Author: admin

काठमाण्डौ । बंगलादेशको राजधानी ढाकामा प्रहरीले अवैधानिक बसोबास गरेको भन्दै ४४ जना नेपालीलाई गिरफ्तार गरेको बंगलादेशका डेलीसन डट कम लगायतका सञ्चारमाध्यमले जनाएका छन्। उनीहरुलाई बंगलादेशको राजधानी ढाकास्थित मीरपूरबाट अनुमतिभन्दा बढी समय बंगलादेशमा बिताएको आरोपमा गिरफ्तार गरिएको हो। स्थानीय समयअनुसार शुक्रबार बिहान ११ बजे पल्लवी थानाका प्रहरीले गिरफ्तार गरेको उक्त थानका प्रहरी प्रमुखले पुष्टि गरेका छन्। उनीहरू बंगलादेश गएको वा अरु देशमा जाने क्रममा त्यहाँ अलपत्र परेको भन्ने खुलेको छैन। पक्राउ परेका सबै व्यक्ति पुरुष रहेको जनाइएको छ। पक्राउ परेकाहरु पर्यटक भिसामा मे २२ मा बंगलादेश पुगेका थिए । उनीहरुको भिसाको म्याद शुक्रबारै सकिएको प्रहरीले जनाएको छ।

Read More

झापा । चीनका दक्षिण एसिया विज्ञ तथा रेल विशेषज्ञहरूले तिब्बतबाट हिमालय पार गरी दक्षिण एशियातिर विस्तार हुने रेलमार्ग बनाउन प्रविधि र अनुभव दुवै रहेको बताएका छन्। सन् २०२० सम्ममा चीनको केरुङ सम्म रेल ल्याउने लक्ष्यका साथ काम थालेको चीनले नेपालको भुभाग सम्म रेल ल्याउन सम्भब भएको बताएका छन् । चाईना डेल्लीमा प्रकाशित समाचार अनुसार चीनले केरुङ सँगै नेपालको सिमा रसुवागढी हुदै काठमाण्डौ सम्म रेल बिस्तार गर्ने ईच्छा देखाएको छ । चिनियाँ रेलमार्ग विशेषज्ञहरुका अनुसार विश्वको सबभन्दा उच्च हिमशृंखला तथा पुराना हिमनदी नजिकैबाट प्रतिघण्टा एक सय किलोमिटर गतिको रेल कुदाउनु अब सपना मात्रै हुनेछैन। केरुङबाट नेपालको रसुवामा जोडिएको स्थान १ हजार…

Read More

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रलाई पेसाको मापदण्ड अनुकूल बनाउन तयार गरेको पत्रकारको योग्यता परीक्षण अध्ययनसम्बन्धी प्रतिवेदन छलफलका लागि सार्वजनिक गरेको छ । पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ ले तयार गरेको प्रतिवेदन यहाँ आज काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की समक्ष प्रस्तुत गरिएको छ । सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डा रामकृष्ण तिमल्सेना संयोजक तथा रत्न राज्यलक्ष्मी क्याम्पस पत्रकारिता विभाग प्रमुख डा कुन्दन अर्याल, ‘नागरिक’ दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल र सचिवमा काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनाल रहेको कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमाथि सञ्चार विज्ञको सुझावका आधारमा पत्रकारका योग्यता परीक्षण गर्ने तयारी गरिएको हो । प्रतिवेदनमा पत्रकारको योग्यता तोक्नुपर्ने औचित्य, पत्रकारको योग्यताबारे…

Read More

अर्घाखाँची । अर्घाखाँचीको खिल्जी गाविसमा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ । खिल्जी गाविस– १ बस्ने ६४ वर्षीय बिनबहादुर खप्तडीको खेतमा पानी लगाएर फर्कने क्रममा घर नजिकै अरिङ्गालले चिलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताउनुभयो । अरिङ्गालले चिलेर गम्भीर घाइते भएका खप्तडीलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

Read More

पोखरा । मेहनत गरे आफनै देशमा मनग्य कमाउन सकिने रहेछ भन्ने उदाहरणीय कृषक बन्नुभएको छ कास्कीको लाहाचोक गाविसका इमानबहादुर गुरुङ । तीन वर्षअघिदेखि भैँसी र गाईपालन व्यवसाय सुरु गरेको उनले दूध बिक्रीबाट मासिक रु नौ लाख आम्दानी हुन्छ । अहिले उनको गोठमा ३०० वटा उन्नतजातका भैंसी र १२ वटा गाई छन् । ‘दैनिक ८०० लिटरदेखि ९०० लिटरसम्म दूध उत्पादन हुन्छ,’ गुरुङले भने । उत्पादन भएको दूधमध्ये भैँसीको प्रति लिटिर ८० र गाईको प्रतिलिटर ५० मा पोखरामा ल्याएर बिक्री गर्ने गरेको उनले बताए । गुरुङको प्रेरणाबाट नै उक्त गाउँका ६०÷६५ किसानले पशुपालन व्यवसाय गरेर आयआर्जन गर्ने गरेका छन् । उहाँले आफनो…

Read More

रौतहट । रौतहट जिल्ला अदालतले बालिका बलात्कार गर्ने एक युवकलाई १० वर्षको सजाय तोकेको छ । ६ बर्षीया एक बालिकालाई करणीगर्ने चन्द्रपु्र नगरपालिका १२ का १९ वर्षीय अजयराम चमारलाई बिहीबार जिल्ला अदालत रौतहटले १० वर्ष कैद र ५० हजार जरिवानाको फैसला गरेको हो । ललाई फकाई घरमा लगेर ति बालीकालाई खानेकुरा किन्न १० रुपयाँ दिएर बलात्कार गरेको खुलेपछि बालीकाको आमाले प्रहरीमा उजुरी दिएका थिईन् । संकेत नम्बर ३२ चन्द्रनिगाहपुर (न) भएकी ६ वर्षीया बालिकालाई अजयले भदौ १२ गते घरमा बोलाइ खानेकुरा किन्नका लागि १० रुपैयाँ दिएर बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन । एकबर्ष अघि पनि ७…

Read More

भारत । भारतको आसामको कोकराझारमा ग्रेनेड हमला भएको छ । शुक्रबार आसामको बालजान मार्केटमा हमला हुँदा १४ मानिसहरुको मृत्यु भएको छ भने सयौं मानिसहरु घाइते भएका छन् । यस तरकारी बजारमा अहिले पनि फायरिंग जारी रहेको दैनिक भाष्करले बताएको छ । स्रोतका अनुसार ७/८ जनाको संख्यामा रहेका हमलाकर्ता अटोरिक्साबाट बजारमा छिरेका थिए । उनीहरुसँग एके४७ जस्ता हतियार छन् । अहिले हमलाकर्ता र सुरक्षा बलबिच दोहोरो फायरिङ चलिरहेको बताइएको छ । एक हमलाकर्ताको मृत्यु भएको स्रोतले दाबी गरेको छ । -एजेन्सीको सहयोगमा ।

Read More

दमासकस । उत्तरी सिरियाली सहर अलेप्पोका विद्रोहीले विषाक्त ग्यास प्रयोगगरी सात व्यक्ति हत्या गर्नुका साथै अन्य २० भन्दा बढी घाइते बनाएको रसियाली रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा विषालु ग्यासका पोका विस्फोट गराई अलेप्पो सहरको पूर्वी इलाकामा रहेको आवासिय क्षेत्रलाई लक्ष्यगरी विद्रोही हराकत नोउर अल दिन अल जेन्की समूहले आक्रमण गरेको जनाइएको छ । उक्त शहर विपक्षी दलले आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएको थियो । सिरियामा नुस्रा फ्रन्ट, इस्लामिक स्टेट्स (आइएस) र अन्य आतङ्कवादी समूहले युद्धबिरामको बारम्बार उल्लङ्घन गर्दै आएका छन् । विगत २४ घन्टाभित्र सिरियाको राजधानी दमासकसलगायत दक्षिणपश्चिम सिरिया र हामा प्रान्तमा यस विषालु…

Read More

भक्तपुर । भक्तपुरमा भाइरल ज्वरोको प्रकोप बढेको छ । सरुवा रोगका रुपमा भाइरल ज्वरोको प्रकोप बढेपछि भक्तपुरका सात वटा अस्पतालमा बिरामीको चाप बढेको छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्ममा पनि भाइरल ज्वरोको प्रकोप बढेपछि अस्पतालमा बिरामीको चाप बढेको हो । सरकारी अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि अस्पतालको श्ययासमेत भरिएका छन् । अस्पतालका प्रशासन प्रमुख विश्वप्रसाद न्यौपानेले भाइरल ज्वरोको प्रकोप बढेपछि बिरामीको चाप पनि बढेको बताउँदै अस्पतालको श्यया भरिएको जानकारी दिए । उनले भने, ‘भाइरल ज्वरो र अन्य बिरामीको चाप बढेकाले श्ययासमेत भरिएको छ, अस्पतालमा दैनिक २०० बिरामी स्वास्थ्य परीक्षण लागि आउने गरेका छन् तीमध्ये धेरैजसो भाइरल ज्वरो…

Read More

एजेन्सी– इंगल्याण्डमा बस्ने एक २२ वर्षीया युवतीले आफू पोर्न स्टार बन्नुको आफ्नो आमाको सहयोग पनि हात रहेको बताएकी हुन् । बीबीसीको डकुमेन्ट्रीमा ती युवतीले त्यस्तो खुलासा गरेकी हुन् । जेडे नाम गरेकी ती युवती पोर्न स्टारको क्षेत्रमा कार्ली रे समर्सको नामले परिचित छिन् । उनका अनुसार पोर्न स्टार बन्नमा उनलाई उनकै आमाले सपोर्ट गरेकी हुन् । आफू पोर्न स्टार बन्नमा आफ्नी आमाले कुनै रोकतोक नगरेको र उल्टै हौसला दिएको उनको भनाइ छ । जडेका अनुसार उनी धेरै पैंसा कमाउने लोभमा यस क्षेत्रमा लागेकी हुन् । एक दिनको ८०० रुपैयाँ देखि दुई दिनको शूटका लागि १ लाख रुपैयाँ सम्म आफूले कमाएको…

Read More