Author: admin
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यसहितका मन्त्रालय एवं निकायलाई पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड बनाएर लागू गर्न आफूले दिएको निर्देशन कार्यान्वयन नभएपछि छानबिन थाल्ने भएको छ –अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ । छानबिनपछि निर्देशन उल्लघंन गर्ने मन्त्रीसहितका पदाधिकारीमाथि भ्रष्टाचारमा मुद्दा चलाउने चेतावनीसमेत अख्तियारले दिएको छ । स्वास्थ्यलगायत विभिन्न मन्त्रालय र मातहतका निकायमा पदाधिकारी नियुक्तिका लागि नयाँ मापदण्ड तय गर्न आयोगले एक महिनाअघि दिएको निर्देशन कार्यान्वयन गर्न मन्त्रीले आनाकानी गर्दै आएका छन् । आयोगले पदाधिकारी नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतको पूर्ण इजलासबाट २०६७ सालमा स्थापित नजिर पालना गर्दै उक्त निर्देशन कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई सुझाव दिएको थियो । अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले कानुनबमोजिम…
काठमाडौं । हालै प्रहरी प्रधान कार्यालयले ८६ जना प्रहरी निरीक्षकको नयाँ भर्ना खुला गरेपनि युवाको आकर्षण घटेको निष्कर्ष निकालेको छ । मुख्यालयले जेठ ५ गते खुलातर्फबाट ४६ र समावेशीतर्फ ४० जना गरी ८६ जना प्रहरी निरीक्षकको भर्ना खुलाएको थियो । बुधवार यस विषयलाई लिएर मुख्यालयमा बसेको पुलिस कोअर्डिनेसन कमिटी (पीसीसी) बैठकमा प्रहरी निरीक्षक भर्नामा युवाको आकर्षण घटेको विषय उठेको थियो । लोकसेवाले लिने अन्य परीक्षामा युवाको आकर्षण बढेपनि प्रहरी निरीक्षकमा युवाको आकर्षण घटेको भन्दै आकर्षण बढाउन हरसम्भव प्रयास गर्ने निर्णय बैठकले गरेको छ । स्रोतका अनुसार प्रहरी मुख्यालयले युवाको आकर्षण बढाउन प्रहरी हुनुको राज्यप्रतिको जिम्मेवारी र व्यावसायिक प्रदर्शन गर्ने विषय समेटेर…
बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) झापाले जिल्लामा क्रियाशील छ जना पत्रकारलाई सम्मानसहित पुरस्कृत गरेको छ । पत्रकारिताको क्षेत्रमा लामो समयदेखि कलम चलाएको भन्दै संगठनले सम्मान गरेको हो । बीबीसीका पत्रकार उमाकान्त खनाल, कन्चनजंघा एफएमका कार्यक्रम संयोजक दिपेन्द्र पौडेल, गोरखापत्र दैनिकका सम्वाददाता टीकाराम उप्रेती, ब्लाष्ट टाइम्स दैनिकका सम्वाददाता प्रेम आचार्य, ब्लाष्ट टाइम्स दैनिकका बिर्तामोड ब्यवस्थापक उद्धव पुरी र लोकतन्त्र पोष्ट दैनिकका समाचार संयोजक झुलन रेग्मीलाई सम्मान गरिएको हो । क्रान्तिकारी संगठनले आयोजना गरेको पाँच दिने उद्घोषण तथा पत्रकारिता तालिमको बिहीवार बिर्तामोडमा भएको समापन कार्यक्रममा उनीहरुलाई नगदसहित सम्मान गरिएको हो । संगठनका केन्द्रीय उपाध्यक्ष रञ्जित तामाङले उनीहरुलाई नगदसहित…
एजेन्सी (भारत) । एक वर्षको उमेर । तर यौनांगमा रौं पलाइसक्यो । यौनांग पनि वयस्कको जत्रो । यौनांगमात्रै नभई अनुहार र शरीरका अन्य भागमा रौं । टेस्टोरेन तह पनि २५ वर्षको वयस्कको जस्तो । आवाज पनि धोद्रे । सुन्दै पनि अचम्म लाग्ने यस्ता बालक भारतमा भेटिएका छन् । आकाश नाम गरेका ती बच्चामा यस्तो देखिनुमा हर्मोनकै गडबडी भएको चिकित्सकहरुले बताएका छन् । चिकित्सकका अनुसार ती बच्चा बाल प्रौढ अवस्थाबाट पीडित भएको बताइएको छ । सात वा आठ वर्षअघि नै प्रौढअवस्थाको लक्षण देखाउनुलाई बाल प्रौढ अवस्था भनिन्छ । ६ महिनाअघि मात्र बच्चामा केही गडबडी भएको अभिभावकले थाहा पाएका…
नवलपरासी । शंकास्पद अवस्थामा मृत भेटिएकी राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनीषाको मृत्यु हत्याबाटै भएको यथेष्ट प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ । मनीषा नवलपरासी बर्दघाट नगरपालिका–८ स्थित पञ्चनगर गाउँस्थित आफ्नै घरमा गत जेठ १२ गते मृत अवस्थामा भेटिएकी थिइन् । मनीषाको मृत्युको घटना सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरुमा बढी चर्चामा आउन थालेपछि सो बारे जानकारी दिन बुधवार जिल्ला प्रहरी कार्यालय नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा घटनाको अनुसन्धानमा अहिलेसम्म हत्या नै हो भन्ने बलियो प्रमाण जुटिनसकेको जानकारी दिइएको हो । घटनालाई प्राथमिकता दिँदै पत्रकार सम्मेलनमा पुगेका लुम्बिनी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले काठमाडौंमा गरिएको पोष्टमार्टम रिपोर्ट र जिल्लामा गरिएको…
भद्रपुर । राप्रपा नेपाल झापा क्षेत्र नम्वर ३ को अध्यक्षमा पून : देवेन्द्र कन्दङ्गवा चयन भएका छन्। भद्रपुरमा सम्पन्न अधिवेशकनबाट कन्दङ्गवाको अध्यक्षतामा १७ सदस्यीय नया कार्य समिती चयन भएकाे छ । समितीको वरिष्ठ उपाध्यक्षमा अन्जरा आलम, सचिव रवि ओझा र सदस्यहरुमा लिला घिमीरे, डम्वर वर्मा, तुलसा आचार्य, भिम श्रेष्ठ लगायत रहेका छन् । राप्रपा नेपालका महामन्त्री राजेन्द लिङ्गदेनले उद्द्धाटन गरेकाे कार्यक्रममा १३ जनालाई कदर पत्र सहित सम्ममान गरीएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेका एक सय पचाास वढी लाई प्रमुख अतिथी रहेका लिङ्गदेनले स्वागत गरेका थिए ।
बलिउड हास्य अभिनेता रज्जाक खानको हृदयघातका कारण निधन भएको छ । हृदयघात भएपछि मंगलबार भारतको एक अस्पतालमा भर्ना भएका रज्जाकको बुधबार बिहानका राती निधन भएको हो। रज्जाकले मुम्बईको होली फेमिली अस्पतालमा बुधबार बिहानका राती १२:३० बजे अन्तिम सास फेरेको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् । करिब एक सय फिल्ममा काम गरेका रज्जाक पछिल्ला दिनमा कमेडियन कपिल शर्माको ‘कमेडी नाइट्स विथ कपिल’मा गोल्डेन भाइको भूमिकामा चर्चित थिए । रज्जाकको निधनमा उनका समकालिन अभिनेताले शोक व्यक्त गरेका छन् । उनी बलिउडका खुब चल्तीका हास्य कलाकार थिए रज्जाकले शाहरुख खान स्टार ‘बादशाह’, सलमान खान स्टार ‘हेलो ब्रदर’ सँगै गोविन्दा अभिनित ‘आखियो से…
नवलपरासी, १९ जेठ । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ । मृत्युमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को पोलिग्राफ परीक्षण प्रतिवेदन र मनिषाको शवको परीक्षण प्रतिवेदनको आधारमा मृत्यु प्रकरण थप रहस्यमय हुनुको साथै अनुसन्धान थप जटिल बनेको प्रहरीले बताएको हो । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा घटनाको सूष्मरुपमा अनुसन्धान भइरहेको र हालसम्मको अनुसन्धानका क्रममा सो घटना हत्या हो वा होइन भन्नेबारे केही भन्न नसकिने प्रहरीले भनाइ छ । पत्रकार सम्मेलनमा आशिषको पोलिग्राफ परीक्षण प्रतिवेदनअनुसार आशिषले मनिषाको हत्या नगरेको देखिएको पोलिग्राफ परीक्षणमा संलग्न…
‘नियमित दूध सेवन, स्वस्थ र समृद्ध जीवन’ भन्ने राष्ट्रिय नाराका साथ बुधबार झापामा अन्तर्राष्ट्रिय दूध दिवस मनाइएको छ । झापाका दूध उत्पादन तथा व्यवसायसँग आवद्ध अगुवाहरूको पहलमा झापामा पहिलोपल्ट दिवस मनाइएको हो ।
धाइजन । धाइजन–६ मा रहेको रितिका डेरी उद्योगले दुई वटा सामाजिक संस्थामा अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ । संस्थाका सञ्चालक राजन चिमरियाले आफ्नो बुबा घनश्याम चिमरियाको नाममा अक्षयकोष स्थापना गरेका हुन् । घनश्याम पुराना दूध व्यवसायी हुन् । विश्व दुध दिवसको सन्दर्भ पारेर बुधवार उद्योगले विर्तामोडमा रहेको परोपकार वृद्धा आश्रम र तारा नमस्ते बालग्रामलाई अक्षयकोष सञ्चालनका लागि ३५÷३५ हजार रुपैयाँ सहयोग गरेको हो । डेरीका सञ्चालक परिवारसहित दुवै संस्थामा आश्रित बालबालिका तथा बृद्धबृद्धालाई भोजन गराइएको थियो । तारा नमस्ते बालग्राममा आयोजित कार्यक्रममा संस्थापक नारायण पोखरेल, एनएमसी सहकारीका अध्यक्ष रामचन्द्र उप्रेती, जिल्ला पशु सेवा कार्यालयका प्रमुख माधवप्रसाद दाहाल लगायतले बोलेका…