Author: admin

​ एजेन्सी। सामसङ माेवाइलले संसारभरी आफ्ना ग्राहकलाई ग्यालेक्सी नोट सेभेन तत्कालका लागि नचलाई यथाशीध्र परिवर्तन गर्नका लागिअनुराेध गरेको छ । सामसङ ग्यालेक्सी नोट सेभेनमा चार्जको क्रममा आगो लाग्ने र पड्कने थुप्रै घटना घटेपछि कम्पनीले आफ्नो ग्राहकलार्इ फाेन फिर्ता गर्न अपिल गरेको हाे । सामसङले आइतबार आफ्नो वेबसाइटमा एक विज्ञप्ती प्रकाशित गर्दै संसारभरीका ग्राहकलाई ग्यालेक्सी नोट सेभेन स्विच अफ गरी तुरून्त फिर्ता दिएर यसलाई परिवर्तन गर्न आग्रह गरेको छ । सामसङले सेवा केन्द्रबाट अस्थायी रुपमा प्रयोग गर्नका लागि सामसङको अन्य फोन लिनसमेत आग्रह गरेको छ । साससङ इलेक्ट्रोनिक्स अमेरिकाका प्रेसिडेन्ट टिम ब्याक्स्टरका अनुसार नोट सेभेनको अर्को मोडल जारी नभएसम्म प्रयोगकर्ताहरुले अर्को फोन पाउने…

Read More

काठमाडौं । सीमा क्षेत्रका डुबानपीडित नेपाली किसानलाई क्षतिपूर्ति दिन नेपालका तर्फबाट राखिएको प्रस्ताव भारतले अस्वीकार गरेको छ । शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा समपन्न दुवै देशका गृहसचिव स्तरीय बैठकमा नेपालले भारतीय बाँधका कारण बर्सेनी हजारौं नेपाली डुबानमा परेको भन्दै क्षतिपूर्ति उपलव्ध गराउन प्रस्ताव राखेको थियो । तर, आफूहरले सीमा क्षेत्रमा कुनै पनि अनधिकृत संरचना निर्माण नगरिएको क्षतिपूर्तिसम्बन्धी प्रस्ताव छलफल गर्न आवश्यक नभएको भारतीय सुरक्षा अधिकारीले बताएका अाजको कारोबार दैनिकमा समाचार छ । बैठकमासहभागी नेपाली अधिकारीले डेढ दर्जन स्थानमा भारतले निर्माण गरेको अनधिकृत संरचनाबाट हजारौं नागरिक विस्थापित भएको विवरण पेस गरेका थिए । त्यसपछि भारतीय पक्षले डुबान विषय गृह मन्त्रालयको क्षेत्राधिकारमा नपर्ने…

Read More

भद्रपुर  । मेची अञ्चलमा नक्कली सवारीचालक अनुमतिपत्र बनाउने गिरोहलाई प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । पक्राउ परेका ९ जना मध्ये चार जना नक्कली लाइसेन्स बनाउने गिरोह आवद्ध छन् भने ५ जना नक्कली लाइसेन्स बोकेर सवारी चलाउने व्यक्ति रहेको प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले बताए । उनीहरुलाई प्रहरीले विभिन्न मितिमा, विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्ने गिरोहका नाइके वास्तोला ड्राइभिङ्ग इस्टीच्युटका सञ्चालक झापा विर्तामोड ७ बस्ने ४३ बर्षिय खिलानाथ बास्तोला, गिरोहमै आवद्ध गरामनी ९ बस्ने २२ बर्षिय अनिल वास्कोटा, विर्तामोड ३ बस्ने ३२ विजय यादव, ४४ बर्षिय पूर्णप्रसाद श्रेष्ठ र गौरादह १३ बस्ने…

Read More

काठमाडौं- नब्बे दिनको पर्यटक भिषामा भदौ ७ मा नेपाल भित्रिएका अमेरिकी केनेथ जोसेफ कमबसले पहिलो सम्पर्क काठमाडौंका लुच्चे भन्ने बुद्ध पुतवारलाई गरे। उनको भ्रमणको मुख्य उद्देश्य पूरा गर्ने आधार लुच्चेबाहेक अन्य कोहीसँग थिएन। उमेरले ४८ पुगेका कमबस नेपाल आउनुको उद्देश्य बालकसँग यौन दुराचार गर्नु थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार ठमेलको होटल याम्बुको एक कोठामा कमबसलाई ११ वर्षदेखि १४ वर्ष उमेरका तीन बालकसँग आपत्तिजनक अवस्थामा फेला पारेपछि उनको भ्रमणको रहस्योदघाटन भएको हो। ब्युरोको नियन्त्रणमा रहेका कमबसले सुरुमा आफू सम्मानित व्यक्ति भएको भन्दै प्रतिकारसमेत गरे। ब्युरोले होटलबाट समातिएका तीनसहित आठ बालक र कमबसलाई बालक उपलब्ध गराउने लुच्चेलाई पनि हिरासतमा लिएपछि…

Read More

राजविराज-  सप्तरी र सुनसरीमा गरी सात जनाको हत्यामा संलग्न आरोपमा पक्राउ परेका मोहम्मद मुस्तकिम भनिने रइस मियाँ भारतीय नागरिक हुन्। यद्यपि उनीसँग नेपाली नागरिकता र दुई छुट्टाछुट्टै नेपाली राहदानी छन्। तीन वर्षदेखि ‘मस्टवान्टेड’ सूचीमा रहेका मियाँलाई साउन १९ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको थियो। भारत, बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत लौकहा बगमरिया घर भएका मियाँले सप्तरी, सारस्वर–७ बाट वंशज नागरिकता लिएका हुन्। २०६३ चैत १० गते गाउँ पुगेको घुम्ती सरकारी टोलीसँग उनले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयको अभिलेख छ। ०६३१०५/४९० नम्बर नागरिकतामा पिताको नाम मुराई मियाँ कुजरा उल्लेख छ। मुराई उनका ससुरा हुन सक्ने सप्तरीका प्रहरीप्रमुख एसपी भीमप्रसाद ढकाल…

Read More

भारतको सूरतमा एक महिलामा नयाँ खालको रक्तसमूहको रगत फेला परेको छ जुन अहिलेसम्म विश्वमा कुनैपनि मानिसमा पाइएको छैन । मानिसको रगत चार समूहमा बाँडिन्छः ए, बी, एबी र ओ । तर ती महिलाको रगत यी चारवटा मध्ये कोहीसँग पनि मिल्दैन त्यसैले त्यसलाई डाक्टरहरुले नयाँ नाम दिएका छन् । सूरतस्थित एक ब्लड बैंकमा गत महिना रातको समयमा एकजना विरामीको रगतको नमूना लिएर विरामीको परिवारका मान्छे पुगे । जब उक्त रगतको समूह पत्ता लगाउनका लागि त्यसलाई ल्याबमा परीक्षण गरियो तब जाँच गर्ने महिला डाक्टरको पसिना नै छुट्यो । किनकी उनले रक्तसमूह पत्ता लगाउन गरेको कुनैपनि जाँच मेल खाएन वा ती विरामी महिलाको…

Read More

काठमाडौं – प्रहरी प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदाता नियुक्ति गर्न नेपालले स्वीकृति जनाएको छ । व्यवस्थापकीय जिम्मेवारी नपाए अनुदाननै रोक्ने भारतीय चेतावनीपछि नेपालले करिब ९ अर्ब रूपैयाँ लागतको प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदातालाई नियुक्त गर्ने सहमति जनाएको छ । यसँगै गुरूयोजना निर्माण कार्यसम्पादनसम्बन्धी निरीक्षण/सुपरिवेक्षण तथा खर्च चरिचालन लगायत भूमिकामा भारतको प्रत्यक्ष संलग्नता रहनेछ । नयाँ दिल्लीमा शुक्रबार सकिएको नेपाल-भारत गृहसचिवस्तरीय बैठकमा यस सम्बन्धी औपचारिक सहमति भएको हो । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘केमेस्ट्री’ मिल्ने बताएका छन् । भारत भ्रमणको पूर्वसन्ध्यामा हिन्दुस्तान टाइम्सको हिन्दी संस्करणलाई दिएको अन्तर्वार्तामा दाहालले मोदी र आफ्नो बीचमा वैचारिक तथा अन्य पक्षमा फरकपन भए पनि सोचाइ र केही विषयमा समानता रहेको बताएका छन् । दाहालले आफूजस्तै मोदी पनि खतरा मोल्न चाहने र परम्परागतभन्दा फरक ढंगले काम गर्ने नेता एवं प्रधानमन्त्री भएको समेत बताए । ‘बहुमतको साथ निर्वाचित भएका मोदी एक बलिया प्रधानमन्त्री हुन् । नेपाली जनता मोदीलाई निकै विश्वास गर्छन् । हामीले यो विश्वासलाई अझ सुदृढीकरण गर्न ध्यान दिनुपर्छ,’ दाहालले भनेका छन् । दाहालले भारत भ्रमणका क्रममा आफूले…

Read More

काठमाडौं – सर्वोच्च अदालतले नेपाली भाषको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्यबारे कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले भाषाको हिज्जे बदल्ने विषयलाई लिएर विस्तृत छलफलका लागि आगमी २ असोजमा दुवै पक्षलाई बोलाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

​ काठमाडौं ।विप्लव नेतृत्वको नेकपा (माओवादी)निकट अखिल क्रान्तीकारीले शिक्षामन्त्रालय र सरोकारवाला निकाय गंभिर नभए अनिश्चितकालिन शैक्षिक हड्तालमा जाने घोषणा गरेको छ । यसपटक पनि आफ्ना मागहरु सुनुवाई नभए सरकारी सवारीसधानहरुमा रोक , चक्काजाम तालावन्दी र अनिश्चितकालिन शैक्षिक हड्ताल लगायत संघर्षका कार्यक्रममा जान वाध्य हुने छौं अखिल क्रान्तीकारीका अध्यक्ष पूर्णबहादुर सिंहले शिक्षा मन्त्रालयलाई वुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । १० दिन भित्र शैक्षिक क्षेत्रका समस्याहरु संवोधन गर्न शिक्षा मन्त्रालयललाई अल्टिमेट दिदै अध्यक्ष सिंहले आईतवार शिक्षा मन्त्रालयलाई एक ध्यानाकर्षणपत्र बुझाएका छन् । भदौ २६ को मितिले १० दिन भित्र शैक्षिक क्षेत्रका समस्याको संवोधन र समाधान नभए कडा संघर्षको विकल्प नरहने घोषणा गरेको अखिल…

Read More