काठमाडौं । नयाँ शक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको छ । निर्वाचन आयोगले मंगलबबार नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईका नाममा पत्र पठाएर पार्टी विधिवत रुपमा दर्ता भएको जानकारी दिएको हो ।
नयाँ शक्तिले दल दर्ताका लागि करिब २ महिना अघि नै निवेदन दिएको थियो । तर, पार्टीको झण्डाका विषयमा विवाद देखिएपछि दर्ता हुन सकेको थिएन ।
‘आयोगको २०७३/०५/०५ को बैठकबाट राजनीतिक दलसम्बन्धी एेन २०५८ को दफा ७ बमोजिम नयाँ शक्ति पार्टी, नेपाललाई राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरिदिने तथा सो दलको कार्यकारी समिति, विधान (निर्वाचन चिह्नसम्बन्धी प्रावधान बाहेक) र झण्डालाई प्रमाणित गरिदिने निर्णय भएको ब्यहोरा जानकारी गराइन्छ,’ निर्वाचन आयोगले नयाँ शक्तिलाई लेखेको पत्रमा भनिएको छ ।
रातो व्याकग्राउण्डमा पाँचकुने तारा अंकित झण्डा नेकपा माले-जनसमाजवादी नामक दलसँग मिलेपछि पार्टी दर्ता हुन सकेको थिएन ।
यस्तो छ पत्र:

