Author: admin
काठमाण्डौ । उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महरा र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच बुधबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्रीको विशेष दूतका रुपमा बेइजिङ गएका महराले बुधबार बिहान प्रधानमन्त्री खछ्याङको कार्यालयमा उनलाई भेटेका हुन्। भेटमा उनले चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। जवाफमा चिनियाँ प्रधानमन्त्रीले निम्तोका लागि धन्यावाद दिँदै दुवै देशका परराष्ट्र मन्त्रालयले यसबारेमा आवश्यक समन्वय गर्ने बताए। भेटमा उपप्रधानमन्त्री महराले चीन सरकारले नेपालको आर्थिक र सामाजिक क्षेत्रको विकासमा गरेको सहयोगका लागि धन्यावाद दिए। चिनियाँ प्रधानमन्त्री खछ्याङले नेपाललाई दिइने सहयोगमा अझै वृद्धि गर्ने चाहना रहेको बताए। भेटमा अर्थमन्त्रालयका अधिकारीसहित बेइजिङस्थित नेपाली दूतावासका कर्मचारी पनि सहभागी थिए।
एजेन्सी । इन्टरनेट जाएन्ट गुगलले आफ्नो नयाँ भिडियो च्याटिङ एप गुगल डुओ सार्वजनिक गरेको छ । फेसबुकको मेसेन्जर, माइक्रोसफ्टको स्काइप तथा एप्पलको फेस टाइम जस्ता एक से एक भिडियो च्याटिङ एपहरुलाई टक्कर दिने सोँचका लागि गुगलले डुओ ल्याएको बताइएको छ । यद्यपि यो विद्यमान अरु भिडियो च्याटिङ एपभन्दा खासै फरक छैन तथापि यसमा एक सुविधा छ की यसमा कल गर्ने व्यक्ति अर्थात कलरको लाइभ भिडियो सुरुमै देखिन्छ । कल गर्ने व्यक्तिको अवस्था तथा किन कल गरिरहेको छ भन्ने कुराको भेउ सुरुमै पाउन सक्नुहुन्छ । त्यसैले कल उठाउने व्यक्तिले तत्काल कल रिसिभ गर्ने की नगर्ने भन्ने फैसला लिन सक्दछ । उक्त फिचरको नाम…
काठमाडौं, भदाै १ –प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा धुर्मुस–सुन्तलीसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । भेटमा प्रधानमन्त्रीले भने, ‘भूकम्पपछि आएको मानवीय विपत्तिलाई राहत दिन तपाईहरुले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि सकारात्मक सन्देश गएको छ, यसले एउटा संस्कारकै रुपमा विकास गर्दैछ । म तपाईहरुको अभियानमा सँगै छु । अहिले तत्कालका लागि मेरो पहिलो महिनाको व्यक्तिगत तलव तपाईहरुको फाउण्डेसनलाई सहयोग गर्नेछु ।’ भेटमा धुर्मुस–सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । प्रधानमन्त्रीले थपे, ‘तपाईहरुको नेतृत्वमा निर्माण भएको नमुना बस्तीको…
काठमाण्डाैँ, भदाै १ गते । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा विद्युती मेसिनमार्फत मतदान भइरहेको छ । बुधबार बिहान ७ बजेदेखि मतदान हुने भनिएपनि झण्डै चारघण्टा ढिला गरी मतदान सुरु भएको हो । मतदान स्थल र आसपासका क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधिवेशनको महत्वपूर्ण विषय मानिने बन्दसत्र नै नगरी नयाँ नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो । अध्यक्षका लागि नैनसिंह महर, मनोजमणी आचार्य, शुभराम बस्नेत, नगेनसिंह ठकुरी, बचन कार्की, लक्ष्मण आचार्य र आनन्दप्रसाद त्रिपाठी गरी सात जना प्रतिस्पर्धामा छन् । २ जना महामन्त्रीका…
काठमाडौँ, १ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमा पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङको पठन पाठन सुरु गर्ने भएको छ । विश्वविद्यालयद्वारा मङ्गलबार आयोजित पत्रकारसम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्र कोइरालाले नेपालमा हाइड्रोपावरको प्रचुर सम्भावना रहेको भएपनि सो विषयमा अहिलेसम्म अध्ययन हुन नसकेकाले प्राविधिक जनशक्तिको अभाव रहेकाले पढाइ सुरु गर्न लागिएको जानकारी दिए । विश्वविद्यालयले आगामी कात्तिक २६ गतेदेखि केन्द्रीय कार्यालय, सुर्खेतबाट अध्ययन अध्यापन सुरु गराउने जनाएको छ । त्यसका लागि आगामी भदौ ८ गतेदेखि फारम वितरण तथा ११ गते काठमाडौँ तथा सुर्खेतबाट प्रवेश परीक्षा लिइनेछ । स्नातक तहमा ४८ जनालाई अध्ययन गराउने व्यवस्था गरिएको छ । इन्जिनियरिङ सङ्कायका डिन अनन्तराज घिमिरेले चालु आवबाट…
विर्तामोड । झापा विर्तामोडको कृषि थोक बजारमा बुधबार विहान भएको आगलागीबाट १० वटा पसल जलेर नस्ट भएका छन् । बुधबार विहान करीब ४. ३० बजे सुरु भएको आगलागीबाट विर्तामोड नगरपालिकाले भाडामा दिएका जुत्ता चप्पल, कस्मेटिक्स, लत्ता कपडाका पसल जलेर नस्ट भएका छन् । २० वटा सटर भएको उक्त मार्केटका १० वटा सटरका सामान भने बाहिर निकाल्न पाइएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक खडगबहादुर खत्रीले जानकारी दिए । आगलागी नियन्त्रणका लागि विर्तामोड, मेचीनगर, भद्रपुर, दमक लगायतका नगरपालिकाहरुका दमकल खटिएका थिए । क्षतिको यकिन भइनसकेको प्रहरी नायव उपरीक्षक खत्रीले बताए । विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान स्थानीयबासीले…
काठमाडौं । सिट क्षमताभन्दा बढी यात्रु चढाउने गाडीको तत्काल रुट परमिट र चालकको लाइसेन्स खारेज हुने भएको छ । क्षमताभन्दा बढी यात्रु बोकेकै कारण काभ्रेमा सोमबार बस दुर्घटना भएको निष्कर्ष निकाल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अब सवारी कानुन उल्लंघन गर्ने सबै सार्वजनिक गाडी, तिनका मालिक र चालकलाई कडा कारबाही गर्ने निर्णय गरेको हो । मन्त्रालयले यातायात व्यवस्था विभाग तथा सडक विभागका अधिकारी, यातायात व्यवसायी, नेपाल प्रहरी र ट्राफिक प्रहरी अधिकृतसहित सरोकारवालासित मंगलबार बैठक गरी यस्तो निर्णय गरेको हो । बैठकले सिट क्षमताभन्दा बढी यात्रु चढाएको पाए तत्कालै गाडीको रुट परमिट (सडकमा सञ्चालन अनुमति) तथा चालकको लाइसेन्स खारेज र अधिकतम…
काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ । मुलुकको आन्तरिक र बाह्य सुरक्षा गर्ने तथा आवश्यक पर्दा रणनीतिक विकासका आयोजनाहरुलाई अघि बढाउने महत्वपूर्ण भूमिका पाएको नेपाली सेना ‘घडेरी बेच्ने’ काममा पनि लागेको छ । सैनिक लोककल्याणकारी कोष अन्तर्गत रहेर सेनाले जग्गा खरिद गरेर त्यसलाई ‘प्लटिङ’ गरी बिक्री विरतण गरेको हो । सेनाले ‘घडेरी योजना’ अन्तर्गत बहालवाला, अवकाश प्राप्त तथा लडाईंमा मृत्यु भएका सैनिकका आश्रित परिवारलाई किस्ताबन्दी र पूरा भुक्तानीमा जग्गा बिक्री गरिरहेको छ । यसका लागि सेनाले सुनसरीको इटहरीमा ११ सय ८ वटा, पोखराको फुलबारीमा ७२ र राधाकृष्ण टोलमा १ सय ५१ तथा चितवनको पिठुवामा २ सय ८९ गरी जम्मा १…
काठमाडौं । खाजा र खानाका लागि दिइने कुपनमा व्यापक अनियमितता भेटिएपछि संसद् सचिवालयले भदौ १ गतेदेखि ‘कुपन सिस्टम’ बन्द गर्ने निर्णय गरेको छ । समितिका बैठकमा चियामात्र खुवाउने र कुपनको सट्टा सांसदलाई खाजा र खानाबापत दैनिक चार सय रुपैयाँ दिने निर्णय सचिवालयले गरेको छ । समितिको बैठक बस्दा एकजना नेताको पछाडि दर्जनौं सुरक्षाकर्मी, सहयोगी र ड्राइभरलाई पनि कुपन दिनुपर्ने, कर्मचारीलाई छुट्टै खाजा खर्च दिइए पनि कुपनबाटै खाजा र खाना खाने गेको तथा कुपनको व्यापक दुरुपयोग हुने गरेको भन्दै कुपन सिस्टम बन्द गर्नुपरेको सभामुख ओनसरी घर्तीमगरको सचिवालयले जनाएको छ । सभामुख घर्तीले आर्थिक मितव्ययिता अपनाउन आफूले यस्तो निर्णय गरेको विभिन्न दलका…
काठमाडौं । अपराध नियन्त्रणसँगै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी बोकेको प्रहरीले आफ्नो सेवा उत्तिकै चुस्तदुरुस्त पार्नुपर्छ । कहीँकतै अपराध भइहाले तत्काल पहुँच पुर्याउनन विभिन्न स्थानमा छुट्टाछुट्टै प्रहरी एकाइ खडा गरिएका छन् । तर, सवारीसाधन अभावमा ती युनिटले अपेक्षाअनुरुप सेवा प्रवाह गर्न सकिरहेका छैनन् । नेपाल प्रहरीका आधाभन्दा बढी कार्यालयसँग साइकलधरि नरहेको पाइएको छ । सडक सञ्जालमा जोडिएका १ हजार ३ सय एकाईसँग सवारी साधन नभएको तथ्य प्रहरीसँग छ । नेपाल प्रहरीका कुल २ हजार ५ सय ३ एकाइ छ । बाहिरी जिल्लाको त कुरै छाडौं, राजधानी केन्द्रीत महानगरीय प्रहरीकै दुई एकाई सवारीविहीन छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गोंगबुको अस्थायी…