Author: admin
२० भदौ, काठमाडौं । संविधान संशोधनका विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजनको सँघारमा पुगेको छ । संविधान संशोधनका लागि कार्यदल गठनको विषयमा विवाद बढ्दा मोर्चा नै विभाजित हुने अवस्थामा पुगेको हो । आइतबार मधेसी मोर्चासहित बसेको संघीय गठबन्धनको बैठकले संविधान संशोधनका लागि मस्यौदा कमिटी गठन गरेको छ । तर मोर्चामा आवद्ध चार दलले सो निर्णयलाई अस्वीकार गर्दै कमिटी आवश्यक नै नरहेको बताएका आजको राजधानीदैनिकमा समाचार छ । संघीय गठबन्धनले संविधान संशोधनका लागि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको स्रयोजकत्वमा ११ सदस्यीय मस्यौदा कमिटी गठन गरेको छ । तर कमिटीका संयोजक रहेका कर्णले आफूलाई सोबारे कुनै जानकारी नभएको भन्दै अस्वीकार गरेका छन् ।…
२० भदौ, काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेको धेरै समय बिते पनि यसका लागि काम भने मन्द गतिमा मात्रै अघि बढेको छ । नाका सञ्चालनसँग नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपिनुका साथै नेपालमा विकासका धेरै सम्भावना खोलिने अनुमान गरिए पनि भौगोलिक अवस्थितिलगायतका धेरै कारणबाट नाका सञ्चालनमा ल्याउने काम तीव्रताका साथ अघि बढ्न नसकेको अाजको अन्नपूर्णमा समाचार छ । पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रबाटअत्यन्त्य नजिक पर्ने यो नाका सञ्चालनसँग अरु सम्भावनाका अतिरिक्त यस क्षेत्रको पर्यटकीय विकासमा लागि मार्ग प्रसस्त हुने अपेक्षा गरिएको छ । ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री एवं पूर्व प्रधानमनत्री सहितको…
एजेन्सी । विदेशी टेलिभिजनमा देखिने विभिन्न एडभेन्चर शोहरुमा मानिसहरुले सर्प, किराफट्यांग्रा तथा छेपारो लगायतका जिवहरु खाएको देख्नुभएकैै होला । यस्ता टेलिभिजन कार्यक्रममा देखाइएजस्तै साँच्चै उनीहरुले ती चिज खान्छन् की खान्नन् त्यो दर्शकलाई थाहा हुने कुरा भएन । तर भारतमा भने एकजना यस्ता व्यक्ति छन् जो माउसुलीकोे सुप नखाइकन बस्नै सक्दैनन् । भारतको मध्यप्रदेशस्थित मैना गाउँमा बस्ने कैलाश नामका व्यक्ति माउसुली खाने कुराको शौखिन व्यक्ति हुन् । जसका कारण उनलाई मानिसहरुले विषपुरुषको नामले चिन्दछन् । पछिल्लो २० वर्षदेखि उनले माउसुली पकाएर सुप खाने गरेका छन् । यति मात्र कहाँ हो र उनले माउसुली उमालेको पानी नै दिनहुँ पिउँछन् ।…
२० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा छलफल गर्ने एजेन्डाबारे सरोकारवाला उपप्रधानमन्त्री, मन्त्री, सचिवसहितका अधिकारीसँग ‘ब्रिफिङ’ लिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब दुई घन्टा चलेको बैठकमा उनले कार्यान्वयन गर्न सम्भव भएका विषय मात्रै आफूले भारतीय अधिकारीसँग उठाउने स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्ड ३० भदौदेखि २ असोजसम्म भारतको औपचारिक भ्रमणमा जाँदै छन् । उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री रमेश लेखक, पर्यटनमन्त्री जीवनबहादुर शाहीललगायत ‘ब्रिफिङ’मा सहभागी थिए । मन्त्रालयका सचिव तथा भारत भ्रमणको एजेन्डामा समन्वय गरिरहेका सहसचिवले भारतीय सहयोगमा निर्मित आयोजनाको अवस्था र भारतसाग वार्ताका लागि नेपालको प्रस्तावित अडानबारे ‘ब्रिफिङ’…
काठमाडौं, भाद्र २० । पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधिन फाष्ट–ट्रयाक नेपाल आफैले बनाउनुपर्ने बताएका छन् । उनले नेपाल बाहेक अरुलाई दिँदा त्यसले देशको हित नगर्ने भएकोले स्वदेशी पूँजीमा नै यो निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले यो निर्माणमा विदेशीलाई दिन ठूलो चलखेल भएको बताए । नेपालले यो निर्माण गर्ने जिम्मा विदेशी कम्पनीलाई दिनमा नेपाली कांग्रेस र केही कर्मचारी ९ब्युरोक्रेसी० लागेको समेत आरोप लगाएका छन् । ‘फाष्ट–ट्रयाक बनाउने निर्णय, शिलान्यास गर्ने काम म प्रधानमन्त्री भएको बेला गरेको हुँ । त्यहि बेला यसको अन्तर्राष्ट्रिय टेण्डर दिएर यसको डिपिआर तयार गर्ने काम थालियो । तर, सरकार परिवर्तन भएपछि…
भदौ, २० । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मुद्दा फिर्ताका लागि बुक्राएको विवरणमा सरकार ‘भेरिफाई’ गर्न लागेको छ । मोर्चाले मधेस आन्दोलनका क्रममा ४९१ जनामाथि लगाइएको मुघा फिर्ता गर्नुपर्ने विवरण बुझाएपछि गृह मन्त्रालयले २२ जिल्ला प्रशासन कार्यालयलाई यसबारे बुझ्न निर्देशन दिएको छ । नेपाल प्रहरीका अधिकारीले भने मुद्दा फिर्ता लिनुपर्ने मोर्चाको प्रस्तावप्रति असन्तुष्टि जनाएका छन् । राजनीतिक मुद्दा फिर्ताका नाममा गम्भिर अपराधमा संलग्नलाई उन्मुक्ति दिन नहुने उनीहरुको भनाई छ । आजको कारोबार दैनिकमा खबर छ ।
भद्रपुर । सामान्य प्रशासन मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले जनताको काममा ढिलासुस्ती नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन (संघ) को स्थानीय दिवसको कार्यक्रममा झापाको भद्रपुरमा बोल्दै मन्त्री बुढाथोकीले भने, ‘तपाईंहरुलाई के चाहिन्छ, के पुगेन मलाई भन्नुहोला । तर सेवाग्राही काममा ढिलासुस्ती नगर्नुहोस् ।’ मन्त्री बुढाथोकीले आफ्नो कार्यकालपछि कर्मचारीले सुरक्षित महसुस गर्ने किसिमले आफूले काम गर्ने बताए । कर्मचारीतन्त्रलाई सुधार गर्न भनेर विगतका आयोगहरुले बनाएका दराजमा थन्किएर बसेका प्रतिवेदनहरुलाई अध्ययन गरेर कार्यान्वयन गराउने प्रतिवद्धता समेत व्यक्त गरे । अहिलेसम्म कर्मचारीतन्त्रलाई राजनीतिक दल अनुकूल बनाउन खोजिएको आरोप लगाए । अन्य दलका मन्त्री हुँदा के गरे…
खलंगा,भदाै १९ । जाजरकोट सदमुकामस्थित एक होटलमा आगालागी हुँदा एक जनाको मृत्यू भएको छ । अन्य ४ जना घाइते भएका छन् । शान्तिचौताराको संगीता होटलमा आगालगी हुँदा मृत्यू हुनेमा नायकवाडा २ कि १९ वर्षिया संगिता खत्री वोहरा रहेको जाजरकोटका निर्मित प्रहरी प्रमूख हिक्मत वोहराले जानकारी दिए । संगीता मानसिंह खत्रीकी छोरी रहेको र तीज मनाउन माइत आएका वेला आगलागीमा मृत्यु भएको हो । आगोमा जलेर मानसिंह खत्रीसहित चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा भेरीमालिका ४ का १८ वर्षीय गोकर्ण चन्द, कार्कीगाउँ ६ का ४३ वर्षीय मानसिंह खत्री, भेरीमालिका ४ का २३ वर्षीय प्रेम राना र सल्यान डाडागाउँ ६…
काठमाडौँ,भदाै १९ । हावाबाट बिजुली निकाल्ने पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको योजना खारेज भएको छ । हावाबाट बिजुली निकाल्न प्रस्ताव गर्ने वेलायती कम्पनीसँग समन्वयको काम गरिरहेको लगानी बोर्डको कार्यालयले आइतबार पत्रकार सम्मेलन गरेर हावाबाट बिजुली निकाल्ने प्रस्तावलाई खारेज गरेको जानकारी दिएको हो । आइतबार लगानी बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले गत जेठमै हावाबाट बिजुली निकाल्न लगानी बोर्डमा परेको प्रस्ताव रद्ध गरिएको बताए। ‘त्यो कम्पनीले हावाबाट बिजुली निकाल्न सक्ने देखिएन’ अधिकारीले भने ‘अरु कुनै कम्पनीले नयाँ तरिकाले हावाबाट बिजुली निकाल्ने प्रस्ताव ल्याए सोच्न सकिन्छ । लगानी बोर्डले प्रस्तावको पूर्व सम्भाव्यता अध्ययन, खर्च, प्रविधिक पक्षलगायतका बारेमा विस्तृत…
काठमाडौं, भदौ १९ । नेपाल क्रिकेट संघ (क्यान) माथि लगाइएको प्रतिबन्ध फुकुवा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च संस्था आइसीसीले क्यानमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्ने जनाउ दिएको हो । आइसीसीका पदाधिकारीले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तापछि क्यानमाथिको प्रतिबन्ध हटाउन सहमति जनाएका हुन्। प्रधानमन्त्री दाहालले नेपालमा क्रिकेट खेलको ठूलो क्रेज रहेको र सरकारले लगानी पनि गरेको भन्दै क्रिकेट खेलको विकासका लागि क्यानको सट्टामा बोर्ड गठन गर्ने प्रतिबद्धता जनाएपछि प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडसनको नेतृत्वको आइसीसीको टोली क्यानमाथिको प्रतिबन्ध हटाउन सहमत भएको हो। यद्यपि, प्रतिबन्ध फुकुवापछि क्यान भने अस्तित्वमा रहने छैन। आइसीसीले सरकारी हस्तक्षेप र क्यानभित्रको विवाद्लाई कारण देखाउँदै…