Author: admin
काठमाडौं । अहिले विश्व स्तनपान जारी रहेको छ । त्यसै सन्र्दभमा महिलाहरूले एक ठूलो समारोहको आयोजना गरेर बच्चालाई स्तनपान गराएका छन् । भर्खरै बच्चा पाएका हजारभन्दा बढी महिलाहरु एकै स्थानमा जम्मा भएर आफ्ना सन्तानलाई दुध चुसाउँदै स्तनपान सप्ताह मनाएका छन् । फिलिपिन्समा ५ सय भन्दा बढी आमाहरु राजधानी मनिलामा भेला भएर स्तनपान सप्ताह मनाए । उनीहरुले ‘स्तन सबैभन्दा राम्रो’ भन्ने आशयका प्लेकार्डसहित दिवस मनाए र सबै एकै स्थानमा बसेर बच्चालाई स्थनपान गराए । हालसालै कोष्टारिकाको राजधानी सान जोसेमा नागरिक एक्सन पार्टीका उपसचिवलाई स्थनपान गराएको अभियोगमा बर्खास्त गरिएको थियो । त्यसको अहिले सर्वत्र बिरोध भइरहेको छ । त्यसैको बिरोध स्वरुप चीन, कोलम्बिया, भेनेजुएला…
नुवाकाेट । गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका पाँच जना परेका छन् ।
काठमाडौं । गोरखाबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको जहाज नुवाकोटको मदानपुर– ९ बेतिनीस्थित भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा एक सुत्केरीसहित ७ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिएका छन् । यसअघि फिसटेलले हेलिकोप्टरमा ६ यात्रु सवार रहेको जानकारी दिएको थियो ।
झापा । नुवाकोटको मदनपुर-९ पाखुरेमा सोमबार दिउँसो दुर्घटना भएको हेलिकप्टर अनुभवी पाइलट रञ्जन लिम्बुले उडाएका थिए। झापा धाइजन ६- पिपलडाँगीका लिम्बु सन् २०११ मा फिस्टेल एयरमा आवद्द भएका थिए। गोरखाको फिलिमबाट बिरामी लिएर काठमाडौंतर्फ उडेको फिस्टेल एयरको नाइन एन ए के ए कल साइनको हेलिकप्टर नुवाकोटमा खसेको हाे। को- पाइलटबाट पाइलट भएका लिम्बुले १६ सय घन्टा जहाज उडाइसकेका थिए। २५ वर्षे लिम्बुका बुबा भक्तबहादुर बेलायती लाहुरे हुन्। दुई दाजुभाइ मध्ये लिम्बु कान्छो छोरा हुन् । नेपालमै केही गरौं भनेर बेलायतको आवासिय सुविधा छोडेर लिम्बु नेपाल आएका पारिवारिक स्रोतले जनाएको छ। हाईअल्टीच्यूटको समेत प्रशिक्षण लिएका लिम्बुले स्विटजरल्याण्डमा स्लीङ्ग अपरेशनकोसमेत प्रशीक्षण लिएका थिए।…
काठमाडौं । गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटना भएको छ । सिर्दिवास गाविस-८ फिलिमबाट विरामी लिएर उडेको नाइन एन ए के ए कल साइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । हेलिकोप्टर नुवाकोटको मदानपुर ९ को जंगलमा दुर्घटना भएको पुष्टि भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताएका छन् । उनले भने, ‘घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छैन । तर, दुर्घटना भएको भन्ने करिब-करिब पुष्टि भएको छ ।’ हेलिकोप्टरमा एक चालकसहित ६ जना सवार थिए । उनीहरूको अवस्था कस्तो छ भनेर खुलिसकेको छैन । फिस्टेल एयरले दिएको जानकारीअनुसार नुवाकोट क्षेत्रमा आइपुगेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । हेलिकोप्टर गोर्खाबाट…
काठमाण्डौ । निर्माणाधीन २२० केभीको ढल्केबर सबस्टेसन निर्धारित समयमा पूरा नहुने भएपछि भारतबाट थप बिजुली ल्याउन असम्भव देखिएको छ । नेपाल र भारतबीच थप विद्युत् आयात गर्ने सहमति भए पनि पुसभित्र सबस्टेसनको काम सम्पन्न गर्ने लक्ष्य पूरा नभएकाले आगामी हिउँदमा पनि लोडसेडिङ बढ्ने अवस्था सिर्जना भएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा तत्काल ८० मेगावाट र डिसेम्बरदेखि थप १२० मेगावाट विद्युत् ल्याउने सम्झौता भएको थियो । तर, सबस्टेसनको अभावमा बिजुली ल्याउन समस्या हुने देखिएको हो । सबस्टेसन निर्माण गरिरहेको ठेकेदार कम्पनीले डिसेम्बरभित्र निर्माण गर्न नसक्ने जानकारी नेपाल विद्युत् प्राधिकरणमा गराइसकेको आजको कारोबार दैनिकमा समाचार छ । यसको विकल्पमा…
काठमाण्डौ । अचानक इन्जिन बन्दभएपछि कर्णाली नदीमा फोर्स ल्याण्डिङ्ग गरिएको मकालु एयरको विमान चार दिन बितिसक्दा पनि भेटिएको छैन्। काठमाडौंमा रहेको मकालुको मुख्यालयले हुम्लास्थित कर्णाली नदी आसापासमा चार दिनदेखी जहाजको खोजी भइरहेको तर फेला नपरेको जनाएको छ। यस कम्पनीका महाप्रवन्धक बालकृष्ण श्रेष्ठका अनुसार, हुम्लामा सेना, प्रहरी र स्थानियको सहयोगमा जहाजको खोजी भइरहेको छ। ‘घटना भएकै ठाउमा जहाज छैन । नदीले बगाइसकेको छ । धमिलोपानीमा केही देखिदैन, कठिनाई भइरहेको छ,’ महाप्रवन्धक श्रेष्ठले भने। उनका अनुसार, नदीमा खोजी जारी नै छ। मकालुले एउटा इन्जिनको सानो ढक्कन र क्याप्टेन साङगे लामाको फलाइट ब्यागमात्रै घटना भएको स्थानदेखि केही मिटर तल फेला परेको बताएको छ…
काठमाण्डौ । सीमा नाकाको भन्सार र क्वारेन्टाइन कार्यलयबीच क्षेत्राधिकार विवादका कारण साउन २ गतेदेखि बिना क्वारेन्टाइन चेकजाँच कृषिउपज आयात भइरहेको छ। दुवै कार्यलयबीच समन्वय नहुँदा चालू आर्थिक वर्षको सुरुवातसँगै आयातीत कृषिउपज भन्सारको अनुमतिका आधारमा सिधै भित्रिन थालेका हुन्। आयातीत खाद्य तथा पेय पदार्थ ऐन २०२३ र खाद्य नियमावलीअनुसार गुणस्तरको मापदण्ड परीक्षण गरेर मात्र भित्राउनु खाद्य क्वारेन्टाइन चेक जाँच हो। भन्सारसँग क्वान्टाइन चेक गर्ने प्रयोगशाला र अधिकार दुवै छैन् तरपनि मनोमानी समान भित्रायाइँदै छ, यो उपभोक्ता स्वास्थ्यमाथिको गम्भीर खेलवाड भएको खबर आजको कारोबार दैनिकमा प्रकाशित छ।
काठमाण्डौ । हालै सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्त भएकी सपना मल्ल प्रधान राष्ट्रसंघीय निकायमा अझै पनि कार्यरत छिन् । एक साताअघि मात्रै सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएकी प्रधान जेनेभास्थित यातनाविरुद्धको राष्ट्रसंघीय समिति (क्याट) मा स्वतन्त्र विज्ञ सदस्यका रूपमा कार्यरत छिन्। नेपाल सरकारले अधिकारकर्मी तथा वरिष्ठ अधिवक्ता रहेकी प्रधानलाई उक्त पदका लागि सन् २०१४ मा मनोनयन गरेको थियो । प्रधानले उक्त पदबाट हालसम्म राजीनामा नदिएको एक उच्च सरकारी अधिकारीले बताए । उनको पदावधि सन् २०१७ अक्टोबरसम्म छ । न्यायाधीश नियुक्त भइसकेपछि राष्ट्रसंघीय पदमा रहिरहनु उपयुक्त नहुने सरकारी अधिकारीको भनाइ छ । ‘प्रधानले राष्ट्रसंघीय समितिबाट राजीनामा दिनुभएको छैन । उहाँले व्यक्तिगत रूपमा…