Author: admin
काठमाडौं । नेकपा एमालेले संविधान कार्यान्वयनलाई धरापमा पारेर नयाँ सरकारले देशलाई अनिश्चय, अस्थिरता र संवैधानिक रिक्ततातर्फ लैजाने प्रयास गरिरहेको आरोप लगाएको छ । मंगलबार सकिएको स्थायी कमिटि बैठकको निर्णय सार्वजनिक गर्दै एमालेले देशमा राजनीतिक तथा सामाजिक द्वन्द्व निम्त्याउने खेल सुरु भएको आरोप पनि लगाएको छ । एमालेले वर्तमान सरकारले छिमेकी देशसँग कायम भएको सन्तुलित सम्बन्धलाई पुनः असन्तुलित बनाउने तथा नेपाली आफैँले केही गर्न सक्दैनन् भन्ने छाप पारेर नेपालीको शिर निहुरिने क्रियाकलापको दृढतापूर्वक विरोध गर्ने जनाएको छ । वर्तमान सरकारले विगतमा सहमतिका आधारमा तय भएका नीतिहरू बदल्ने, निर्णयहरू उल्ट्याउने र नियुक्तिहरू बदर गर्ने गैरकानुनी कामहरू सुरु गरेको भन्दै एमालेको बैठकले राजनीतिक…
काठमाडौं । बल्खुचोकमा रहेको दक्षिणकाली पेट्रोल पम्पमा आगलागी हुँदा तीन जना घाइते भएका छन् । आगलागीमा ट्याङ्कर चालक विकाश गुरुङ, प्रहरी हवल्दार शंकरदत्त भट्ट र शिव महर्जन घाइते भएका छन् । घाइते मध्ये विकाशको अवस्था गम्भीर छ । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । पम्पसँगै रहेको कार्यालयमा विद्युत सट भएर आगलागी भएको प्रहरी नायव उपरिक्षक हेमकुमार थापाले जानकारी दिएका छन् ।
काठमाडौं । जगदम्बा स्टिल्सले राइनो ५०० डी नामको नयाँ फलामे छड ल्याएको छ । राइनो ५०० डी पहिले निकालिएकाे छडभन्दा राम्रो भएको कम्पनीको दाबी छ । उत्पादन प्रक्रिया, भौतिक तथा रसायनिक गुणको मिश्रणले अन्य उत्पादन भन्दा विशेष रहेको जगदम्बाले जनाएको छ । नयाँ छड किन्ने ग्राहकलाई ग्यारेन्टी कार्ड पनि दिइने कम्पनीले जनाएको छ । ग्यारेण्टि कार्ड मार्फत उपभोक्तालाई निर्माणमा गुणस्तर र सुरक्षाको प्रत्याभुती दिन चाहेको कम्पनीले जनाएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गरी नयाँ छड बारे जानकारी दिइएको थियो । नयाँ उत्पादन सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै शंकर गु्रपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले अहिले अर्थ ब्यवस्थामा देखिएको उन्नतीका कारण हाउजिङ लगायत पूर्वाधार…
काठमाडौं । नयाँ शक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको छ । निर्वाचन आयोगले मंगलबबार नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईका नाममा पत्र पठाएर पार्टी विधिवत रुपमा दर्ता भएको जानकारी दिएको हो । नयाँ शक्तिले दल दर्ताका लागि करिब २ महिना अघि नै निवेदन दिएको थियो । तर, पार्टीको झण्डाका विषयमा विवाद देखिएपछि दर्ता हुन सकेको थिएन । ‘आयोगको २०७३/०५/०५ को बैठकबाट राजनीतिक दलसम्बन्धी एेन २०५८ को दफा ७ बमोजिम नयाँ शक्ति पार्टी, नेपाललाई राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरिदिने तथा सो दलको कार्यकारी समिति, विधान (निर्वाचन चिह्नसम्बन्धी प्रावधान बाहेक) र झण्डालाई प्रमाणित गरिदिने निर्णय भएको ब्यहोरा जानकारी…
काठमाडौं । काभ्रे पाँचखालका दलित युवा अजित मिजारको हत्या भएको भन्दै दलित अगुवाहरुले बुझाएको ज्ञापनपत्र बुझे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घटनाको निष्पक्ष छानविनका लागि छानविन समिति बनाउन निर्देशन दिएका छन् । बुधबार सिंहदरबारमा दलित अगुवाहरुले मिजारको हत्या भएको भन्दै छानविन समिति बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । ज्ञापनपत्र बुझेलगत्तै प्रधानमन्त्रीले गृहसचिव नारायण गोपाल मलेगो र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई कार्यकक्षमा बोलाएर छानविन समिति बनाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले निर्देशन दिँदै भने, ‘काभ्रे पाँचखालमा दलित युवाको हत्या भएको भन्दै दलित नेताहरुले ज्ञापनपत्र बुझाउनुभएको छ । यसको यथार्थ के हो ? निष्पक्ष छानविनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन समिति बनाउनुस् र…
काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले भदौ १२ गतेबाट सञ्चालन हुने ३ र ४ वर्षे स्नातक तह पहिलो वर्षको परीक्षाको केन्द्र बुधबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सुचना प्रकाशित गरी परीक्षा केन्द्र सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार भदौ १२ गते विहान ७ बजेदेखि १० बजेसम्म व्यवस्थापन र विज्ञान संकायको परीक्षा सञ्चालन हुनेछ । यस्तै मानविकी संकाय र शिक्षा संकायको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चौथोपटक मन्त्रिपरिषद विस्तार गर्दै छन् ।। सत्ताको प्रमुख घटक नेपाली कांग्रेसले मन्त्रीहरुको नाम सिफारिस गरेपछि आज मन्त्रिपरिषदको विस्तार हुनेछ । तर मन्त्रिपरिषदको विस्तारको समय भने तय भइसकेको छैन । नेपाली कांग्रेसले आजै ११ जनाको मन्त्री नाम सिफारिस गर्ने जानकारी गराएको र त्यसको टुङ्गो लाग्ने वित्तिकै प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा पत्र जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभापति शेरबहादुर देउवाले केही नेताहरुसँग छलफल गरेर नामलाई अन्तिम रुप दिनेछन् । ११ जनाको नाम लगभग तय भएको तर त्यसमा थप छलफल पछि दिउँसोसम्म सिफारिस हुने कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए । माओवादी केन्द्रसँगको सत्ता…
सरकारी स्वामित्वको नेपाल आयल निगमले सार्वजनिक विदाको दिनमा पनि पेट्रोल पम्पहरुलाई पेट्रोलियम पदार्थ वितरण गर्ने व्यवस्था मिलाइएको जनाएको छ। नयाँ व्यवस्थासँगै बेलाबखत बजारमा देखिने पेट्रोलियम पदार्थ अभावको समस्या समाधान हुने निगमका अधिकारीहरुको विश्वास छ। हाल भारतको रक्सौल डिपोमा समस्या देखिएको र त्यसको विकल्पका रुपमा बरौनिबाट पेट्रोलियम पदार्थ ल्याउन व्यवस्था समेत मिलाइएको निगमले बताएको छ। लामो लाइन गत हप्ता लगातार ३ दिन सार्वजनिक विदा परेका बेला राजधानीका अधिकांश पेट्रोल पम्पहरुमा सवारीसाधनको लामो लाइन देखिए। पेट्रोल र डिजेल भर्नका लागि पालो कुर्ने सवारीसाधनको लाइन अझै छ। बजारमा पेट्रोलियम पदार्थको अभाव देखिनुको कारण सार्वजनिक विदाको दिन आयल निगमले पम्पहरुलाई पेट्रोलियम पदार्थ वितरण नगर्नु…
काठमाण्डाैैं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक र सेवा सर्तबारे न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिस कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री कार्कीले ठूला र साना सञ्चारगृहका समस्यालाई अलग ढङ्गले विश्लेषण गरेर मात्रै आफू अगाडि बढ्ने बताए । सूचना तथा सञ्चार मन्त्रालयमा आज नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षणपत्र बुझ्दै उनले विगतमा सरकारले गरेका निर्णय आफूले कार्यान्वयन गर्ने आश्वासन दिए । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले एघारबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै न्यूनतम पारिश्रमिकको विषय मन्त्रिपरिषद्बाट निर्णय भएर नेपाल राजपत्रमा समेत प्रकाशन भइसकेका स्थितिमा हालसम्म पनि कार्यान्वयन नहुनु दुःखद हो भन्दै विगतमा गरिएको प्रतिबद्धता बमोजिम पत्रकारको पारिश्रमिक यही आर्थिक…
इटालीमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ। इटालीको राजधानी रोम नजिक पेरुगिएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले जनाएको छ। नेपाली समय अनुसार बुधबार बिहान ७ बजेर १६ मिनेट (स्थानीय समय : बिहान ३ बजेर ३६ मिनेट)जाँदा भूकम्प गएको हो। राजधानी रोमसम्म धक्का महसुस भएको भूकम्पको गहिराई १० किलोमिटर मात्रै रहेको छ। रोममा २० सेकेण्डसम्म भवन हल्लिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएक छन्। अहिलेसम्म कुनै मानवीय क्षति भएको खबर बाहिर आएको छैन ।