचार सुनेर किसानहरू निकै उत्साहित देखिन्छन् । ‘स्वग्बोट’ नाम दिएको यो रोबोटले हजारौं पशुहरूलाई निगरानी गर्नसक्ने बताइएको छ । सिडनी विश्वविद्यालयको प्रोफेसर ‘सलाह सुक्करिएह’ले भने, ‘रोबोटको प्रारम्भिक परीक्षण सफल भएको छ ।robert1 हामीले केही किसानहरूसँग प्रारम्भिक परीक्षण समेत गरिसकेका छौं । यस अन्तर्गत हामीले टाढैबाट पशुहरूको निगरानी गर्ने र सही बाटोबाट दोहो-याएर ल्याउने काम गर्न सम्भव छ । यो रोबोटले निरन्तर खेती निगरानी गर्ने काममा समेत लगाउन सकिनेछ ।’ उनका अनुसार…

Read More

काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि भारतीय राजदूत रञ्जित राय एमाले पार्टी कार्यालय धुम्बाराही पुगेका छन् । ओलीले औपचारिक रुपमा सिंहदरबार छाडेको ४ दिनपछि राय उनलाई भेट्न गएका हुन् । भेटका क्रममा नेपाल–भारतबीचको आपसी सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आदीका बारेमा छलफल भएको थियो । ओलीले सांकेतिक रुपमा आफ्नो सरकार परिवर्तन हुनुमा भारतको हात रहेको बताइरहेका बेला भएको भेटलाई महत्वका साथ हेरिएको छ ।

Read More

बिर्तामाेड । दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा’ अन्ततः भदौको २४ गते रिलिज हुने भएको छ । निर्देशक निरौलाले चलचित्रको प्रदर्शन मिति तय भएको बिर्तामाेडमा अायाेजित पत्रकार सम्मेलनमा जानकारी गराएकि हुन् । उनका अनुसार भदौमा रिलिज हुने चलचित्रको संख्या दर्जन बढी भएपनि यो चलचित्र भने अरु सँग नजुदि रिलिज हुनेछ । दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा लगायत अन्य हास्य कलाकारहरु मिलेर बनाएकाे याे चलचित्रकाे छायांकन काभ्रेकाे साल्पिटार, नवलपरासी, र काठमाण्डाैँ लगायतका ठाउँमा गरिएकाे छ । चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे लगायतका कलाकारको मुख्य भूमिका छ । यसपटक चलचित्रले वैदेशिक…

Read More

बिराटनगर । विराटनगर उपमहानगरपालिकाले यसै आर्थिक वर्षदेखि लागू हुने गरी घर जग्गा करको दस्तुरमा चार गुणाले वृद्धि गरेको छ। सर्वसाधारणले थेग्नै नसक्ने गरी दस्तुर बढाइएपछि स्थानीयवासी आक्रोशित भएका छन्। न्यूनतम सुविधासमेत उपलब्ध गराउन नसकिरहेको उपमहानगरपालिकाले जनताको ढाड सेक्ने गरी घरजग्गा कर बढाएपछि यो अव्यावहारिक निर्णयको सर्वत्र आलोचना हुन थालेको छ। दश धुर जग्गामा एकतले पिलर हालेको घरको बढीमा रु ४ सयसम्म कर तिरेका नगरवासीले यही साउनदेखि दुई हजारसम्म कर तिर्नुपर्ने भएको छ। विराटनगर उपमहानगरपालिकाका वित्तीय व्यवस्थापन महाशाखाका प्रमुख अर्जुन थपलियाले घरको कर बढेको पुष्टि गरे। बढेको करले ठूला करदातालाई राहत पुग्ने तर साना करदाता भने मार्कामा पर्ने थपलियाले जानकारी दिए।…

Read More

मुगु । शनिबार राति परेको पानीसँगै आएको बाढीले यहाँ सम्पन्न हुन लागेको एक विद्युत् आयोजनाको नहर भत्कँदा २० वर्षदेखिको विद्युत् बाल्ने गाउँलेको सपना चकनाचुर भएको छ। माग्री गाविस– ७ मा रहेको च्याप्नेगाढमा गए राति बाढी आउँदा उक्त खोलामा निमार्णाधीन माग्री जलविद्युत् आयोजनाको निर्माण भइसकेको २६५ मि पक्की नहर बिग्रेको हो। २०५३ सालमा दुर्गम क्षेत्र विकास समितिले माग्री गाविसका ५, ६, ७, ८ र ९ वडाका ४ सय घरधुरीलाई लक्षित गरी २५ किलोबाट विद्युत् उत्पादन गर्ने गरी निर्माण थालेको सो आयोजना यस वर्ष भदौ मसान्तमा सम्पन्न भएर आगामी दसैँमा उद्घाटन गर्ने योजना रहेको आयोजनाका अध्यक्ष सोनाम लामा बताउँछन्। दसैँदेखि विद्युत् उत्पादन…

Read More

इटहरी । विकास निर्माणको जिम्मा लिने निर्माण व्यवसायीको चरम लापरवाहीका कारण सुनसरी र मोरङ जिल्लामा रु ३६ करोड ४७ लाखको लागतमा निर्माणाधीन अवस्थामा रहेका १० पक्की पुल निर्माण सम्पन्न भइसक्नुपर्ने समय गुज्रिसक्दा समेत लथालिङ्ग अवस्थामा पाइएको छ। कमजोर कानुनको फाइदा उठाउँदै निर्माण कम्पनीले लापरवाही गरेका कारण ती पक्की पुल समयमा निर्माण सम्पन्न हुन नसकेका हुन्। सुनसरी मोरङ पुल योजनाअन्तर्गत रतुवा मोरङ जिल्लाको रु ११ करोड, तेतरियाको रु एक करोड ५१ लाख, भौंडाहाको रु दुई करोड १२ लाख, महादेवाको मल्टिकल्भर्ट रु एक करोड पाँच लाख, मारिया खोलाको रु तीन करोड ५० लाख, तुर्के खोलाको रु चार करोड ५० लाख, बूढी बानरझुलाघाटको…

Read More

काठमाण्डाैं – आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी पर्व हिन्दू धर्मावलम्बीले विशेष श्रद्धापूर्वक मनाउँदै छन् । आजको दिन घरको मुल ढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएका नागको चित्र गोबरले टाँसेर गाईको दूध, दुबो र फूल अक्षताले नागको पूजा अर्चना गर्ने चलन छ । हिन्दू परम्पराअनुसार नागलाई मनपर्ने दूध र दुबो चढाई स्तुति र पूजा गर्नाले घरमा चट्याङ नपर्ने, गरुड तथा सर्पको डर नहुने र आगलागी तथा वैदी विपत्ति नपर्ने जनविश्वास रहिआएको छ । आज नागका अष्टकुल अनन्त, बासुकी, पद्म, महापद्म, कुलीर, कर्कट, र शंखनागको पूजा गरिन्छ । नाग पञ्चमीका अवसरमा काठमाण्डुको नक्सालको नागपोखरी, ललितपुरको धापाखेल, भक्तपुरको सिद्धपोखरी र काभ्रेको…

Read More

काठमाडौं ।  अनिल पुन ३० वर्षमा टेके । बागलुङका उनी कक्षा १० को परीक्षाका लागि तयारी गरिरहेका बेला मिर्गौला फेल भयो र जीवनको याचना गर्दै डायलासिसका लागि काठमाडौं हानिए । त्यसपछि जन्मथलोमै फर्खिए उनी । डायलासिसमा धेरै वर्ष बिताएका उनले दीर्घकालीन समाधान खोज्दै वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरे तर फोक्सोको संक्रमणले तीन वर्षमै उनको प्रत्यारोपण असफल भयो । फेरि डायलासिसकै भरमा उनको जीवन अघि बढ्यो । उपचारका लागि १२ वर्षमा उनले करिब ६० लाख रुपैयाँ खर्चेका छन् । घरखेत अर्कैको हातमा परिसकेको छ । सहयोग माग्ने ठाउँ कतै नभएपछि विरक्तिमा छट्पटाइरहेका बेला सरकारले डायलासिस सेवा निःशुल्क गरिदियो । हिजोआज उनको…

Read More

काठमाडौं  । प्रधानमन्त्री निर्वाचन भएको चार दिन बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रमुख सत्ता साझेदार दुवै दल कांग्रेस र माओवादी केन्द्रलाई हम्मेहम्मे परेको छ । मन्त्री बन्ने आकांक्षी व्यवस्थापन गर्न कठिन भएपछि दुवै दलको शीर्ष नेतृत्वले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड आफैं बुढानीलकण्ठ निवास पुगेका थिए । दुई नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने र राप्रपासहित साना दललाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार आइतबार साना दलमध्ये राप्रपाका दुई मन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्य भइरहेको छ । यसअघि छुट्याइएका मन्त्रालय अदलबदल गर्न सक्नेबारे दुई शीर्ष नेताबीच…

Read More