दमक। झापाको दमकमा दमक जेसिजले मंगलबार दमक उदयोग बाणिज्य संघका अध्यक्षका उम्मेद्धारहरु सँगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा भदौ २४ गते हुने संघको निर्वाचनमा अध्यक्ष पदका तीनै जना उम्मेद्धारहरुले व्यावासायीक हकहितका लागि आ आफनो प्रतिवद्धता जनाएका थिए ।
सो अवसरमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धबाट अध्यक्षका पदका उम्मेद्धार गोकुल श्रेष्ठ, नेकपा एमाले नेतृत्वको गठबन्धनबाट अध्यक्ष पदका उम्मेद्धार गणेश बस्नेत र स्वतन्त्र व्यवसायीहरुको नेतृत्व गर्दै अध्यक्ष पदका उम्मेद्धार राजेन्द्र ढकालले सहभागिता जनाएका थिए ।
सो अवसरमा व्यवसायीहरुले बर्तमान अवस्थामा भोग्नुपरेका समस्याहरु प्रति उम्मेद्धारहरुको धारणा बुझेका थिए ।
Facebook Comments Box