काठमाडौं । अपराध नियन्त्रणसँगै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी बोकेको प्रहरीले आफ्नो सेवा उत्तिकै चुस्तदुरुस्त पार्नुपर्छ । कहीँकतै अपराध भइहाले तत्काल पहुँच पुर्याउनन विभिन्न स्थानमा छुट्टाछुट्टै प्रहरी एकाइ खडा गरिएका छन् ।
तर, सवारीसाधन अभावमा ती युनिटले अपेक्षाअनुरुप सेवा प्रवाह गर्न सकिरहेका छैनन् । नेपाल प्रहरीका आधाभन्दा बढी कार्यालयसँग साइकलधरि नरहेको पाइएको छ । सडक सञ्जालमा जोडिएका १ हजार ३ सय एकाईसँग सवारी साधन नभएको तथ्य प्रहरीसँग छ । नेपाल प्रहरीका कुल २ हजार ५ सय ३ एकाइ छ ।
बाहिरी जिल्लाको त कुरै छाडौं, राजधानी केन्द्रीत महानगरीय प्रहरीकै दुई एकाई सवारीविहीन छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गोंगबुको अस्थायी प्रहरी प्रभाग र ललितपुर, सन्तानेश्वरस्थित प्रहरी बिटमा सवारी साधन छैन । यस्ता एकाइमा प्रहरी नायब निरीक्षकदेखि प्रहरी हवल्दारसम्मको दरबन्दी हुन्छ । आजको नागरिक दैनिकमा खबर छ ।