काठमाडौं । बल्खुचोकमा रहेको दक्षिणकाली पेट्रोल पम्पमा आगलागी हुँदा तीन जना घाइते भएका छन् । आगलागीमा ट्याङ्कर चालक विकाश गुरुङ, प्रहरी हवल्दार शंकरदत्त भट्ट र शिव महर्जन घाइते भएका छन् ।
घाइते मध्ये विकाशको अवस्था गम्भीर छ । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । पम्पसँगै रहेको कार्यालयमा विद्युत सट भएर आगलागी भएको प्रहरी नायव उपरिक्षक हेमकुमार थापाले जानकारी दिएका छन् ।
Facebook Comments Box