दमक । लायन्स क्लव अफ लखनपुरले दूर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना अभियान शुरु गरेको छ । झापाको लखनपुर ५ गेउरीया बजारमा एक भब्य कार्यक्रमको आयोजना गरेर अभियानको शुरु गरेको हो । ट्राफिक सचेतना अभियानको उद्घाटनसंगै क्लवले ट्राफिक ब्यवस्थापनमा सहयोग पुर्याउनका लागि होर्डिङबाेर्डसहित बिभिन्न सामाग्रि समेत हस्ताण्तरण गरेको छ । ट्राफिक प्रहरीका लागि अत्य आवश्यक ट्राफिक बत्ति, लगायतको सामाग्रि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डिराज गिरीलाइ प्रदान गरिएको क्लवका अध्यक्ष धर्मानन्द भट्टराइले बताए ।
लाइन्स क्लव जोन चियरपर्सन बबरजंग थापाले लायन्स क्लवले ट्राफिक सचेतना कार्यक्रम र वातवरण संरक्षणका लागि अभियान चलाउदै आएको जानकारी दिदै यसमा समुदायको साथ अवाश्यक भएको बताए ।
उनले ट्राफिक र सरकारी निकायको मात्र यो जिम्मेवारी नभएकाले आफूहरुले यो अभियानलाई महत्वका साथ अघि बढाएको समेत बताएका थिए ।
क्लवका सचिब दीपक पोखरेलले सञ्चालन गरेको कार्यक्रममा हिमाली बोर्डिङ स्कूलका संस्थापक जिबन सापकोटा लगायतले बोलेका थिए । सोहि अवसरमा लायन्स क्लव अफ लखनपुरले सदस्य परिचय गराउनुको साथै लायन्सको टि सर्ट समेत प्रदर्शन गरेको थियो ।