
काठमाडौं, असोज २ । भारतको चारदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् ।
त्रिभुवन बिमानस्थलमा पत्रकारसँग बोल्दै प्रधामन्त्री प्रचण्डले भारत भ्रमण सफल भएको बताएका छन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणम मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह, गृहमन्त्री राजनाथ सिंह, परराष्ट्रमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग भेटवार्ता गरेका थिए ।
भ्रमणका क्रममा नेपाल–भारतवीच तीन बुँदै सम्झौता भएको थियो भने २५ बुँदे संयुक्त विज्ञप्ती जारी गरिएको थियो ।
प्रचण्डलाई भारतले राजकीय सम्मान दिएको थियो ।
Facebook Comments Box