Author: admin
विर्तामोड । आगामी असोज २ गते झापामा दुर्घटना न्यूनिकरण महाअभियान चलाइने भएको छ । दिनहुँ सवारी दुर्घटनाका घटनामा बृद्धि भएका कारण त्यस्ता घटनालाई न्यूनिकरण गर्न भन्दै झापावासी उक्त महाअभियानमा जुटेका हुन् । विहीबार विर्तामोडमा पत्रकार सम्मेलन गर्दै उक्त महाअभियानको जानकारी दिइएको हो । महाअभियानका संयोजक गोपालकुमार बस्नेतले अब सर्वसाधारण नै दुर्घटना न्यूनिकरणको अभियानमा नजुटे सवारी दुर्घटनाको स्थिति भयावह हुने बताए । महाअभियानका सह संयोजक मदनगोपाल सुब्बाले चालकको लापरवाही र कमजोरीका कारण अधिकांश दुर्घटना हुने गरेकाले उक्त महाअभियानमा चालकहरुलाई सचेत गराउने कार्यक्रम पहिलो चरणमा गरिने बताए । उक्त महाअभियानहरुले असोज २ गतेलाई दुर्घटनारहित राष्ट्रिय दिवस मनाउनका लागि प्रस्ताव समेत गर्ने जानकारी…
काठमाण्डाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने राजकीय भ्रमणका लागि दिल्ली उडेका छन् । नेपाल वायु सेवा निगमको ध्वजावाहक जहाज चढेर उनी बिहीवार विहान ११ बजे दिल्ली प्रस्थान गरेका छन् । एक सय १६ सदस्यीय टोली सहित उनी दिल्ली उडेका हुन् । दाहालले बिहीवार दिल्लीमा रहेका व्यवसायी, विद्यार्थी, राजनीतिक कार्यकता र सञ्चारकर्मीसँग भेटघाट गर्नेछन् । शुक्रवारदेखि उनले महत्वपूर्ण भेटघाट गर्नेछन् । शुक्रवार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जीसँग भेटघाट गर्नेछन् । सोही दिन राष्ट्रपति भवनमा हुने गार्ड अफ रनर समारोहमा समेत उनी समावेश हुने छन् । यस्तै, प्रधानमन्त्री दाहालले हिमाञ्चल प्रदेशमा निर्माणाधीन नाथ्पा झाँक्री जलविद्युत् परियोजनाका साथै हरिद्वारमा…
विर्तामोड । झापा विर्तामोडमा रहेको कन्काई आदर्श क्याम्पसले अहिले पनि विद्यार्थी बोकिरहेका बसहरु मे. १ ख ३ र मे. १ ख ५३५ सन् १९६४ सालमा बनेको यातायात व्यवस्था कार्यालय मेचीको रेकर्डले देखाएको छ । उक्त बसहरुले कलेजका विद्यार्थीहरु क्याम्पस ल्याउने लाने काम गरिरहेका छन् । तर सोही बसहरु कोही बेला सडकमै थला पर्ने गरेको विद्यार्थीहरुले गुनासो गर्ने गरेका छन् । उक्त कलेजले खरिद गरेका बसहरु कुनै पनि नयाँ छैनन् । सबै दसबर्ष भन्दा ज्यादा समय सार्वजनिक भाडाका बसका रुपमा चलिसकेका बसहरु मात्र उक्त कलेजले सञ्चालन गरिरहेको छ । त्यस्ता बसहरु सञ्चालन गर्दा समयमा विद्यार्थी कलेज नपुग्नु त छँदैछ ।…
३० भदौ, काठमाडौं । भारतले नेपालको हुलाकी राजमार्गमा अप्टिकल फाइबर बिछ्याइदने प्रस्ताव गरेको छ । भारतीय वैदेशिक सहयोगअन्तर्गत हुलाकीमार्गमा ९ सय ५० किलोमिटर लामो फाइबर बिछ्याइदिने प्रस्ताव गरेको हो । काठमाडौंस्थित भारतीय राजदूतावासले करिब एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत यस्तो प्रस्ताव गरेको मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । ‘भारतले करिब १ अर्ब रुपैयषँ लागत अनुमान रहेको फाइबर विछ्याइदिने प्रस्ताव गरेको छ’ उनले भने । तर उक्त रकम अनुदान वा ऋण के हो भन्नेचाहि निर्क्योल भइनसकेको उनले जानकारी दिए ।
काठमाडौं – मन्त्रिपरिषद र सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसँग सम्बन्धित निर्णय फाइल भूकम्पका कारण फेला पार्न नसकिएको जवाफ सर्वोच्च अदालतमा पठाएको छ । कार्कीको नियुक्तिबारे अधिवक्ता ओमप्रकास अर्यालले दिएको पुनरावलोकनमा सर्वोच्चको आदेश अनुरुप जवाफ दिंदै मन्त्रिपरिषद र सामान्य प्रसाशन मन्त्रालयले उक्त प्रतिक्रिया दिएको हो । निवेदक अर्यालले गत भदौ २१ गते सर्वोच्चलाई यस्तो व्यहोराको जवाफ प्राप्त भएको जानकारी अन्नपूर्णलाई दिए । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई नियुक्ति गर्ने निर्णयको सक्कल कागज र २०६३ सालमा कार्कीलाई सोधिएको स्पष्टीकरण पत्र पेश गर्न आदेश दिएको थियो । ‘सर्वोच्चको चिठी प्राप्त भयो…
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चारदिने राजकीय भ्रमणका लागि बिहीबार दिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी दिल्ली जान लागेका हुन् । प्रधानमन्त्री भदौ ३० गते भारत प्रस्थान गरी असोज २ गते स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्रीसँग उनकी श्रीमती सीता दाहाल सहभागी हुनेछिन् । प्रधानमन्त्री प्रचण्डलाई राजकीय पाहुनाको रुपमा राष्ट्रपति भवनमा राखिने भएको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक पनि सहभागी हुने छन् । केही सांसद, बिभिन्न मन्त्रालयका पदाधिकारी, संचारकर्मीलाई पनि भ्रमणमा सहभागी गराइने छ। भ्रमणको कार्यतालिकाअनुसार भदौ ३० गते प्रधानमन्त्री दाहालले त्यहाँस्थित नेपाली…
काठमाडौं – इन्द्रजात्राका लागि गुठी संस्थानले १५ लाख रुपियाँ विनियोजन गरेको छ तर जात्रामा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ बनाउने परम्पराका नकर्मीले बुधबार एक रुपियाँ तलब बुझेका छन् । उनीहरूका लागि तलब पाउने व्यवस्था गरिए पनि जिजुबाजेका पालादेखि नबढाइएकाले अहिले सुन्दा अनौठो र हाँसो उठ्ने अवस्था छ । काठमाडौँ ज्यावहाल वडा नं। २१ का चार नकर्मीले जनही एक पैसा तलब बुझ्दै आएकोमा एक पैसा चलन चल्तीमा नभएको भन्दै एक रुपियाँलाई चार भाग लगाउने गरी तलब दिइयो । गुठी संस्थानले दिएको यो एक रुपियाँ एक पैसाका दरले भाग लगाउनै नमिल्ने भएपछि इन्द्रजात्राको सम्झना भन्दै उनीहरूले दिइएको रुपियाँलाई खुत्रुकेमा राखे । गुठी…
३० भदौ, काठमाडौं । दक्षिण सुडान सरकारले राहदानी नबोकी खार्तुन विमानस्थल पुगेका २ सय ३२ नेपाली शान्ति सैनिकलाई काठमाडौंमै फिर्ता गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुडानको राजधानी खार्तुन पुगेका नेपाली शान्ति सैनिकलाई राहदानी नभएपछि त्यहाँको अध्यागमन विभागले विमानस्थलबाटै नेपाल फर्काएको आजकोकारोबार दैनिकमा समाचार छ । ‘राहदानी बिना प्रवेश सम्भव छैन, दक्षिण सुडान अध्यागमनका अधिकारीको भनाइ उदृत गर्दै सैनिक उच्च अधिकारी भनाइ उदृत गर्दै सैनिक स्रोतले भन्यो , त्यसपछि काठमाडौं फिर्ता हुनुको विकल्प थिएन ।’ फिर्ता हुनुअघि सुडानस्थितमिसन हेडक्वार्टरसँग समेत समन्वय भएको थियो । तर अध्यागमनका अधिकारीले बिना राहदानी कसैलाई पनि प्रवेश दिन नसकिनेमा अडिग भएको स्रोतले बतायो । शान्ति…
३० भदौ, काठमाडौं । नेपालका आकर्षक र टूला जलविद्युत अयोजना वर्षौसम्म ओगट्दै आएको भारतलाई पुनः अर्को त्यस्तै आकर्षक र रणनीतिक महत्व भएको आयोजना सुम्पने तयारी भएको छ । कुनै विवादित र गोप्य सन्धिसम्झौता नगर्ने भनी सार्वजनिक प्रतिवद्धता व्यक्त गर्दै आएका प्रधानमन्त्री प्रचण्ड नै भारतलाई एउटा आयोजना दिन सम्बद्ध निकायलाई निर्देशन दिएका आजको अन्नपूर्णमा समाचार छ । सरकारले बास्केटमा राखी आफै अध्ययन गरिरहेको संखुवासभामा पर्ने तल्लो अरुण (४०० मेगावाट) जलविद्युत आयोजना भारतलाई दिन प्रधानमन्त्रीबाट निर्देशन आएपछि परराष्ट्रले उर्जा मन्त्रालयसस्ँग उक्त आयोजनाको विस्तृत विवरण माग गरेको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले उर्जाका पदाधिकारीसँग ‘प्रधानमन्त्रीज्यूले जसरी भए पनि दिनैपर्यो ‘ भन्दै तल्लो अरुणको…
सुनसरी । इटहरी उपमहानगरपालिकाका सव ओभरसियर नरेश श्रेष्ठलाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का सेवाग्राही देबनारायण चौधरीसँग १० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । १८ वर्षदेखि ओभरसियरको रुपमा काम गर्दै आएका श्रेष्ठले ड्रेन निर्माणको योजना पास गरिदिए बापत चौधरीसँग घुस माग्दै आएका थिए ।