काठमाण्डौ ।
सीमा नाकाको भन्सार र क्वारेन्टाइन कार्यलयबीच क्षेत्राधिकार विवादका कारण साउन २ गतेदेखि बिना क्वारेन्टाइन चेकजाँच कृषिउपज आयात भइरहेको छ।
दुवै कार्यलयबीच समन्वय नहुँदा चालू आर्थिक वर्षको सुरुवातसँगै आयातीत कृषिउपज भन्सारको अनुमतिका आधारमा सिधै भित्रिन थालेका हुन्।
आयातीत खाद्य तथा पेय पदार्थ ऐन २०२३ र खाद्य नियमावलीअनुसार गुणस्तरको मापदण्ड परीक्षण गरेर मात्र भित्राउनु खाद्य क्वारेन्टाइन चेक जाँच हो।
भन्सारसँग क्वान्टाइन चेक गर्ने प्रयोगशाला र अधिकार दुवै छैन् तरपनि मनोमानी समान भित्रायाइँदै छ, यो उपभोक्ता स्वास्थ्यमाथिको गम्भीर खेलवाड भएको खबर आजको कारोबार दैनिकमा प्रकाशित छ।
Facebook Comments Box