बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड र लियो क्लव अफ बिर्तामोड सिनियरको साधारण सभाले लायन वर्ष २०२२/२३ का लागि लायन बलराम कार्की र लियो नवल किशोर साहको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ।
संस्थाका अध्यक्ष लायन पुष्कर निरौलाको अध्यक्षता, एरिया इम्पेक्ट चिफ लायन सत्यनारायण शर्माको प्रमुख अतिथ्यता, डिस्ट्रीक्ट डेपुटी ट्रेजरर लायन गौरीशंकर गुप्ता र जोन चियरपर्सन लायन जीवनकुमार खडका र पुर्व अध्यक्ष लायन सुरज कुमार रौनियारको बिशेष अतिथ्यतामा सम्पन्न भएको साधारणसभामा झण्डाको अभिवादन लायन किरण थापाले गरेका थिए।
कार्यक्रमको संचालन सचिव कुशल खतिवडाले गरेका थिए। लायन्स क्लव अफ बिर्तामोडको अध्यक्षमा बलराम कार्की, प्रथम उपाध्यक्षमा निकेश कुमार गट्टानी, दितिय उपाध्यक्षमा सङ्गिता रौनियार, तृतीय उपाध्यक्षमा कुशल खतिवडा, सचिबमा बिपिन शर्मा घिमिरे, कोषाध्यक्षमा राजेन्द्र कुमार बिमली, सह-सचीवमा किरण थापा, जनसम्पर्क अधिकारी (PRO) मा दिपेन्द्र राउत, टेमरमा कृष्ण बजगाई, टेलटुविइस्टरमा अपसरा बस्नेत खडका , बोर्ड अफ डाइरेक्टरमा प्रदिप खरेल, विशाल थापा, राजेश बहादुर धिमाल, घनेन्द्र राज खनाल, शुरेस कुमार अग्रवाल चयन भए।
लियो क्लव अफ बिर्तामोड सिनियरको अध्यक्षमा नवल किशोर साह, प्रथम उपाध्यक्षमा अर्थ पेडिवाल, दितिय उपाध्यक्षमा सुदिप बुढाथोकी, सचीवमा सुरेन्द्र प्रधान, कोषाध्यक्षमा सोनिका अग्रवाल, सह-सचीवमा रोनक अग्रवाल, जनसम्पर्क अधिकारी (PRO) मा बिश्वास गुप्ता, टेमरमा रितिक अग्रवाल, टेलटुविइस्टरमा अनिस कार्की, बोर्ड अफ डाइरेक्टरमा विशाल गोयल, स्नेहा अग्रवाल, अन्कित थापा, मो. जामिर शेख, बिवस खडका सर्वसम्मत चयन भएका छन्।