Author: admin

विर्तामोड, असोज ३ । संविधान दिवसको दिन झापाको विर्तामोडमा ‘भ्रष्ट्रचार न्यूनिकरणका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया गरिएको छ । बागेश्वरी असल शासन, क्लब (बास) जिल्ला शाखा झापाको आयोजनामा स्थानीय देवी उच्च माविको सभाहलमा भएको कार्यक्रमका सहभागीले भ्रष्ट्रचार न्यूनिकरणका लागि सबै वर्ग सचेत हुनु पर्नेमा जोड दिए । प्रमुख अतिथि जिल्ला विकास समिति झापाका सूचना अधिकृत प्रकाश चौधरीले झापामा भ्रष्ट्रचार न्यूनिकरणका लागि जिविसले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘अहिले देखिएको जटिल विकृति भ्रष्ट्रचारविरुद्ध आवाज उठाउनु हुने तपाईं युवाहरुलाई साथ दिन हामी तत्पर छौं ।’ त्यस्तै, जिल्ला ट्राफिक कार्यालयका प्रमुुख डुण्डिराज गिरीले काम छिटो सक्ने बहानामा कर्मचारीलाई लोभ देखाएर…

Read More

काठमाण्डौं,असाेज ३ । ड्युटीमा रहेकी महिला सुरक्षा गार्डमाथि सञ्चालकबाटै यौन दुव्र्यवहार भएको घटनाको उजुरी लिन इलाका प्रहरी कार्यालय धरानले अस्वीकार गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको महिला छात्रावसामा ड्युटीमा बसेका महिला सुरक्षा गार्ड सविता सुवालले आफू ड्युटीमा बसेको अवस्थामा याैन दुव्र्यवहारमा परेको उजुरी लिएर आइतबार इलाका प्रहरी कार्यालयमा पुगेकी आजकोअन्नपूर्णमा समाचार छ । महिला अधिकारकर्मीको साथमा सुयालले केटीएस सेक्युरिटी प्रालिका अध्यक्ष रामेश्वर साह र कलाकार सन्तोष पन्तविरुद्ध जबरजस्ती करणी गर्ने उद्योगसम्बन्धी जाहेरी लिएर इलाका प्रहरी कार्यालय गएकी थिइन् । उनले साह र कालाकार पन्तले ड्युटीमा बसिरहेको अवस्थामा आफूमाथि शनिबार बिहान साढे २ बजे आफ्ना संवेदनशील अंगमा हात…

Read More

काठमाण्डौं,असाेज ३। रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि ४ हजार घर भत्काउनुपर्ने भएको छ । नेपाल आयल निगमले गरेको रक्सौल अमलेखगञ्ज पाइपलाइन विस्तृत इन्जिनियरिङ सर्भेमा यस्तो अवस्था देखिएको हो । निगमका प्रवक्ता भानु खनालले प्राविधिक अध्ययनबाट अमलेखगञ्ज पाइपलाइन र वीरगञ्ज पथलैया सडक विस्तारका लागि ४ हजार घर तथा झुपडी भत्काउनुपर्ने देखिएको बताएको आजकोकारोबार दैनिकमा समाचार छ । सडक विभागले वीरगञ्ज पथलैया सडक दुई लेनबाट ६ लेनको बनाउने योजना अगाडि बढाएको छ । सडक विस्तार योजना अगाडि नवढे पाइपलाइन निर्माण हुन नसम्ने निगमले जनाएको छ। वीरगञ्ज अमलेखगञ्जभित्र साना ठूला गरी झन्डै १३ हजार रुख काट्नुपर्ने देखिएको छ । रक्सौल अमलेखगञ्जमा पाइपलाइन निर्माणका…

Read More

​ काठमाडौं,असाेज ३ – सशस्त्र द्वन्द्वकालमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै पटक–पटक अनशन बसेकी गंगामाया अधिकारीसँग जिल्ला अदालतले आइतबार बयान लिएको छ । चितवन जिल्ला अदालतबाट आएका श्रेस्तेदार गेहेन्द्र पन्त र नासु नारायणप्रसाद सेढाईंले वीर अस्पतालमा गंगामायाको बयान लिएका हुन् । १७ वर्षे छोरा कृष्णप्रसादको २०६१ जेठ २४ गत्ते चितवन रत्ननगरमा हत्या गरिएको थियो । झन्डै अढाई घण्टाको बयानमा गंगामायाले १३ जना आरोपितको नाम लिएको बयानमा उपस्थित अधिवक्ता आशिकराम कार्कीले बताए । गंगामायाले छविलाल पौडेललाई मुख्य अभियुक्त तथा भीष्मलाल भनिने भीमसेन, जानुका, परशुराम, मेघनाथ पौडेलका साथै कालीप्रसाद, सीता, रामप्रसाद र हिमलाल अधिकारीलाई संलग्नका रूपमा बयानमा उल्लेख…

Read More

​ काठमाडौं,असाेज ३ – संघीय प्रदेशको सीमांकन र संविधान निर्माण प्रक्रियाप्रति असहमति जनाउँदै मधेसी मोर्चा बितेको एक वर्षभरि ठूला साना प्रदर्शनमा सक्रिय रह्यो । मधेस–थरुहटमा दुई प्रदेश हुनुपर्ने, समानुपातिक समावेशी क्लस्टर घटाउनुपर्ने, नागरिकता प्रावधान सच्याउनुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, राष्ट्रिय सभामा प्रतिनिधित्वलगायत ११ बुँदे माग राखेर गत वर्ष साउन ३१ देखि आन्दोलन सहभागी मोर्चाले संविधान जारी भएको दिन ३ असोजलाई कालो दिवस भनेको थियो । यो एक वर्षको बीचमा एक पटक संविधान संशोधन भइसके पनि मूल मुद्दा सीमांकन हेरफेर नभएको भन्दै मोर्चाले आन्दोलन स्थगन गरेको छैन । बरु संविधान जारी भएलगत्तै सुरु नाकाबन्दी साढे चार महिना चल्दा देश उठ्नै नसक्ने…

Read More

​ काठमाडौं,असाेज३– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमै रहेको खुलासा भएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको विषय उठाएका थिए । थापाले जिज्ञासा राखेपछि मुख्यसचिव सोमलाल सुवेदीले नियुक्तिसम्बन्धी माइन्युट कार्यालयमै रहेको जानकारी दिए । ‘नियुक्तिको माइन्युट हराएको थिएन । प्रधानमन्त्री कार्यालयमै छ । हामी केही दिनमै अदालतमा त्यसबारे जवाफ दिनेछौं,’ मुख्यसचिव सुवेदीले भने, ‘बाहिर भनिएजस्तो भूकम्पका कारण कागजात तलमाथि परेको होइन ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

​ काठमाडौं, असोज २ । भारतको चारदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् । त्रिभुवन बिमानस्थलमा पत्रकारसँग बोल्दै प्रधामन्त्री प्रचण्डले भारत भ्रमण सफल भएको बताएका छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणम मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह, गृहमन्त्री राजनाथ सिंह, परराष्ट्रमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा नेपाल–भारतवीच तीन बुँदै सम्झौता भएको थियो भने २५ बुँदे संयुक्त विज्ञप्ती जारी गरिएको थियो । प्रचण्डलाई भारतले राजकीय सम्मान दिएको थियो ।

Read More

​ एजेन्सी । प्राणघातक रोगले ग्रसित एक बालकले स्वेच्छा मृत्यु रोजेका छन् । बेल्जियममा प्राणघातक रोगले ग्रसित मानिसले स्वेच्छाले मृत्यु रोज्न पाउने अधिकार छ । यो अधिकार अहिले बालकलाई पनि दिइएपछि स्वेच्छाले मृत्यु रोज्ने उनी पहिलो बालक हुन् । ती बालकको उपचार गरिरहेका एक चिकित्सकले स्वेच्छाले मृत्युवरण गर्न पाउने सम्बन्धी संघीय आयोगमा बालकले स्वेच्छाले मृत्यु मागेको निवदेन दिएका थिए । आयोगका प्रमुख बिन डिस्ट्म्यानसमक्ष ले बालकको प्राणघातक रोग र उनले मृत्युवरण चाहेको निवेदनको अध्ययनपछि मृत्युको स्वीकृति दिएका थिए । ती बालकको बारे भएका सुचना भने गोप्य नै राखिएको छ । जुनसुकै उमेरका मानिसले पनि स्वेच्छिक मृत्युवरण रोज्न पाउने बेल्जियम विश्वको एक…

Read More

​ काठमाडौँ, असाेज २। प्रधानमन्त्री प्रचण्डले भारतसंग राष्ट्रघाती सम्झौता गरेको भन्दै कालो झण्डा देखाउने २४ जना पक्राउ परेका छन् । प्रचण्ड चारदिने भ्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा संयुक्त रुपमा जारी गरेको प्रेस वक्तव्य राष्ट्रहित विपरित भएको भन्दै प्रधानमन्त्री दाहाललाई कालो झण्डा देखाउन तयारी गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विप्लव माओवादी निकट अखिल क्रान्तिकारी विधार्थी संगठन तथा काठमाडौँ जिल्ला पार्टीका नेता कार्यकर्ताहरुले कालो झण्डा देखाउन गएका थिए । राष्ट्रहित विरुद्ध सम्झौता गरेको भन्दै कालो झण्डासहित सोमबार दिउँसो विरोध प्रदर्शनमा उत्रेका अखिल क्रान्तिकारीका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।…

Read More

​२ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले संविधान दिवसको अबसरमा नेपालीहरूलार्इ शुभकामना दिएका छन् । ओबामाले संविधान दिवसको अबसरमा पठाएको सन्देशमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली जनतालाई बधाई समेत दिएका छन् । ‘यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा तपाईँ र नेपाली जनताहरूलाई बधाईज्ञापन गर्न पाए मलाई खुशी लागेको छ । अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएकोमा समेत मलाई गौरवानुभूति भएको छ’ अमेरिकी राष्ट्रपतिको सन्देशमा भनिएको छ । विनाशकारी भूकम्पको स्मरण गर्दै ओबामाले आफन्त गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेका बताएका छन् । त्यस शोकका बीच पनि नेपालको भविष्यका लागि ठूलो आशा रहेको छ…

Read More