काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी किशोरीलाई बलात्कार गरेको आरोपमा पाण्डे पक्राउ परेका हुन्। उनलाई प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो।
अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले अनुमति दिएको हो।
पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसुरमा उजुरी दर्ता भएको छ।
Facebook Comments Box