रौतहट ।
रौतहट जिल्ला अदालतले बालिका बलात्कार गर्ने एक युवकलाई १० वर्षको सजाय तोकेको छ । ६ बर्षीया एक बालिकालाई करणीगर्ने चन्द्रपु्र नगरपालिका १२ का १९ वर्षीय अजयराम चमारलाई बिहीबार जिल्ला अदालत रौतहटले १० वर्ष कैद र ५० हजार जरिवानाको फैसला गरेको हो । ललाई फकाई घरमा लगेर ति बालीकालाई खानेकुरा किन्न १० रुपयाँ दिएर बलात्कार गरेको खुलेपछि बालीकाको आमाले प्रहरीमा उजुरी दिएका थिईन् ।
संकेत नम्बर ३२ चन्द्रनिगाहपुर (न) भएकी ६ वर्षीया बालिकालाई अजयले भदौ १२ गते घरमा बोलाइ खानेकुरा किन्नका लागि १० रुपैयाँ दिएर बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन ।
एकबर्ष अघि पनि ७ देखि ११ बर्षसम्मका पाँच जना बालिकालाई बलात्कार गर्ने चन्द्रनिगाहपुरका ५५ बर्षीय भक्तबहादुर राईलाइ जिल्ला अदालत ले ५४ बर्षको जेल सजाय हुने फैसला गरेको थियो ।
रौतहट जिल्लामा पछिल्ला बर्षमा बालिका तथा किशोरीहरु बलत्कार हुने क्रम बढ्दै गएको तथ्याङक छ । जिल्ला प्रहरी कार्यालयको तथ्याक अनुसार चारबर्षदेखि १५ बर्ष सम्मका बालिका बलात्कृत भएका छन् ।