काठमाडौं । संसदीय सुनुवाइ समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।
आइतबार सिंहदरवारमा बसेको समितिको बैठकले बंगलादेशका लागि प्रस्तावित घनश्याम भण्डारी, म्यानमारका लागि प्रस्तावित हरिश्चन्द्र घिमिरे र ओमानका लागि प्रस्तावित डोरनाथ अर्यालको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले बताए ।
Facebook Comments Box