झापा । दोस्रो चरणको स्थानीय तह सदस्य निर्वाचनमा झापा जिल्लाका पालिकाहरूमा निर्वाचित मेयर तथा अध्यक्षहरूलाई शपथ ग्रहण गराइएको छ ।
जिल्लाका १५ वटा पालिकामध्ये पहिलो चरणमा ११ वटा पालिकाका मेयर तथा अध्यक्षहरूलाई सोमबार बिहान झापा जिल्ला अदालत भद्रपुरमा एक संक्षिप्त कार्यक्रमका बीच शपथ ग्रहण गराइएको छ ।
निर्वाचित मेयर तथा अध्यक्षहरूलाई मुख्य निर्वाचित अधिकृत तथा झापा जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमले शपथ ग्रहण गराएका छन् ।
शपथ ग्रहण गर्ने मेयरहरू भद्रपुर नगरपालिकाका गणेश पोखरेल, बिर्तामोड नगरपालिकाकी पवित्रा महतरा, कनकाई नगरपालिकाका राजेन्द्रकुमार पोखरेल, दमक नगरपालिकाका राम थापा, अर्जुनधारा नगरपालिकाका बलदेवसिंह गोम्देन तामाङ, शिवसताक्षी नगरपालिकाका मेघाहाङ थोप्रा रहेका छन् ।
त्यस्तै शपथ ग्रहण गर्ने अध्यक्षहरू बुद्धशान्ति गाउँपालिकाका मनोज प्रसाईँ, हल्दिबारी गाउँपालिकाका रवीन्द्र लिङ्देन, बाह्रदशी गाउँपालिकाका देवेन्द्रप्रसाद चौलागाई, कचनकवल गाउँपालिकाका कालेन्द्रप्रसाद सिंह राजवंशी, झापा गाउँपालिकाका जयनारायण साह रहेका छन् ।