झापा । झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेसका हुकुमसिंह राई निर्वाचित भएका छन्।
उपाध्यक्षमा नेकपा एमालेकी प्रमिला न्यौपाने निर्वाचित भएकी छन्।
अध्यक्षमा निर्वाचित राईले निकटतम प्रतिद्वन्द्वी एमालेका भीमप्रसाद राईलाई ३ हजार २ सय १५ मतान्तरले पराजित गरे ।
निर्वाचित राईले १२ हजार ८ सय ६८ मत पाए भने पराजित राईले ९ हजार ६ सय ५३ मतमात्र पाए ।
उपाध्यक्षमा निर्वाचित न्यौपानेले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पर्शुराम सुवेदीलाई २ हजार ४ सय ७४ मतान्तरले पराजित गरिन् ।
न्यौपानेले १० हजार ८ सय ४५ मत पाइन् भने सुवेदीले ८ हजार ३ सय ७१ मत मात्र पाए ।
अध्यक्षमा पदमा निर्वाचित राई २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेकी मेनुका काफ्लेसँग बराबरी मत ल्याएपछि गोला प्रथामा पराजित भएका थिए।
Facebook Comments Box