काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्माणाधिन निजगढ विमानस्थलको निर्माण कार्य रोक्नुको पछाडी गलत मनसाय र पक्षले काम गरेको हुनसक्ने भन्दै शंका व्यक्त गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रको छलफलमा बोल्दै नेता नेपालले निजगढ विमानस्थल रोक्नुपर्नाको कुनै कारण नभएको बताए ।
तर, कुनै तत्व वा प्रवृत्ति लागेर रोक्ने काम गरेको हुन सक्ने उनले बताए ।
‘निजगढ विमानस्थल क्षेत्रमा पहिले घना जंगल थियो तर अहिले छैन । खुल्ला ठाउँमा विमानस्थल बनाउन लाग्दा पनि किन रोकियो ?’ प्रश्न गर्दै नेपालले भने, ‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले अघि बढाएको परियोजनामा किन रोक्ने काम गरियो रु यसमा पक्कै कुनै तत्वले काम गरेको छ । यसमा सरकारले सुश्म अध्ययन गर्न आवश्यक छ ।’
Facebook Comments Box