Author: admin
ब्रिटेनका सरकारी अभियोजकले नेपाली सेनाका महासेनानी कुमार लामाविरुद्ध विश्वव्यापी क्षेत्राधिकारको कानुन अन्तर्गत दायर गरिएको यातनाको मुद्दा फिर्ता लिएका छन्। झण्डै एक महिनाअघि लण्डनस्थित केन्द्रीय फौज्दारी अदालतको जुरीले एकजना सर्वसाधारण करम हुसैनलाई यातना दिएको अभियोगमा दायर मुद्दाको हकमा कर्णेल लामालाई सफाइ दिएको थियो। तर अर्का उजुरीकर्ता जनकबहादुर राउतसंग सम्बन्धित अभियोगका बारेमा भने जुरी कुनै ठोस निर्णयमा पुग्न सकेको थिएन। न्यायाधीश जस्टीस स्वीनीको इजलासमा ब्रिटिश अभियोक्ताको कार्यालय सिपिएसका एकजना वकीलले राउतलाई यातना दिएको भन्ने अभियोगमा पनि महासेनानी लामालाई दोषी ठहर गर्न पर्याप्त आधार नदेखिएकाले उनी विरुद्धको मुद्दा अगाडी नबढाउने निर्णय गरेको जनाएका थिए। आरोप दश वर्षे सशस्त्र द्वन्द्वका बेला सन् २००५ मा…
दमक । लायन्स क्लव अफ लखनपुरले दूर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना अभियान शुरु गरेको छ । झापाको लखनपुर ५ गेउरीया बजारमा एक भब्य कार्यक्रमको आयोजना गरेर अभियानको शुरु गरेको हो । ट्राफिक सचेतना अभियानको उद्घाटनसंगै क्लवले ट्राफिक ब्यवस्थापनमा सहयोग पुर्याउनका लागि होर्डिङबाेर्डसहित बिभिन्न सामाग्रि समेत हस्ताण्तरण गरेको छ । ट्राफिक प्रहरीका लागि अत्य आवश्यक ट्राफिक बत्ति, लगायतको सामाग्रि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डिराज गिरीलाइ प्रदान गरिएको क्लवका अध्यक्ष धर्मानन्द भट्टराइले बताए । लाइन्स क्लव जोन चियरपर्सन बबरजंग थापाले लायन्स क्लवले ट्राफिक सचेतना कार्यक्रम र वातवरण संरक्षणका लागि अभियान चलाउदै आएको जानकारी दिदै यसमा समुदायको साथ अवाश्यक भएको बताए…
काठमाण्डौं । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले आफू पदबाट बाहिरिँदा जनताले सम्झिरहने खालका सकारात्मक काम गर्ने दाबी गरेका छन् । आधिकारिक ट्रेड युनियनले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अधिकारको कुरा गर्दा जनताप्रति उत्तरदायी भएर काम गर्न निजामती कर्मचारीलाई आग्रह गरे । ट्रेड युनियनको नाममा हुने राजनीतिले सेवा प्रवाहमा समस्या आउनसक्ने भन्दै मन्त्री बुढाथोकीले कर्मचारीहरुलाई जनताको कामलाई केन्द्रबिन्दूमा राखेर काम गर्न निर्देशन दिए । कार्यक्रमा बोल्ने निजामती कर्मचारीहरुले राज्य ट्रेड युनियनमैत्री हुन नसकेको गुनासो गरेका थिए ।
दमक। झापाको दमकमा दमक जेसिजले मंगलबार दमक उदयोग बाणिज्य संघका अध्यक्षका उम्मेद्धारहरु सँगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा भदौ २४ गते हुने संघको निर्वाचनमा अध्यक्ष पदका तीनै जना उम्मेद्धारहरुले व्यावासायीक हकहितका लागि आ आफनो प्रतिवद्धता जनाएका थिए । सो अवसरमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धबाट अध्यक्षका पदका उम्मेद्धार गोकुल श्रेष्ठ, नेकपा एमाले नेतृत्वको गठबन्धनबाट अध्यक्ष पदका उम्मेद्धार गणेश बस्नेत र स्वतन्त्र व्यवसायीहरुको नेतृत्व गर्दै अध्यक्ष पदका उम्मेद्धार राजेन्द्र ढकालले सहभागिता जनाएका थिए । सो अवसरमा व्यवसायीहरुले बर्तमान अवस्थामा भोग्नुपरेका समस्याहरु प्रति उम्मेद्धारहरुको धारणा बुझेका थिए ।
विर्तामोड । सोमबार साँझ निधन भएका साहित्यकार दान खालिङ आफ्नो पार्थिव शरीरलाई बुधबार उनको जन्मथलो भारतको दार्जिलिङमा अन्त्येष्टि गरिने भएको छ । उनले झापा बसाइका क्रममा आफू मरेपछि आफ्नो पार्थिव शरीरलाई मेची नदीमा जलाइदिन आग्रह गर्थे । उनको शरीरबाट निस्केको धुवाँ आधा नेपालतिर र आधा भारततिर जाओस भन्ने उनी चाहन्थे । वरिष्ठ साहित्यकार खालिङको ८९ वर्षको उमेरमा निधन भएको हो । विक्रम सम्वत् १९८४ मा भारतको दार्जिलिङमा जन्मेएका खालिङको सोमबार दार्जिलिङमा निधन भएको हो । उनी पछिल्लो समय नसा सम्बन्धी रोगबाट पीडित थिए । सिलिगुडीमा बस्दै आएका भए पनि उनको शारीरिक अस्वस्थतालाई ध्यानमा राखी केही दिन अघि दार्जिलिङ पुर्याइएको थियो…
झापा । पूर्वका चार जिल्लाका सुपारी उत्पादक किसान सङ्गठित भएका छन् । झापा, मोरङ, सुनसरी र इलामका सुपारी उत्पादक कृषक सङ्गठित भएका हुन् । झापाको चारआलीमा आज भएको भेलाले नीलकण्ठ तिवारीको अध्यक्षमा ‘सुपारी उत्पादक सङ्घ’ समेत गठन गरेको छ । भेलाले मङ्सिरमा समितिको अधिवेशन गर्न सदस्यता वितरण गर्ने निर्णय गरेको अध्यक्ष तिवारीले बताए । नगदेबाली, सुपारीको उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि समितिले काम गर्ने बताइएको छ । पूर्वका यी चार जिल्लामा एक लाख १० हजार सुपारी उत्पादक रहेको अध्यक्ष तिवारीको भनाइ छ । भेलाले सुपारी कृषकलाई एकत्रित गरी अघि बढ्ने निष्कर्ष समेत निकालेको छ ।
भदौ २१ । विराटनगरको तिनटोलियामा अक्सफोर्ड होस्टल सञ्चालन गरिरहेका विजय यादवको क्रुर रुपमा हत्या गरिएको छ । २१ वर्षका यादवलाई ठूलो कट्टीले शरिरबाट टाउँको र दुबै खुट्टा काटेर अलग पारी हत्या गरिएको हो । ओमकार श्रेष्ठको घरको तल्लो तलामा भाडा लिएर बसिरहेका यादवको हत्यापछि उनको शवलाई एउटा बोरामा बाँधेर राखिएको अवस्थामा प्रहरीले भेटाएको छ । जगदिस यादवको छोरा विजय केही दिनअघि मात्रै उक्त घरमा डेरा सरेका थिए । घरपट्टि श्रेष्ठ सपरिवार धनकुटा गाउँमा पुगेको बेला यादवको हत्या गरिएको हो । घरपट्टि श्रेष्ठ आवश्यक कामले चार दिनअघि धनकुटा पुगेका थिए । हत्याको खबर पाएपछि उनीहरु विराटनगर फर्किएका छन् । ‘इराकमा…
भदाै – २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतले प्रस्ताव गरे बमाेजिम नै भारत भ्रमण जाने भएका छन् । प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमणका बारेमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्नेछ । मन्त्रिपरिषद्को निर्णय नहुँदै प्रधानमन्त्री दाहालले सोमबार नै विकास समितिको बैठकमा आफूले भदौ ३० गते भारत भ्रमण गर्न लागेको घोषणा गरेका छन् । प्रधानमन्त्री दाहालका विशेषदूतका रूपमा नयाँदिल्ली गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि समक्ष भारतीय अधिकारीहरूले भदौ ३० गते भ्रमणको मिति प्रस्ताव गरेका थिए । माओवादी केन्द्रभित्रैबाट पनि भारतले प्रस्ताव गरेको मितिमा नयाँदिल्ली जान नहुने दबाब पाउँदै आएका प्रधानमन्त्री दाहालले भने, ‘म आउने भदौ ३० गते भारतको भ्रमणमा जाने क्रममा छु…
भदाै – २१ । जाजरकाेटकाे दुर्गम गाउँमा उपचारका अभावले एक हप्तामा तीन सुत्केरीको मृत्यु भएको छ । जिल्लाका झार्पा, रग्दा र दह गाविसका सुत्केरीको उपचार नपाउँदा मृत्यु भएको हो । मृत्यु हुनेहरु सडक सञ्जाल र स्वास्थ्य संस्थाको पहुँच नभएको बस्तीका हुन् । जिल्लाका अधिकांश बस्ती स्वास्थ्य संस्थाको पहुँचभन्दा निकै टाढा भएका कारण उपचारको अभावमा धेरै शिशु र आमाको मृत्यु हुने गरेको छ । स्वास्थ्य संस्था टाढा भएकै कारण नियमित गर्भ परीक्षण गर्न नसकिएको दुर्गम क्षेत्रका महिला बताउँछन् । यहाँका अधिकांश दुर्गम गाउँमा सञ्चारमाध्यमको पहुँच पनि नभएको अवस्था छ । फोन गर्नका लागि घन्टाैँ हिँड्नुपर्ने बाध्यता छ । बिहानै हिँड्दा…
काठमाडौं । सर्वोच्च अदालतको प्रशासकीय प्रमुखमा मुख्य रजिस्ट्रार चयन गर्ने कानुनी आधार तयार भएको छ। संसद्मा विचाराधीन सर्वोच्च अदालत ऐन संशोधन विधेयक पारित भएसँगै कानुनी रूपमा सर्वोच्चमा मुख्य रजिस्ट्रारको पद सिर्जना भएको छ । नयाँ पद अनुसार अब सर्वोच्चको प्रशासकीय प्रमुख मुख्य रजिस्ट्रार हुनेछ । विधेयक पारितसँगै सर्वोच्चलाई प्रशासनिक रूपमा पहिलोपटक मुख्य रजिस्ट्रार राख्ने प्रक्रिया अगाडि बढाउन कानुनी बाटो तयार भएको हो । प्रशासन र संसद् सेवामा मुख्य सचिव र महासचिवको व्यवस्था भएको तर न्यायालयको प्रशासनिक प्रमुख रजिस्ट्रार रहँदै आएकोमा समान तह बनाउनका लागि विधेयकमा मुख्य रजिस्ट्रारको व्यवस्था गरिएको थियो । सर्वोच्च अदालतको मूल ऐनको दफा ९ खारेज गरी नयाँ…