काठमाडौं – प्रहरी प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदाता नियुक्ति गर्न नेपालले स्वीकृति जनाएको छ ।
व्यवस्थापकीय जिम्मेवारी नपाए अनुदाननै रोक्ने भारतीय चेतावनीपछि नेपालले करिब ९ अर्ब रूपैयाँ लागतको प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदातालाई नियुक्त गर्ने सहमति जनाएको छ ।
यसँगै गुरूयोजना निर्माण कार्यसम्पादनसम्बन्धी निरीक्षण/सुपरिवेक्षण तथा खर्च चरिचालन लगायत भूमिकामा भारतको प्रत्यक्ष संलग्नता रहनेछ ।
नयाँ दिल्लीमा शुक्रबार सकिएको नेपाल-भारत गृहसचिवस्तरीय बैठकमा यस सम्बन्धी औपचारिक सहमति भएको हो । आजको कारोबार दैनिकमा खबर छ ।
Facebook Comments Box