विर्तामोड । झापा विर्तामोडको कृषि थोक बजारमा बुधबार विहान भएको आगलागीबाट १० वटा पसल जलेर नस्ट भएका छन् ।
बुधबार विहान करीब ४. ३० बजे सुरु भएको आगलागीबाट विर्तामोड नगरपालिकाले भाडामा दिएका जुत्ता चप्पल, कस्मेटिक्स, लत्ता कपडाका पसल जलेर नस्ट भएका छन् ।
२० वटा सटर भएको उक्त मार्केटका १० वटा सटरका सामान भने बाहिर निकाल्न पाइएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक खडगबहादुर खत्रीले जानकारी दिए ।
आगलागी नियन्त्रणका लागि विर्तामोड, मेचीनगर, भद्रपुर, दमक लगायतका नगरपालिकाहरुका दमकल खटिएका थिए । क्षतिको यकिन भइनसकेको प्रहरी नायव उपरीक्षक खत्रीले बताए । विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान स्थानीयबासीले गरेका छन् ।
Facebook Comments Box