काठमाडौं – निर्माण औंधोगिक र कृषि मजदुरको ज्यालादर वृद्धि अन्य क्षेत्रका मजदुर तथा कर्मचारीभन्दा उच्च रहेको छ । गत आर्थिक वर्षमा सरकारी तहमा तलब वृद्धि नभए पनि निर्माण,औंधोगिक र कृषि मजदुरहरूको ज्याला बढेको छ ।

त्यसै गरी अघिल्लो वर्षमा मजदुरहरूको ज्याला अन्य क्षेत्रको भन्दा बढी बढेको छ ।
गत वर्ष तलब सूचक ०.८ प्रतिशत बढेकोमा ज्याला सूचक भने ७.२ प्रतिशत बढेको छ । त्यसअघि तलब सूचक ७.५ प्रतिशतले बढ्दा ज्यालासूचक ७.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तिय स्थितिले तलबदरको अनुपातमा ज्यालादर बढेको देखिएको हो ।
पछिल्ला दुई वर्षमा दैनिक ज्यालादरमा काम गर्ने समूहको ज्याला बढी दरमा बढेको राष्ट्र बैंकको तथ्यांक छ । आजको कारोबार दैनिकमा खबर छ ।
Facebook Comments Box