Author: admin

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण राजकीय हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमण हुने चार दिनअघि नेपाल र भारतका विदेश मन्त्रालयले एकैसाथ भ्रमणको घोषणा गरेको हो । प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि प्रचण्डको यो नै पहिलो विदेशयात्रा हो । प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्रीपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारी, राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत जाँदै छन् । प्रधानमन्त्रीले १ असोजमा हिमाञ्चलको नाथपाझाक्री जलविद्युत् परियोजना भ्रमणमा जाने कार्यक्रम छ । २ असोजमा हरिद्वारस्थित पतञ्जली उद्योगको निरीक्षण गरेर प्रधानमन्त्री सोही दिन स्वदेश फर्किनेछन् ।  आजको नयाँ…

Read More

काठमाडौं – निर्माण औंधोगिक र कृषि मजदुरको ज्यालादर वृद्धि अन्य क्षेत्रका मजदुर तथा कर्मचारीभन्दा उच्च रहेको छ । गत आर्थिक वर्षमा सरकारी तहमा तलब वृद्धि नभए पनि निर्माण,औंधोगिक र कृषि मजदुरहरूको ज्याला बढेको छ । त्यसै गरी अघिल्लो वर्षमा मजदुरहरूको ज्याला अन्य क्षेत्रको भन्दा बढी बढेको छ । गत वर्ष तलब सूचक ०.८ प्रतिशत बढेकोमा ज्याला सूचक भने ७.२ प्रतिशत बढेको छ । त्यसअघि तलब सूचक ७.५ प्रतिशतले बढ्दा ज्यालासूचक ७.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तिय स्थितिले तलबदरको अनुपातमा ज्यालादर बढेको देखिएको हो । पछिल्ला दुई वर्षमा दैनिक ज्यालादरमा काम गर्ने समूहको…

Read More

काठमाडौं – नेपाली सेनाका विभिन्न पदको बढुवा समितिमा भौतिक उपस्थितिको प्रावधानसहित लोकसेवा आयोगको ऐन संशोधनका लागि तयार भएको मस्यौदा विधेयक संविधानविपरीत भएको रक्षा मन्त्रालयले ठहर गरेको छ । ‘चेन अफ कमान्ड’ पालना गर्ने र गराउने निकायको आन्तरिक बढुवा समितिमा समेत लोकसेवा आयोगको प्रतिनिधिको उपस्थिति खोज्नु वर्तमान संविधानमा भएको प्रावधानविपरीत रहेको भन्दै त्यसलाई अघि बढाउन नहुने मन्त्रालयको धारणा छ । यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सेनाका सिपाहीदेखि प्रधानसेनापतिसम्मका पदमा आन्तरिक बढुवा गर्दा लोकसेवाको प्रतिनिधि अनिवार्य भएको समिति गठन गर्नुपर्ने प्रावधानसहित ऐन संशोधन प्रस्ताव संसद्मा पेस गरेको थियो । रक्षामन्त्री बालकृष्ण खाँडले संविधानमा स्पष्ट व्यवस्था भएको सेना र सुरक्षा निकायका…

Read More

काठमाडौं । गत वर्षको नाकाबन्दी पछि दुई देशबीच सम्बन्ध चिसिएका बेला ७ वर्षमा नविकरण हुने नेपाल–भारत व्यापार सम्झौता जस्ताको तस्तै पारित हुने भएको छ । दुवै देशले हालसम्म संशोधन प्रस्ताव नराखेका कारण कुनै फेरबदलबिनै पारित गर्ने तयारी छ । सम्झौताको म्याद सकिन डेढ महिनामात्रै बाँकी हुँदा पनि दुवै देशबाट संशोधन परेको छैन् । ‘सन्धि स्वचालित रुपमै नविकरण हुन्छ, हाल सन्धिमा जे छ त्यही नै हुन्छ’, वाणिज्य मन्त्रालयका सहसचिव तथा प्रवक्ता रविशंकर सैंजुले भने, ‘तत्काल संशोधनको कुनै योजना छैन ।’ सैंजुका अनुसार परिमार्जन आवश्यक भए म्याद सकिनु ३ महिना अगाडि आशयपत्र एकअर्कालाई बुझाउनुपर्ने हुन्छ । आशयपत्र नभए स्वतः नविकरण हुन्छ ।…

Read More

​झापा २७ भदौ । राप्रपा नेपाल बाहेकका राजनितिक दलहरुले झापामा ११ वटा स्थानीय तह बनाउने सहमती गरेका छन् । आज जिल्ला विकास समितीको सभाहलमा भएको सर्वदलिय बैठकमा जिल्लामा एउटा उप महानगरपालिका, ७ नगरपालिका र ३ वटा गाउपालिका बनाउने सहमति भएको हो । स्थानीय तहको पुनरसंरचनाका लागी दलहरुले अहिलेको मेचिनगर नगरपालीकामा बाहुनडागि, ज्यामिरगढि, धाईजन, दुहागढि र शान्तिनगर गाविसलाई मिसाएर मेचि उप महानगरपालिका बनाउने सहमति गरेका छन् । त्यस्तै बिर्तामोडमा गरामनिलाई मिसाएर बिरता नगरपालिका, भद्रपुरमा पृथ्वीनगर, जलथल र हल्दिबारीलाइृ मिसाएर भद्रपुर नगरपालीका, शनिअर्जुन नगरपालीकामा बुधबारे र खुदुनाबारी गाबिसलाई मिसाएर अर्जुनधारा नगरपालीका बनाउने सहमती भएको छ । त्यस्तै दमकमा लखनपुरलाई मिसाएर दमक नगरपालिका,…

Read More

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ब्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायको नतिजा सोमवार प्रकाशन गरेको छ । नियमिततर्फ एक लाख ७५ हजार पाँच सय ५३ सहभागि भएकामा ८४ हजार पाँच सय ९३ अर्थात ४८ दशमलव १७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । आंशिकतर्फ एक लाख २३ हजार एक सय ८१ परीक्षार्थि सहभागि भएकामा ४८ हजार सात सय ६३ अर्थात ३९ दशमलव ५९ प्रतिशत उत्तिर्ण भएको उपनियन्त्रक जयन्ती सत्यालले बताइन् । यस वर्षको अघिल्लो वर्षभन्दा उत्तिर्ण प्रतिशत धेरै रहेको छ ।

Read More

काठमाडौं । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रद्द नभएको औपचारिक प्रतिक्रिया चीन सरकारले दिएको छ । नियमित पत्रकार सम्मेलनमा राष्ट्रपतिको नेपाल भ्रमणबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नेपालमा उच्चस्तरको भ्रमणका बारेमा नेपाल र चीनका बीचमा निरन्तर कुटनीतिक संवाद चलिरहेको बताईन । यद्यपी भ्रमण कहिले हुने भन्ने बारेमा भने कुनै निर्णय नभएको उनले जानकारी दिइन । नेपाली र भारतीय मिडियाले चीनीयाँ राष्ट्रपतिको भ्रमण स्थगित भन्ने विषयमा समाचार प्रकाशन भएपछि यसले चर्चा पाएको थियो । नेपालको परराष्ट्र मन्त्रालयले भने यसअघि नै भ्रमणबारे कुनै नयाँ निर्णय नभएको स्पष्ट पारेको थियो ।

Read More

विर्तामाेड, भदाै २७ ।​ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले चाडाे भन्दा चाडाे स्थानीय निकायकाे निवार्चन नभए संविधान कार्यान्वयमा ठूलाे संकट अाइपर्ने बताएका छन् । प्रेस चाैतारी झापाले विर्तामाेडमा गरेकाे साक्षातकार कार्यक्रममा बाेल्दै नेता खनालले राजनीतिक पूर्वाधार निर्माण गरेर मात्र संविधान कार्यन्वयन गर्न सकिने समेत बताए । उनले वर्तमान सरकारले संविधान कार्यानवयनलाई गम्भिरता पुर्वक नलिएकाे अाराेप समेत लगाए । संविधान जारी हुनु मुलुककाे ठुलाे उपलब्धि भएकाे भन्दै नेता खनालले यसकाे कार्यान्वयनमा पनि सबै दल एक जुट हुनु पर्ने बताए । उनले भने , ‘ नेकपा एमाले प्रतिपक्ष भएर पनि संविधान कार्यानवयनमा सहयाेग गर्न तयार छ , तर वर्तमान सरकारले हाम्राे…

Read More

​ताप्लेजुङ, भदौ २७ । अविरल वर्षासँगै गएराति झरेको पहिरोका कारण मेची राजमार्ग अन्तर्गत पाँचथर ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध बनेको छ । गत भदौ १७ गते गएको पहिरोले सडक अवरुद्ध भए पछि स्काइभेटर मेसिनको सहायताले सात दिन पछि नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइए पनि पुनः त्यही ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिले गएको क्षेत्रबाट नै पुनः पहिरो झरेको बताइएको छ । पहिरो पाँचथर ताप्लेजुङ सडकखण्डको ल्याङ्वा, बहानन्दे क्षेत्रमा झरेको हो । पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो क्षेत्रको गोरेटो बाटो समेत बन्द भएको स्थानीय रुपनारायण भट्टराईले जानकारी दिनुभएको छ । पहिरोले सडक अवरुद्ध बने पछि पाँचथर, इलाम,…

Read More

​काठमाडौँ, भदौ २७ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनबारे आफैँले अनुगमन गर्ने बताउनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो–“राष्ट्रिय गौरवका आयोजना तालिका बनाएर म आफैँ अनुगमन गर्छु । सबै मन्त्रीले पनि आफ्ना मातहतका आयोजनाको अनुगमन र निरीक्षण गरी विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्नुस् ।” बैठकमा प्रधानमन्त्रीले एकातिर विकासका आयोजनामा रकम अभाव हुने र अर्कोतिर विनियोजित पुँजीगत खर्च नहुने समस्या समाधानका लागि दण्ड र पुरस्कारको प्रावधान आवश्यक रहेकामा जोड दिनुभयो । बैठकमा प्रधानमन्त्रीले भन्नुभयो–“एकातिर विकास आयोजनामा रकमको अभाव हुने र अर्कोतिर पुँजीगत खर्चको सामथ्र्य बढाउन नसकेको समस्या छ ।…

Read More