काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन् ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिक समिकरण केही फेरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड पद तथा शक्ति बाँडफाँटमा कुनै न कुनै हिसाबले नेपाली कांग्रेसलाई पनि सहभागि गराउने प्रयासमा छन् । तर, नेकपा एमाले भने कांग्रेसको समर्थनप्रति झस्किएको छ ।
कांग्रेसले राष्ट्रपति र सभामुखमध्ये एक पद आफूले पाउनुपर्ने संकेत गरेको छ । एमाले भने माओवादीसँगको पूर्व सहमति अनुसार यी दुवै पद आफूले पाउनुपर्ने अडानमा छ ।
Facebook Comments Box