३० भदौ, काठमाडौं । भारतले नेपालको हुलाकी राजमार्गमा अप्टिकल फाइबर बिछ्याइदने प्रस्ताव गरेको छ ।
भारतीय वैदेशिक सहयोगअन्तर्गत हुलाकीमार्गमा ९ सय ५० किलोमिटर लामो फाइबर बिछ्याइदिने प्रस्ताव गरेको हो ।
काठमाडौंस्थित भारतीय राजदूतावासले करिब एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत यस्तो प्रस्ताव गरेको मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
‘भारतले करिब १ अर्ब रुपैयषँ लागत अनुमान रहेको फाइबर विछ्याइदिने प्रस्ताव गरेको छ’ उनले भने । तर उक्त रकम अनुदान वा ऋण के हो भन्नेचाहि निर्क्योल भइनसकेको उनले जानकारी दिए ।
Facebook Comments Box