काठमाण्डौ ।
अस्टेलियामा पशु व्यवस्थापनको लागि नयाँ रोबोट बन्दैछ । यसमार्फत ठूलो मात्रामा गाईवस्तु र पशुधनको सहजै व्यवस्थापन गर्न सहज हुने बताइएको छ ।
यो रोबोटको विकास र अविष्कारको समाचार सुनेर किसानहरू निकै उत्साहित देखिन्छन् । ‘स्वग्बोट’ नाम दिएको यो रोबोटले हजारौं पशुहरूलाई निगरानी गर्नसक्ने बताइएको छ । सिडनी विश्वविद्यालयको प्रोफेसर ‘सलाह सुक्करिएह’ले भने, ‘रोबोटको प्रारम्भिक परीक्षण सफल भएको छ ।robert1
हामीले केही किसानहरूसँग प्रारम्भिक परीक्षण समेत गरिसकेका छौं । यस अन्तर्गत हामीले टाढैबाट पशुहरूको निगरानी गर्ने र सही बाटोबाट दोहो-याएर ल्याउने काम गर्न सम्भव छ । यो रोबोटले निरन्तर खेती निगरानी गर्ने काममा समेत लगाउन सकिनेछ ।’
उनका अनुसार किसानहरूले विशेषगरी टाढैबाट आफ्नो पशुलाई हेर्ने र रातको समयमा पशुहरूको स्वास्थ्यमाथि झनै ध्यान दिने खालका उपकरणहरू चाहन्छन् । यस रोबोटले परैबाट पशुको तापमान पत्ता लगाउनुका साथै पशुहरू हिँडे नहिँडेको समेत जाँच गर्न सक्छ ।
प्राविधिकहरूका अनुसार न्युक्यासलमा यसको प्रारम्भिक परीक्षण हुँदैछ । न्युसाउथ वेल्समा यसलाई चाहिने भू–भाग र अन्य उपकरणहरूको जाँच हुँदैछ ।
यस रोबोटलाई अत्यन्त उपयोगी बनाउनका लागि यसलाई चट्टान र पहाडमा पनि जानसक्ने र साथै यो सौर्य संचालित र स्वचालित बनाउने तयारी गरिएको छ ।
यी सब सहजताका साथ किसानहरूले सो रोबोटलाई आइप्याड र आइफोनमार्फत समेत चल्नसक्ने बनाइँदैछ ।