झापा २७ भदौ ।
राप्रपा नेपाल बाहेकका राजनितिक दलहरुले झापामा ११ वटा स्थानीय तह बनाउने सहमती गरेका छन् ।
आज जिल्ला विकास समितीको सभाहलमा भएको सर्वदलिय बैठकमा जिल्लामा एउटा उप महानगरपालिका, ७ नगरपालिका र ३ वटा गाउपालिका बनाउने सहमति भएको हो ।
स्थानीय तहको पुनरसंरचनाका लागी दलहरुले अहिलेको मेचिनगर नगरपालीकामा बाहुनडागि, ज्यामिरगढि, धाईजन, दुहागढि र शान्तिनगर गाविसलाई मिसाएर मेचि उप महानगरपालिका बनाउने सहमति गरेका छन् ।
त्यस्तै बिर्तामोडमा गरामनिलाई मिसाएर बिरता नगरपालिका, भद्रपुरमा पृथ्वीनगर, जलथल र हल्दिबारीलाइृ मिसाएर भद्रपुर नगरपालीका, शनिअर्जुन नगरपालीकामा बुधबारे र खुदुनाबारी गाबिसलाई मिसाएर अर्जुनधारा नगरपालीका बनाउने सहमती भएको छ ।
त्यस्तै दमकमा लखनपुरलाई मिसाएर दमक नगरपालिका, गौरादहमा खजुरगाछि र गौरिगञ्जलाई मिसाएर गौरादह नगरपालिका, शिवसताक्षिमा धरमपुर र पाँचगाछिलाई मिसाएर शिवसताक्षि नगरपालिका र कन्काईमा सरर्णामति, टाघनडुब्बा र कुमरखोदलाई मिसाएर कन्काई नगरपालीका बनाउने सहमती भएको छ ।
त्यसैगरि डागिबारी, चकचकि, गोलधाप र राजगढलाई मिलाएर बाह्रदशी गाउपालिका, घेराबारी , पथरिया, बालुबारी, केचना, पाठामारी र बनियानीलाई मिलाएर कचनकवल गाउपालीका तथा तोपगाछि, बैगुनधुरा, माहाभारा र कोरोबारीलाई मिलाएर कमल गाउपालीका बनाईने भएको छ ।
नेपाली कांग्रेस, एमाले, माओवादि केन्द्र लगायतका दलहरुले सहमती गरेको त्यस प्रस्तावित संरचनामा राप्रपा नेपाल भने असहमत देखिएको छ । स्थानीय निकाय पुनरसंरचना आयोगले १० वटा स्थानीय तह निर्धारण गर्न भनेकोमा त्यसलाई बढाईएको भन्दै आफ्नो पार्टिले असहमती जनाएको राप्रपा नेपालका जिल्ला अध्यक्ष अम्बर बिष्टले बताए । दमकलाई चलाउन नहुने, बिर्तामोडमा गोलधाप, गरामनि र हल्दिबारीलाई गाभेर उपमहानगरपालीका बनाईनुपर्ने, स्थानीय तहको नाम परिवर्तन गर्न नहुने जस्ता माग राख्दै असहमति जनाएको उनले बताए ।