
काठमाडौं, भदौ २८ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणका क्रममा दश बुँदे सुझाब दिएका छन् ।
भारत र नेपालसम्बन्ध र विवादित विषयमा नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले सुझाव पेश गरेका हुन ।
नेपाल र भारतकाबीच रहेका सीमा विवाद, व्यापार घाटा, सीमा अतिक्रमण, सन् १९५० को सन्धी पुनरावलोकन, लिपुलेक, सुस्तालगायतका क्षेत्रमा लामो समयदेखिको विवाद, भारतीय तटबन्धका कारण नेपाली क्षेत्र डुबानमा पर्ने, सुपुर्दगी सन्धीका विषय भट्टराईले सुझाव पत्रमा समेटेका छन् ।
भट्टराईले नयाँ सम्झौता गर्नुभन्दा यसअघि भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिन समेत सुझाव दिएका छन् ।
पढ्नुस सुझावपत्र


Facebook Comments Box