काठमाडौं । हालै प्रहरी प्रधान कार्यालयले ८६ जना प्रहरी निरीक्षकको नयाँ भर्ना खुला गरेपनि युवाको आकर्षण घटेको निष्कर्ष निकालेको छ ।
मुख्यालयले जेठ ५ गते खुलातर्फबाट ४६ र समावेशीतर्फ ४० जना गरी ८६ जना प्रहरी निरीक्षकको भर्ना खुलाएको थियो ।
बुधवार यस विषयलाई लिएर मुख्यालयमा बसेको पुलिस कोअर्डिनेसन कमिटी (पीसीसी) बैठकमा प्रहरी निरीक्षक भर्नामा युवाको आकर्षण घटेको विषय उठेको थियो ।
लोकसेवाले लिने अन्य परीक्षामा युवाको आकर्षण बढेपनि प्रहरी निरीक्षकमा युवाको आकर्षण घटेको भन्दै आकर्षण बढाउन हरसम्भव प्रयास गर्ने निर्णय बैठकले गरेको छ ।
स्रोतका अनुसार प्रहरी मुख्यालयले युवाको आकर्षण बढाउन प्रहरी हुनुको राज्यप्रतिको जिम्मेवारी र व्यावसायिक प्रदर्शन गर्ने विषय समेटेर डेढ मिनेटको ‘सर्ट मुभी’ बनाएको छ ।
बैठकले युवाको आकर्षण बढाउन उक्त मुभी टेलिभिजनमा प्रसारण गर्ने निर्णय गरेको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।