
काठमाडौं,असाेज३– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमै रहेको खुलासा भएको छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको विषय उठाएका थिए ।
थापाले जिज्ञासा राखेपछि मुख्यसचिव सोमलाल सुवेदीले नियुक्तिसम्बन्धी माइन्युट कार्यालयमै रहेको जानकारी दिए ।
‘नियुक्तिको माइन्युट हराएको थिएन । प्रधानमन्त्री कार्यालयमै छ । हामी केही दिनमै अदालतमा त्यसबारे जवाफ दिनेछौं,’ मुख्यसचिव सुवेदीले भने, ‘बाहिर भनिएजस्तो भूकम्पका कारण कागजात तलमाथि परेको होइन ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
Facebook Comments Box