Author: admin
काठमाडौँ । संघीय सरकारले आगामी आर्थिक वर्ष ०७/८० को नीति तथा कार्यक्रम ल्याउँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ। संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ। नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएपनि चुनावका कारण केही ढिलाइ भएको सरकारी दाबी छ। नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ। अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ।
झापा । झापाको मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। नगर प्रमुखमा एमालेका गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका इन्द्रबहादुर बुडाथोकीलाई ५ हजार १६७ मतान्तरले पराजित गर्दै गोपाल बुढाथोकी नगरप्रमुखमा विजयी भएका हुन् । उप–प्रमुखमा मीनाकुमारी उप्रेती २१५९० मत प्राप्त गरी निर्वाचित भएकी छिन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीलाई ८ हजार ७७२ मतान्तरले पराजित गर्दै मीना उप्रेती उपप्रमुखमा निर्वाचित भएकी हुन्। भण्डारीले १२५१८ मत प्राप्त प्राप्त गरेका छन्।
काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी किशोरीलाई बलात्कार गरेको आरोपमा पाण्डे पक्राउ परेका हुन्। उनलाई प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो। अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले अनुमति दिएको हो। पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसुरमा उजुरी दर्ता भएको छ।
झापा । दोस्रो चरणको स्थानीय तह सदस्य निर्वाचनमा झापा जिल्लाका पालिकाहरूमा निर्वाचित मेयर तथा अध्यक्षहरूलाई शपथ ग्रहण गराइएको छ । जिल्लाका १५ वटा पालिकामध्ये पहिलो चरणमा ११ वटा पालिकाका मेयर तथा अध्यक्षहरूलाई सोमबार बिहान झापा जिल्ला अदालत भद्रपुरमा एक संक्षिप्त कार्यक्रमका बीच शपथ ग्रहण गराइएको छ । निर्वाचित मेयर तथा अध्यक्षहरूलाई मुख्य निर्वाचित अधिकृत तथा झापा जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमले शपथ ग्रहण गराएका छन् । शपथ ग्रहण गर्ने मेयरहरू भद्रपुर नगरपालिकाका गणेश पोखरेल, बिर्तामोड नगरपालिकाकी पवित्रा महतरा, कनकाई नगरपालिकाका राजेन्द्रकुमार पोखरेल, दमक नगरपालिकाका राम थापा, अर्जुनधारा नगरपालिकाका बलदेवसिंह गोम्देन तामाङ, शिवसताक्षी नगरपालिकाका मेघाहाङ थोप्रा रहेका छन् । त्यस्तै शपथ…
काठमाडौं । मङ्कीपक्सको सङ्क्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । अहिले विश्वमा मङ्कीपक्सको सङ्क्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्कीपक्सको सङ्क्रमणबाट बच्न व्यक्तिगत सरसफाइ र क्वरेण्टीनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए । उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तीमा दुई हप्ता अनिवार्य क्वरेण्टीनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताए । सहप्रवक्ता अधिकारीले मङ्कीपक्सको सङ्क्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको छ र सीमा नाकाहरुमा निगरानी बढाएको बताए । उनले विश्व…
झापा । झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेसका हुकुमसिंह राई निर्वाचित भएका छन्। उपाध्यक्षमा नेकपा एमालेकी प्रमिला न्यौपाने निर्वाचित भएकी छन्। अध्यक्षमा निर्वाचित राईले निकटतम प्रतिद्वन्द्वी एमालेका भीमप्रसाद राईलाई ३ हजार २ सय १५ मतान्तरले पराजित गरे । निर्वाचित राईले १२ हजार ८ सय ६८ मत पाए भने पराजित राईले ९ हजार ६ सय ५३ मतमात्र पाए । उपाध्यक्षमा निर्वाचित न्यौपानेले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पर्शुराम सुवेदीलाई २ हजार ४ सय ७४ मतान्तरले पराजित गरिन् । न्यौपानेले १० हजार ८ सय ४५ मत पाइन् भने सुवेदीले ८ हजार ३ सय ७१ मत मात्र पाए । अध्यक्षमा पदमा निर्वाचित राई २०७४ सालको स्थानीय तह निर्वाचनमा…
झापा । गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै जना महिला निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी उम्मेद्वार फुलवती राजवंशी अध्यक्षमा निर्वाचित भएकी छन् । यस्तै, नेकपा एमालेको उम्मेद्वार पुजन न्यौपाने उपाध्यक्षमा निर्वाचित भएकी छन् । आइतबार राति सार्वजनिक अन्तिम मत परिणाममा अध्यक्षमा निर्वाचित राजवंशीले एमाले उम्मेदवार विजयकुमार अग्रवाललाई २ हजार ३ सय ५९ मतान्तरले पराजित गरेकी हुन् । राजवंशीले ५ हजार ६ सय ८९ तथा पराजित अग्रवालले ३ हजार ३ सय ३० मत पाएका थिए । गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कुँवरले कांग्रेसका मखना महतोलाई ९ सय ३० मतान्तरले पराजित गरिन् । न्यौपानेले ४ हजार ७ सय ५५ तथा महतोले ३ हजार ७ सय ९५…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरुसंग नरहेको बताएका छन्। आइतबार काठमाडौमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक गर्दै थापाले राजनीतिक दलहरुको तयारी सरकारमा पुग्ने मात्र रहेको र सरकारमा पुगेपछि गर्ने कामको योजना नरहेको बताएका हुन्। उनले जतिसुकै ठूला कार्यक्रम ल्याएपछि कार्यान्वयनको नीति फितलो देखिएको बताए। थापाले अगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले बहुमत पाउने दावी गर्दै सरकारमा गएपछिको भावी योजनाका बारेमा अहिलेदेखि तयारी थालेको बताए। थापाले मुलुकका विभिन्न स्थानमा स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा दलहरुले उम्मेदवार उठाउदा निकै सोच विचार गर्नुपर्ने अवस्था आएको धारणा राखे। फाइनप्रिन्टले प्रकाशनमा ल्याएको…
काठमाडौं । संसदीय सुनुवाइ समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । आइतबार सिंहदरवारमा बसेको समितिको बैठकले बंगलादेशका लागि प्रस्तावित घनश्याम भण्डारी, म्यानमारका लागि प्रस्तावित हरिश्चन्द्र घिमिरे र ओमानका लागि प्रस्तावित डोरनाथ अर्यालको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले बताए ।
सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित भएका हुन् । राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाइन् । धरानमा विभिन्न सामाजिक विषय उठाएर आन्दोलन गर्दै आएका ३९ वर्षका राईले यस पटक लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गरेका थिए । उपमेयरमा भने नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । २० हजार ५१० मत…