Author: admin
दमक । भुटानी शरणार्थी स्वदेश फिर्ती अभियानका अभियन्ता डाक्टर भम्पा राईले नेपालका प्रधानमन्त्री पुष्पकमल दहालले भारत भ्रमणको क्रममा भुटानीहरुको स्वदेश फिर्तीको मुद्धालाई उठाउनु पर्ने बताएका छन् । तत्कालिन समयमा भुटानबाट नेपालीभाषी भूटानीहरुलाई नेपाल शरणार्थी बनाउन भारतको ठूलो षडयन्त्र रहेको भन्दै उनले स्वदेश फिर्तीको मुद्धालाई भ्रमणका क्रममा उठाईदिन आग्रह गरे । मंगलबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै राईले भारतको समन्वयनमा मात्र आफूहरु स्वदेश फर्कनसक्ने भएकाले शरणार्थीको समस्यामा नेपाल सरकारले पहल गर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय कानुन अनुसार स्वदेश फिर्तीले प्राथमिकता पाउनु पर्ने बताउदैँ उनले भने, ‘स्वदेश फिर्तीको आसामा पुर्नवास नभई बसेका झापाको दमक र मोरङको पथरीशनिश्चरेमा रहेका करिब १४ हजार शरणार्थीलाई अब…
काठमाडौं, भदौ २८ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणका क्रममा दश बुँदे सुझाब दिएका छन् । भारत र नेपालसम्बन्ध र विवादित विषयमा नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले सुझाव पेश गरेका हुन । नेपाल र भारतकाबीच रहेका सीमा विवाद, व्यापार घाटा, सीमा अतिक्रमण, सन् १९५० को सन्धी पुनरावलोकन, लिपुलेक, सुस्तालगायतका क्षेत्रमा लामो समयदेखिको विवाद, भारतीय तटबन्धका कारण नेपाली क्षेत्र डुबानमा पर्ने, सुपुर्दगी सन्धीका विषय भट्टराईले सुझाव पत्रमा समेटेका छन् । भट्टराईले नयाँ सम्झौता गर्नुभन्दा यसअघि भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिन समेत सुझाव दिएका छन् । पढ्नुस सुझावपत्र
काठमाडौं, भदौ २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले डा. गोविन्द केसीको माग यथाशीघ्र सम्बोधन गर्न दुई मन्त्रीलाई निर्देशन दिएका छन् । मंगलबार विहान स्वास्थ्यमन्त्री गगनकुमार थापा र शिक्षामन्त्री धनीराम (डिआर) पौडेल लगायतसँग बालुवाटारमा प्रधानमन्त्रीले डा. केसीको मागका बारेमा गम्भीर भएर लाग्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्रीले मन्त्रीहरुहरुलाई आफ्नो न्युयोर्क भ्रमण अगाडि डा. गोविन्द केसीको माग सम्बोधन गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार आचार्यले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा रहेको विकृति र विसङ्गति अन्त्यका लागि सरकारले कुनै कदम नचालेको भन्दै डा. केसी आठ पटक आमरण अनसन बसिसकेका छन् । उनले सरकारले आफ्नो माग सम्बोधन…
काठमाडौं – सांसदले अब प्रधानमन्त्री तथा मन्त्रीसँग संसदमा प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउने भएका छन् । सभामुख ओनसरी घर्तीले संसद्को काम–कारबाही प्रभावकारी र जनमुखी बनाउन विशेष व्यवस्था गर्न लागेकी हुन् । सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर सहमति जुटाएपछि ‘प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी आन्तरिक कार्यविधि’ तयारी गरेकी छिन् । संसद् नियमावली ०७३ को नियम २५८ मा कार्यव्यवस्था परामर्श समितिको परामर्श र व्यवस्थापिका–संसद्को स्वीकृति लिएर सभामुखले आवश्यकताअनुसार आन्तरिक कार्यविधि बनाउन सक्ने व्यवस्था छ । संसद् नियमावलीको अधिकार प्रयोग गरी सभामुखले कार्यविधि बनाएको उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । प्रधानमन्त्रीसँग सांसदले महिनामा एकपटक प्रश्नोत्तर गर्न पाउने गरी कार्यविधि तयार भएको छ ।…
‘जिल्लाबाट राहादानीको फारमसँगै हराएको निवेदन विभागमा आउँछ । निवेदन र भरेको नयाँ फारम अध्ययन गरी इन्टरपोलमा जानकारी दिँदै राहदानी बनाएर जिल्ला पठाइनेछ । त्यस्तै, प्रक्रिया दूतावासबाट पनि अघि बढ्नेछ,’ थापाले भने ।
काठमाडौं – सिन्डिकेटका बलमा सडकमा मनपरी गर्दै आएका व्यवसायी लक्षीत गरी ऐनमा कडा सजाय र जरिवाना व्यवस्था गर्न लागेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा तेस्रो संशोधन गर्दै यातायातका क्षेत्रमा मौलाएको सिन्डिकेट अन्त्य गर्ने तयारी थालेको छ । मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले व्यवसायीको मिलेमतोमा हुँदै आइरहेको सिन्डिकेट रोक्न ऐन संशोधन गर्दै त्यस्तो कार्यमा संलग्न व्यवसायी तथा चालकलाई जेल हाल्ने, जरिवाना तिराउने, लाइसेन्स र रूट पर्मिट खारेजी गर्नेसम्मको व्यवस्था गर्न लागेको छ । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं – प्रहरी बन्दोबस्तीका सामान खरिदका क्रममा भएको बहुचर्चित सुडान मिसन भ्रष्टाचारको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले सुडान मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेर सुनुवाइ थालेको हो । पूर्ण इजलासले आइतबार संयुक्त राष्ट्रसंघीय मिसनमा भएको खर्चको शोधभर्नाको स्थितिबारे विवरण मगाउने आदेश भएको सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले बताए । ‘प्रहरीले गरेको खर्चको शोधभर्नाको विवरण आएपछि मुद्दाको सुनुवाइ अघि बढ्छ,’ सुवेदीले भने । ‘हेर्दाहेर्दै’ सुरु भएको इजलासबाटै उक्त मुद्दा किनारा लाग्नुपर्ने प्रावधान छ । २०६८ फागुन १ गते विशेष अदालतले सुडान भ्रष्टाचार मुद्दाको फैसला गरेको थियो । फैसलामा चित्त नबुझाएको अख्तियार…
काठमाडौं – न्यायाधीशको काम कारबाहीमाथि गोप्य रूपमा अनुगमन हुने भएको छ । अनुगमनका लागि स्थायी समिति संयन्त्र गठनको व्यवस्थासहित व्यवस्थापिका संसद्ले न्याय परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक पारित गरेको छ । संसद्बाट आइतबार पारित विधेयकको दफा १६ अनुसार यस्तो निगरानी समिति न्याय परिषद्का एक वा बढीमा तीन सदस्यको हुनेछ । परिषद् सचिवले नै समिति सचिवको भूमिकामा काम गर्ने व्यवस्था छ । समितिले सेवाग्राहीको समेत धारणा बुझेर न्यायाधीशको काम कारबाहीको गोप्य निगरानी गर्न पाउनेछ । दफा १६ मा भनिएको छ, ‘न्याय परिषद्ले न्यायाधीशको काम कारबाही तथा आचरण नियमित अनुगमन गर्न वा निगरानी राख्न न्याय परिषद्को कुनै सदस्यको संयोजकत्वमा एक वा…
काठमाडौं – वाणिज्य मन्त्रालयले कोलकोत्ता र विशाखापट्टम बन्दरगाहाबाट नेपालका ४ मुख्य नाकामा रेलमार्ग जोड्न भारतसँग प्रस्ताव गरेको छ । रेल सेवा विस्तार गरी बल्क कार्गोमार्फत सामान आयातको व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयमार्फत वाणिज्यले प्रस्ताव पठाएको हो । तेस्रो मुलुकबाट हुने सामानको ढुवानी बल्क, कार्गो र रेलवे सेवामार्फत सस्तो हुने भएकाले भारतसमक्ष यस्तो प्रस्ताव पठाएको हो । ‘एक साताअघि परराष्ट्र मन्त्रालयमार्फत भारतका चार नाकामा रेलवे सेवा जोड्ने र बल्क कार्गोमार्फत ढुवानी गर्ने दुई आशयपत्रको प्रस्ताव गरेका छौ,’ वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणमा पनि यो विषयलाई एजेन्डा बनाउन आग्रह गरेका छौ ।’ आजको कारोबार दैनिकमा खबर छ ।
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण राजकीय हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमण हुने चार दिनअघि नेपाल र भारतका विदेश मन्त्रालयले एकैसाथ भ्रमणको घोषणा गरेको हो । परराष्ट्र मन्त्रालयले भ्रमणको विस्तृत विवरण सार्वजनिक गरेको छ भने भारतीय विदेश मन्त्रालयले भ्रमण हुने सामान्य जानकारी दिएको छ । ‘महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीमती सीता दाहाल भदौ ३० देखि २ असोजसम्म भारतको राजकीय भ्रमणमा हुुनुहुनेछ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि प्रचण्डको यो नै पहिलो विदेशयात्रा हो । प्रधानमन्त्री प्रचण्डले हाम्रा प्रधानमन्त्रीसँग ३१ भदौमा कुराकानी गर्नुहुनेछ…