Author: admin

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी हुन् । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको छ । त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् ।

Read More

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका छन्। आज राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनलाई शपथ खुवाएकी हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा उपप्रधानमन्त्री ४ जना भएका छन्।

Read More

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने आफ्ना मन्त्रीहरु टुंग्याएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ। राप्रपाबाट अध्यक्ष लिङदेन उपप्रधानसहित उर्जा मन्त्री बन्दा बिक्रम पाण्डे सहरी विकास र ध्रुव प्रधान कानून मन्त्री हुने भएका छन्। राप्रपाले पाउने एक राज्यमन्त्रीमा भने कसलाई पठाउने टुंगो लागिसकेको छैन।

Read More

काठमाण्डौं। राष्ट्रिय सभा सदस्य डा. विमला राई परराष्ट्रमन्त्री हुने निश्चित भएको छ । एमालेको भागमा परेको परराष्ट्रमा राईलाई मन्त्रीको रुपमा पठाउने भएको हो । उनि राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । यसअघि राई उनको विज्ञ समुहमा समेत थिईन । नवनियुक्त मन्त्रीहरुको सपथ अहिले ११ बजे हुँदैछ ।

Read More

काठमाडौं । आज मन्त्रिमण्डल विस्तार हुने भएको छ । सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरूको शपथ हुने भएको हो । शपथको समय दिउँसो १ बजे भनिएपनि साढे ११ मा सर्नसक्ने बताइएको छ। सहमति अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो । जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरिएकोमा स्वीकार गरेको छैन…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिक समिकरण केही फेरिएको छ । प्रधानमन्त्री प्रचण्ड पद तथा शक्ति बाँडफाँटमा कुनै न कुनै हिसाबले नेपाली कांग्रेसलाई पनि सहभागि गराउने प्रयासमा छन् । तर, नेकपा एमाले भने कांग्रेसको समर्थनप्रति झस्किएको छ । कांग्रेसले राष्ट्रपति र सभामुखमध्ये एक पद आफूले पाउनुपर्ने संकेत गरेको छ । एमाले भने माओवादीसँगको पूर्व सहमति अनुसार यी दुवै पद आफूले पाउनुपर्ने अडानमा छ ।

Read More

काठमाडौँ । इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँमूल्य सूची पठाएको छ ।  निगमका अनुसार आज पेट्रोलको नयाँ मूल्यसूची आएको हो ।  नयाँ मूल्यसूचीअनुसार भारतबाट पेट्रोलको मूल्य बढेर र डिजेलको मूल्य घटेर आएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २.५० रुपैयाँ बढेर आएको छ भने डिजेलको मूल्य प्रतिलिटर २.७० रुपैयाँ घटेर आएको छ ।

Read More

काठमाडौं । सत्ता साझेदार दलले मन्त्रालयको भागबण्डा टुंग्याएको छ। सोमबार अबेर रातिसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भागबण्डा टुंग्याएको हो। जसअनुसार एमालेले ८ मन्त्रालय पाउने सहमति भएको छ भने माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्रालय पाउने सहमति बनेको छ। यसबाहेक राप्रपा र राास्वपाले समान ३-३ मन्त्रालय पाउने भएका छन्। यी दुई दलले राज्यमन्त्री पनि पाउने भनिएपनि त्यसको टूंगो भने भोलि मात्र लाग्नेछ। जनमत पार्टीले एउटा मन्त्रालय पाउने भएको छ। गठबन्धनमाा आवद्ध जनता समाजवादी पार्टीलाई दुई मन्त्रालयको प्रस्ताव गरिएको भएपनि उसले असहमति जनाएको छ। नागरिक उन्मुक्ति पार्टीले भने माग पूरा नभएसम्म सरकाारमा नआउने भनेको छ। जसअनुसार एमालेले अर्थसहित रक्षा, परराष्ट्र, कानून,…

Read More

काठमाडौं। सत्ता गठबन्धनको चौथो ठूलो दल राप्रपाले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय पाउने निश्चित भएको छ । राप्रपाले ऊर्जा,सहरी विकास र युवा तथा खेलकुद मन्त्री पाउने समझदारी भएको हो। राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानसहित उर्जामन्त्री बनेर सरकारमा जानेछन्। भने अन्यको टुंगो लाग्न बाँकी छ। यसबाहेक राप्रपाले एउटा राज्यमन्त्री पनि पाउने सम्भावना रहेको छ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार आजै साँझ सम्म हुने बताएका छन् । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग उनको निवासमा बालकोटमा विहानी खाना सँगै खाएका प्रचण्डले निस्कने बेलामा संचारकर्मीलाई प्रतिक्रिया दिएका हुन् । त्यसका लागि आज साँझ ५ बजे बालुवाटारमा बैठक बस्दैछ। मन्त्रिपरिषद विस्तारबारे पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले भनेका थिए, ‘आजै टुंगिन्छ ।’ सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘विश्वासको मत दिने सबै पार्टीको नेताहरुसँग छलफल भइरहेको छ। कांग्रेससँग पनि छलफल हुन्छ । भोलि थाहा हुन्छ।’ एमाले अध्यक्ष ओलीसँग प्रचण्डले करिब पाँच घण्टा बालकोटमा छलफल गरेका हुन्।

Read More