सुनसरी । इटहरी उपमहानगरपालिकाका सव ओभरसियर नरेश श्रेष्ठलाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारले पक्राउ गरेको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का सेवाग्राही देबनारायण चौधरीसँग १० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।
१८ वर्षदेखि ओभरसियरको रुपमा काम गर्दै आएका श्रेष्ठले ड्रेन निर्माणको योजना पास गरिदिए बापत चौधरीसँग घुस माग्दै आएका थिए ।
Facebook Comments Box