काठमाडौं । सत्ता साझेदार दलले मन्त्रालयको भागबण्डा टुंग्याएको छ।
सोमबार अबेर रातिसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भागबण्डा टुंग्याएको हो। जसअनुसार एमालेले ८ मन्त्रालय पाउने सहमति भएको छ भने माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्रालय पाउने सहमति बनेको छ।
यसबाहेक राप्रपा र राास्वपाले समान ३-३ मन्त्रालय पाउने भएका छन्। यी दुई दलले राज्यमन्त्री पनि पाउने भनिएपनि त्यसको टूंगो भने भोलि मात्र लाग्नेछ।
जनमत पार्टीले एउटा मन्त्रालय पाउने भएको छ। गठबन्धनमाा आवद्ध जनता समाजवादी पार्टीलाई दुई मन्त्रालयको प्रस्ताव गरिएको भएपनि उसले असहमति जनाएको छ।
नागरिक उन्मुक्ति पार्टीले भने माग पूरा नभएसम्म सरकाारमा नआउने भनेको छ।
जसअनुसार एमालेले अर्थसहित रक्षा, परराष्ट्र, कानून, कृषि, स्वास्थ्यलगायतकाा मन्त्रालय एमाालेले लिने भएको छ। यता माओवादी केन्द्रले भौतिक पूर्वाधारबाहेक पर्यटन, संघीय मामिला र सञ्चार मन्त्रालय पाउने भनिएको छ।
राप्रपाका भागमा उर्जा, सहरी विकास र खेलकुद मन्त्रालय परेको छ। रास्वपाले गृहका अलावा शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ। आज सहमति भएकाा मन्त्रालयमा केही फेरबदल हुनसक्ने सम्भावना भने रहेको गृहमन्त्री रवि लामिछानेले बताए।