काठमाडौँ, १९ जेठ । निजामती कर्मचारीको बुधवार आधिकारिक ट्रेड युनियनको निर्वाचनको हुँदैछ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्र तोकिएका छन् । यस्तै निर्वाचनमा एक हजार ६०३ कर्मचारी र एक हजार २१५ सुरक्षाकर्मी खटिनेछन् ।
कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले निर्वाचनमा भाग लिँदैछन् ।
नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन मञ्च, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
सरकारले निजामती कर्मचारीलाई बुधबार सार्वजनिक बिदासमेत दिएको छ ।
Facebook Comments Box