Author: admin
झापाकाे भद्रपुर स्थित विरेन्द्र नमूना क्याम्पसमा झापामा कार्यरत १०७० जना निजामती कर्मचारीले मतदान गर्दैछन् । कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका निजामती कर्मचारीले निर्वाचनमा भाग लिँदैछन् ।
झापाकाे भद्रपुर स्थित विरेन्द्र नमूना क्याम्पसमा झापामा कार्यरत १०७० जना निजामती कर्मचारीले मतदान गर्दैछन् । कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका निजामती कर्मचारीले निर्वाचनमा भाग लिँदैछन् ।
विर्तामोड । डिबेट नेटवर्क, नेपालले झापाका विद्यार्थीहरुमा तर्क दिने क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले वादविवाद प्रतियोगिता गर्ने भएको छ । जिल्लाका विभिन्न विद्यालयहरुमा ६ दिने कार्यशाला गरी विद्यार्थीहरु बीच स्पर्धा गराउन लागिएको हो । कार्यक्रम अन्तगत पहिलो चरणमा कनकाई नगरपालिका क्षेत्रका विभिन्न विद्यालयहरुमा जेठ २३ गते आइतबारदेखि कार्यशाला गरिँदैछ । त्यसपछि, क्रमशः अन्य स्थानहरुमा कार्यक्रम गर्दै जाने योजना रहेको तालिम निर्देशक रिजन केसीले बताए । विभिन्न स्थानहरुमा हुने प्रतिष्पर्धाबाट छनौट गरिएका ३/३ विद्यार्थीहरुलाई जिल्ला स्तरीय प्रतियोगितामा सामेल गराइने उनले जनाए । अंग्रेजी र नेपाली दुवै भाषामा गराइने यो प्रतिपष्र्धा राष्ट्रव्यापी रुपमा भइरहेको छ । पहिलो चरणमा विभिन्न जिल्लाबाट छनौट भएकाहरुलाई क्षेत्रीय…
काठमाडौँ, १९ जेठ । निजामती कर्मचारीको बुधवार आधिकारिक ट्रेड युनियनको निर्वाचनको हुँदैछ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्र तोकिएका छन् । यस्तै निर्वाचनमा एक हजार ६०३ कर्मचारी र एक हजार २१५ सुरक्षाकर्मी खटिनेछन् । कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले निर्वाचनमा भाग लिँदैछन् । नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन मञ्च, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा उम्मेदवारी दिएका छन्…
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट पास भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुनै भद्र सहमति नभएको बताएका छन् । राष्ट्रिय सहमतिको सरकार बन्दा एमालेकै नेतृत्वमा हुने भन्दै उनले नभए यो सरकारले नै २०७४ साल मंसिरमा चुनाव गर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो २७ औ स्थापना दिवसको अवसरमा आयोजित जलपालमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जेन्टलमेन्ट एग्रिमेन्ट भनेको के ? नौबुँदे देख्नु भएन तपाईहरुले ? नौबुँदेमा हस्ताक्षर छैन ? अनि हस्ताक्षर भएर जेन्टलमेन्ट एगि्रमेन्ट के हुन्छ ?’ सञ्चारकर्मीहरुले कांग्रेससँग भएको जस्तै भन्दा उनले भने, ‘त्यस्तो होइन । फरक कुरा थियो । पछि १६ बुँदे अर्कै सन्दर्भमा थियो । र,…
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीका भेट्रान मिडफिल्डर राजु तामाङलाई वर्ष खेलाडीको सम्मानसहित नगद २५ लाख रुपैयाँ प्रदान गरेको छ । हल्चोकमा भएको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । पुरस्कार रकम हात पार्दै तामाङले आफूलाई गौरव लागेको बताए । ‘यो रकमले म मेरो लागि घर किन्न सक्छु, परिवार र मेरो जीवन सुखी राख्न सकछु’ उनले भने ‘यो सम्मानका लागि एन्फालाई धन्यवाद ।’ तामाङले पछिल्लो २ वर्ष राष्ट्रिय टोलीबाट खेलेका छैनन् । पछिल्लो पल्ट उनले सन् २०१४ मा फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल खेलेका थिए । उनले सन् २००५ मा बंगलादेशमा भएको…
भद्रपुर । मेची बहुमुखी क्याम्पस भद्रपुरको प्रमुखमा बासु न्यौपाने नियुक्त भएका छन् । उनलाई तीन महिनाका लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले प्रमुखमा नियुक्त गरेको बताइएको छ । न्यौपाने २०५२ सालदेखि मेची बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् । उनले सोमबार आफ्नो पदभार ग्रहण गरेका हुन् । यस अघिका प्रमुख उमानाथ ओलीको गत बैसाख २५ गते पदावधि समाप्त भएपछि न्यौपाने प्रमुखमा नियुक्त भएका हुन् ।
गोल्धाप (झापा) । प्रायः नेपाली समाज तथा घर परिवारमा बुहारीलाई पढन पठाउनुपर्छ भन्ने प्रचलन कमै रहँदै आएको छ । तर झापाको गोल्धाप गाविसका बुहारीहरुलाई क्याम्पस पढन जानुपर्छ भनेर उनीहरुका पति तथा सासु ससुराले नै प्रोत्साहन दिने गरेका छन् । त्यहाँ कलेजले समेत बुहारीहरुलाई सहुलियतमा खोजी खोजी पढाउने गरेको छ । गोल्धापस्थित जनजागृति क्याम्पसले अहिलेसम्म त्यस्ता ५० जना भन्दा बुहारीहरुलाई स्नातक तहसम्म पढाइसकेको छ । ‘मेरो छोरा जब कक्षा ९ मा पुग्यो तब मलाई ग्लानी हुन थाल्यो अब उसलाई पढाउन सक्दिन भनेर,’ जलथल झापाकी होमा नेउपाने खरेलले भनिन्, ‘त्यसपछि म पनि उच्च शिक्षा पढन कलेज जान्छु भनेर जिद्धी गरें । पहिला…
मस्त नशामा अर्धबेहोसीको तालमा मैँले भुलाउन खोजेँ मैँले बिर्सन चाहेँ आफु हुनुको अस्तित्व एक्लो हुनुको पिडा तर यि निर्दयी रातहरु आकाशमा झल्मलाएका ताराहरु त्यो जुनेली रातले सँधै कुठाराघात गरिरहे मेरै समिप रहेर मेरै अघिल्तिर रहेर निष्प्राण बनाउन चाहे र पिडाबोध गराइरहे एक्लो हुनुको पिडाबोध! कठै!म अनि मेरो मन तल्लिनरत मेरा निष्काम प्रयत्नहरु तिम्लाई भुल्ने आफैँलाई बिर्सने आफु हुनुको बोधबाट अज्ञात रहने सबै सबै प्रयासहरु हरदम हरपल दुखिरहे भित्र भित्रै यसै यसै अनायसै!!
काठमाडौं । फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा मृत्युको पोस्टमार्टम रिपोर्ट आएपनि हत्या वा आत्महत्या के भन्ने बारे स्पष्ट हुन सकेको छैन । त्रिवि शिक्षण अस्पताल महाराजगंजले पोस्टमार्टमको रिपोर्ट नवलपरासी प्रहरीलाई बुझाएको छ। स्रोतका अनुसार शिक्षण अस्पताल फोरेन्सिक विभाग प्रमुख डा हरिहर वस्तीले गरेको पोष्टमार्टममा घाँटीमा भएको प्रेसरले उनको मृत्यु भएको उल्लेख गरिएको छ भने घाँटीमा सल आकारको डाम समेत छ । मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका प्रेमी अशिष चौधरीलाई नियन्त्रणमा लिएको छ । १७ वर्षीया मनिषा जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ भुतास्थित आफ्नै घरमा मृत भेटिएकी थिइन् ।