Author: admin
काठमाडौं । अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउने भएका छन् । संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ। सातवटै प्रदेशसभाले निर्माण गरेको कानुनमा जनप्रतिनिधिको प्रमुखको सेवा सुविधा ३० हजार देखि ४२ हजार रुपियाँसम्म हुने व्यवस्था छ । जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेको मितिदेखि सेवा सुविधा लागू हुने गर्दछ । जनप्रतिनिधिले पाउने सुविधामा मासिक सुविधा, सञ्चार, दैनिक भ्रमण भत्ता, वैदेशिक भ्रमण भत्ता, इन्धन खर्च, यात्रा बीमा, स्थानीय तहमा निर्माण भएका विभिन्न समितिमा उपस्थिति बैठक भत्तालगायत छन् ।…
काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यता आइतबार…
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गरेकी छन् ।
बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड र लियो क्लव अफ बिर्तामोड सिनियरको साधारण सभाले लायन वर्ष २०२२/२३ का लागि लायन बलराम कार्की र लियो नवल किशोर साहको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ। संस्थाका अध्यक्ष लायन पुष्कर निरौलाको अध्यक्षता, एरिया इम्पेक्ट चिफ लायन सत्यनारायण शर्माको प्रमुख अतिथ्यता, डिस्ट्रीक्ट डेपुटी ट्रेजरर लायन गौरीशंकर गुप्ता र जोन चियरपर्सन लायन जीवनकुमार खडका र पुर्व अध्यक्ष लायन सुरज कुमार रौनियारको बिशेष अतिथ्यतामा सम्पन्न भएको साधारणसभामा झण्डाको अभिवादन लायन किरण थापाले गरेका थिए। कार्यक्रमको संचालन सचिव कुशल खतिवडाले गरेका थिए। लायन्स क्लव अफ बिर्तामोडको अध्यक्षमा बलराम कार्की, प्रथम उपाध्यक्षमा निकेश कुमार गट्टानी, दितिय उपाध्यक्षमा सङ्गिता…
काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ गरेका छन् । श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि ८ साउन २०७७ मा छुटेका थिए । तर सर्वोच्चको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै बिहीबार मात्र जन्मकैदकै सजाय हुने फैसला सुनाएको थियो । अदालतको आदेश आएको भोलिपल्ट कोइराला पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बलात्कारलगायतका जघन्य अपराधका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेको बेला गृहमन्त्री खाणको यस्तो भनाइ बाहिर आएको हो । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिकोत्सवको अवसर पारेर शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले सुरक्षा संयन्त्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिरहेको पनि बताए ।
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्माणाधिन निजगढ विमानस्थलको निर्माण कार्य रोक्नुको पछाडी गलत मनसाय र पक्षले काम गरेको हुनसक्ने भन्दै शंका व्यक्त गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रको छलफलमा बोल्दै नेता नेपालले निजगढ विमानस्थल रोक्नुपर्नाको कुनै कारण नभएको बताए । तर, कुनै तत्व वा प्रवृत्ति लागेर रोक्ने काम गरेको हुन सक्ने उनले बताए । ‘निजगढ विमानस्थल क्षेत्रमा पहिले घना जंगल थियो तर अहिले छैन । खुल्ला ठाउँमा विमानस्थल बनाउन लाग्दा पनि किन रोकियो ?’ प्रश्न गर्दै नेपालले भने, ‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले अघि बढाएको परियोजनामा किन रोक्ने काम गरियो रु यसमा पक्कै कुनै तत्वले काम…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमले जनताको समस्या सम्बोधन गर्न नसकेको बताएका छन्। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै लिङ्देनले जनताको समस्या समाधानमा भन्दा पनि ठूला नेताको क्षेत्रमा अनाआवश्यक योजना पार्न बजेट केन्द्रित भएको बताएका हुन्। ‘प्रधानमन्त्रीको जिल्लामा मेडिकल कलेज बनाउने, ठूला नेताको जिल्लामा सडक बनाउने बाहेक अरु खासै केही भेटिँदैन त नीति कार्यक्तममा, उनले भने, ‘मल खोजिरहेका किसानलाई मल दिने कुरा कहाँ छ? सबैभन्दा बढी प्राथमिकता केमा हुनुपर्थ्यो?’ उनले आधारभूत तहका जनताको समस्या सम्बोधन गर्ने गरी अनुभवी प्रधानमन्त्रीले नीति कार्यक्रम र बजेट ल्याउन नसकेको उल्लेख गरे।…
काठमाडौं । स्थानीय तहको निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ। स्थानीय तहको निर्वाचनपश्चात चुनावको समीक्षा गर्न राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो। पार्टीका नेताहरूले जनाए अनुसार उक्त बैठकमा चुनाव तथा समसामयिक विषयमा छलफल हुनेछ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन्। विजयी भएको घोषणापछि बोल्दै नवनिर्वाचित मेयर शाहले काठमाडौंलाई अबको ५ वर्षमा विश्वकै सुन्दर शहर बनाउने घोषणा गरे। उनले काठमाडौंलाई एउटै परिवार ठानेर काम गर्ने प्रतिवद्धतासमेत जनाए। नवनिर्वाचित मेयर साहले विजयलाई नयाँ कार्यको थालनीको रुपमा लिएको उद्घोष गरे। उनले अबको ५ वर्ष आफ्ना कार्ययोजनालाई पूर्ण गर्ने जिकिर गरे। ‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको…