काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार आजै साँझ सम्म हुने बताएका छन् ।
सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग उनको निवासमा बालकोटमा विहानी खाना सँगै खाएका प्रचण्डले निस्कने बेलामा संचारकर्मीलाई प्रतिक्रिया दिएका हुन् ।
त्यसका लागि आज साँझ ५ बजे बालुवाटारमा बैठक बस्दैछ।
मन्त्रिपरिषद विस्तारबारे पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले भनेका थिए, ‘आजै टुंगिन्छ ।’
सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘विश्वासको मत दिने सबै पार्टीको नेताहरुसँग छलफल भइरहेको छ। कांग्रेससँग पनि छलफल हुन्छ । भोलि थाहा हुन्छ।’ एमाले अध्यक्ष ओलीसँग प्रचण्डले करिब पाँच घण्टा बालकोटमा छलफल गरेका हुन्।
Facebook Comments Box