काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बलात्कारलगायतका जघन्य अपराधका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेको बेला गृहमन्त्री खाणको यस्तो भनाइ बाहिर आएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिकोत्सवको अवसर पारेर शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले सुरक्षा संयन्त्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिरहेको पनि बताए ।
Facebook Comments Box