२० भदौ, काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेको धेरै समय बिते पनि यसका लागि काम भने मन्द गतिमा मात्रै अघि बढेको छ ।
नाका सञ्चालनसँग नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपिनुका साथै नेपालमा विकासका धेरै सम्भावना खोलिने अनुमान गरिए पनि भौगोलिक अवस्थितिलगायतका धेरै कारणबाट नाका सञ्चालनमा ल्याउने काम तीव्रताका साथ अघि बढ्न नसकेको अाजको अन्नपूर्णमा समाचार छ ।
पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रबाटअत्यन्त्य नजिक पर्ने यो नाका सञ्चालनसँग अरु सम्भावनाका अतिरिक्त यस क्षेत्रको पर्यटकीय विकासमा लागि मार्ग प्रसस्त हुने अपेक्षा गरिएको छ ।
ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री एवं पूर्व प्रधानमनत्री सहितको टोलीको अवलोकन भ्रमणले नाका सञ्चालनमा ल्याने विषय राज्यको प्राथमिकतामा परेको प्रष्ट हुन्छ ।
पछिल्लो समय नाका सञ्चालनमा ल्याउने तयारी स्वरुप अत्यावश्यकीय कार्यालय स्थापना गर्ने काम पनि अघि बढाइएको छ ।